Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राजेन्द्र लिङ्देन
  • #राष्ट्रिय सभा निर्वाचन
  • #प्रशान्त तामाङ
  • #‘शिवांश’
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #फोक्सिङटार
  • #नेकपा_एमाले
Search Here
विश्व
  • Home
  • विश्व
  • एपस्टिन काण्डसम्बन्धी फाइल सार्वजनिकमा ट्रम्पको समर्थन
एपस्टिन काण्डसम्बन्धी फाइल सार्वजनिकमा ट्रम्पको समर्थन
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, मंसिर १, २०८२

एएफपी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यौन अपराधी जेफ्री एपस्टिनसँग सम्बन्धित थप कागजातहरू सार्वजनिक गर्न सांसदहरूले अघि बढाएको प्रयासलाई समर्थन जनाएका छन्। यसअघि उनले यस्तो कदमको विरोध गर्दै आएका थिए ।

राष्ट्रपति ट्रम्पले आफ्नो ‘ट्रुथ सोसल’ प्लेटफर्ममा लेख्दै भन्नुभएको छ, 'हाउस रिपब्लिकनहरूले एपस्टिन फाइलहरू सार्वजनिक गर्न मतदान गर्नुपर्छ, किनकि हामीसँग लुकाउन केही छैन ।' ७९ वर्षीय राष्ट्रपति ट्रम्पले डेमोक्रेटहरूले ‘एपस्टिन होक्स’ फैलाइरहेको आरोप लगाउँदै हालै सार्वजनिक भएका केही इमेलहरूले आफू ‘केटीहरू सम्बन्धी विषयमा जानकार थिएँ’ भन्ने भ्रामक संकेत दिएको दाबी गरेका छन्  ।

यी इमेलहरू सार्वजनिक भएपछि केही आलोचकहरूले राष्ट्रपति ट्रम्पले सम्भावित दोषसूचक कुराहरू लुकाउने उद्देश्यले फाइल सार्वजनिक रोक्न खोजेको आरोप लगाएका थिए । तर राष्ट्रपतिले यस्ता सबै आरोप अस्वीकार गरेका छन् । यो मुद्दाले उनको पार्टीभित्रै विभाजन ल्याएको छ, विशेषतः ट्रम्प र उनको मेक अमेरिका ग्रेट अगेन (एमएजिए) आन्दोलनभित्रका नजिकका सहयोगीहरूबीच । सप्ताहन्तमा राष्ट्रपति ट्रम्पले एमएजिएसम्बद्ध सांसद मार्जोरी टेलर ग्रीनको सन् २०२६ पुनः चुनाव अभियानप्रति आफ्नो समर्थन फिर्ता लिएका छन् ।

रिपब्लिकन सभामुख माइक जोनसनले यसै हप्ता न्याय मन्त्रालयलाई बाँकी एपस्टिन फाइलहरू सार्वजनिक गर्न बाध्य पार्ने प्रस्तावमा मतदान गरिने बताएकाे छ  । ट्रम्पले उक्त सन्दर्भमा लेखेका छन्, 'हाम्रा केही रिपब्लिकन सदस्यहरू प्रयोग भइरहेका छन् र हामी यस्तो हुन दिन सक्दैनौँ ।'

Hardik health

 न्याय मन्त्रालय र एफबिआईको भूमिका 
गत हप्ता अमेरिकी इतिहासकै सबैभन्दा लामो सरकारी ‘शटडाउन’ समाप्त भएपछि प्रतिनिधि सभाले एपस्टिनको सम्पत्तिबाट प्राप्त इमेलहरूको ठूलो संकलन सार्वजनिक गरेको थियो । एक इमेलमा एपस्टिनले लेखेका थिए कि राष्ट्रपति ट्रम्पले पीडितमध्ये एक युवतीसँग आफ्नो घरमा ‘घण्टौँ बिताएको’ उल्लेख छ । अर्को सन्देशमा उनले ट्रम्पलाई ‘फोहरी’ भनेर सम्बोधन गरेका थिए ।

हाउस ओभरसाइट कमिटीका डेमोक्रेट सदस्यहरूले यस्ता इमेलहरूले ‘डोनाल्ड ट्रम्पको एपस्टिनका अपराधबारे रहेको सम्भावित जानकारी’ बारे गम्भीर प्रश्न उठाएको बताएका छन् । यी फाइलहरू सार्वजनिक भएपछि राष्ट्रपति ट्रम्पले महान्यायाधिवक्ता पाम बोन्डी, एफबिआई तथा न्याय मन्त्रालयलाई एपस्टिन र डेमोक्रेट पूर्व राष्ट्रपति बिल क्लिन्टन तथा क्लिन्टनका अर्थमन्त्रीका रूपमा काम गरेका पूर्व हार्वर्ड अध्यक्ष ल्यारी समर्सबीचको सम्बन्धबारे जाँच गर्न आग्रह गरेका छन् ।

तर एफबिआई र न्याय मन्त्रालयले गत जुलाईमा सार्वजनिक गरेको मेमोमा एपस्टिन मामिलामा ‘अन्य व्यक्तिलाई अभियोग चलाउन पर्याप्त प्रमाण नभएको’ उल्लेख गर्दै थप अनुसन्धानको आवश्यकता नरहेको बताएका थिए ।

एपस्टिन प्रकरणको पृष्ठभूमि 
भर्तीकर्ता घिस्लेन म्याक्सवेलको सहयोगमा एपस्टिनले न्युयोर्क र फ्लोरिडास्थित निवासहरूमा सयौँ कम उमेरका किशोरीहरूलाई ‘मसाज’ का नाममा लैजाने र यौन दुव्र्यवहार गर्ने गरेको प्रमाणित भइसकेको छ । सन् २०१९ मा यौन तस्करीका मुद्दामा अदालतको पर्खाइमा रहेका बेला एपस्टिन जेलमै मृत फेला परेका थिए । उनलाई फ्लोरिडामा यौन अपराधीको रूपमा दर्ता गरिनुपर्ने थियो ।

एफबिआई र न्याय मन्त्रालयले सन् २०१९ मा नै एपस्टिनले आत्महत्या गरेको, ‘ग्राहक सूची’ नराखेको र उच्च पदस्थ व्यक्तिहरूलाई ब्ल्याकमेल नगरेको प्रतिवेदनमार्फत स्पष्ट गरिसकेका भए पनि ट्रम्प समर्थक षड्यन्त्रवादी समूहहरूले वर्षौंदेखि यो मुद्दालाई राजनीतिक रूपमा जोडेर राख्दै आएका छन् ।


प्रकाशित मिति: सोमबार, मंसिर १, २०८२  १६:२७
प्रतिक्रिया दिनुहोस्
थप विश्व
सन् २०२६ मा खाद्य असुरक्षाको संकट बढ्ने विश्व खाद्यकाे चेतावनी
सन् २०२६ मा खाद्य असुरक्षाको संकट बढ्ने विश्व खाद्यकाे चेतावनी मंगलबार, पुस २९, २०८२
युक्रेनको खार्किवमा रूसी आक्रमण, चार जनाको मृत्यु : गभर्नर
युक्रेनको खार्किवमा रूसी आक्रमण, चार जनाको मृत्यु : गभर्नर मंगलबार, पुस २९, २०८२
ग्रिनल्यान्डबारे अमेरिकी आक्रमणको जोखिम जर्मनीले न्यून ठान्यो
ग्रिनल्यान्डबारे अमेरिकी आक्रमणको जोखिम जर्मनीले न्यून ठान्यो मंगलबार, पुस २९, २०८२
चक्रवातको प्रभाव पछि आइएमएफका लक्ष्यहरू संशोधन गर्नुपर्छ : केन्द्रीय बैंक
चक्रवातको प्रभाव पछि आइएमएफका लक्ष्यहरू संशोधन गर्नुपर्छ : केन्द्रीय बैंक मंगलबार, पुस २९, २०८२
जापान-दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल
जापान-दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल मंगलबार, पुस २९, २०८२
अमेरिकासँग कुनै वार्ता नहुने ट्रम्पको चेतावनीपछि क्युवाली राष्ट्रपतिको भनाइ
अमेरिकासँग कुनै वार्ता नहुने ट्रम्पको चेतावनीपछि क्युवाली राष्ट्रपतिको भनाइ मंगलबार, पुस २९, २०८२
एआई पहलमा भारतलाई अमेरिकी निम्तो
एआई पहलमा भारतलाई अमेरिकी निम्तो सोमबार, पुस २८, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP