Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विश्व
  • Home
  • विश्व
  • ट्रम्पद्वारा भेनेजुएलाका राष्ट्रपति मदुरोसँग वार्ताको संकेत
ट्रम्पद्वारा भेनेजुएलाका राष्ट्रपति मदुरोसँग वार्ताको संकेत
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, मंसिर १, २०८२

एएफपी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार भेनेजुएलाका समकक्षी निकोलस मदुरोसँग निकट भविष्यमा वार्ता हुन सक्ने संकेत दिएका छन् । क्यारिबियन क्षेत्रमा अमेरिकी सैन्य गतिविधि तीव्र बनेपछि क्षेत्रीय तनाव बढिरहेको अवस्थामा उनको यस्तो अभिव्यक्ति आएको हो ।

ट्रम्पले भनेका थिए,'हाम्रा प्रतिनिधिहरूले मदुरोसँग केही विषयमा छलफल गर्दै हुन सक्छन् । त्यो प्रक्रियाको परिणाम कुन दिशामा जान्छ, अहिले भन्न सकिँदैन । तर उहाँहरूले कुरा गर्न चाहना व्यक्त गर्नुभएको छ ।' पत्रकारहरूले थप विवरण माग्दा उनले भने, 'भेनेजुएला संवादको इच्छुक छ । यसको ठ्याक्कै अर्थ के हो, म निश्चित छैन । म सबैसँग कुरा गर्न तयार छु ।'

यसअघि, अमेरिकी विदेश मन्त्रालयले मदुरोको नेतृत्वमा रहेको दाबी गरिएको ‘कार्टेल डे लस सोल्स’ लाई विदेशी आतङ्कवादी संगठन (एफटिओ) का रूपमा सूचीबद्ध गर्ने निर्णय सार्वजनिक गरेको थियो । विदेशमन्त्री मार्को रुबियोले जारी गर्नुभएको विज्ञप्तिमा उक्त कार्टेलसहित अन्य तोकिएको एफटिओहरूले अमेरिकामा लागुऔषध तस्करी बढाएको र क्षेत्रीय आतंकवादी गतिविधिमा भूमिका खेलेको दाबी गरिएको छ ।

Hardik health

नोभेम्बर २४ बाट लागू हुने यो सूचीकरण क्यारिबियन क्षेत्रमा हालै बढाइएको अमेरिकी सैन्य परिचालनसँग संलग्न छ । वासिङ्टनले यसलाई लागुऔषध तस्करी नियन्त्रणका लागि आवश्यक भन्दै आएको छ । तर काराकासले भने यो कदम राष्ट्रपति मदुरोको सत्ता फाल्न अमेरिकी प्रयासको हिस्सा भएको आरोप लगाएको छ । मदुरोलाई वासिङ्टनले अवैध नेता र लागुऔषध कारोबारमा संलग्न व्यक्ति भनेर आरोप लगाउँदै आएको छ । उक्त आरोपलाई उहाँले अस्वीकार गर्दै आएका छन् ।

रुबियोले आइतबार कार्टेल डे लस सोल्सको नेतृत्व मदुरो र उनका वरिष्ठ अधिकारीहरूले गर्दै आएका छन्, जसले ‘भेनेजुएलाको सेना, गुप्तचर निकाय, विधायिका र न्यायपालिकालाई गम्भीर रूपमा भ्रष्ट बनाएका छन्’ भनी पुनः दाबी गरे । उनले भने,'मदुरो वा उहाँका सहयोगीहरूले भेनेजुएलाको वैध सरकारको प्रतिनिधित्व गर्दैनन् ।' अमेरिकी अर्थ मन्त्रालयले यसअघि पनि कार्टेल डे लस सोल्समाथि तिनीहरूले अन्य अपराध समूहहरूलाई ‘भौतिक सहयोग’ गरेको आरोपमा प्रतिबन्ध लगाइसकेको छ ।

यसैबीच अमेरिकाले क्यारिबियन तथा पूर्वी प्रशान्त दुवै क्षेत्रमा ‘अपरेसन साउदर्न स्पियर’ नामक कडा नियन्त्रण अभियान सञ्चालन गरिरहेको छ । एएफपीले सार्वजनिक गरेको तथ्यांकअनुसार सेप्टेम्बरमा मानव तस्करीविरुद्धको सैन्य अभियान सुरु भएदेखि अमेरिकी सेनाले समुद्री क्षेत्रमा लागुऔषध ओसारपसारमा संलग्न भएको आरोपमा कम्तीमा ८३ जनाको मृत्यु गराएको छ । तर अमेरिकाले ती लक्ष्यहरू वास्तवमा तस्कर नै थिए कि थिएनन् भन्ने विस्तृत विवरण सार्वजनिक गरेको छैन । विज्ञहरूले यस्तो कारबाहीलाई गैरन्यायिक हत्याको रूपमा हेर्नुपर्ने टिप्पणी गरेका छन् ।

अमेरिकी नौसेनाले आइतबार युएसएस जेराल्ड आर. फोर्ड विमानवाहक जहाज क्यारिबियन सागरमा तैनाथ रहेको पुष्टि गरेको छ । यससँगै दुई निर्देशित मिसाइल विध्वंसक जहाज तथा अन्य सहयोगी जहाज र विमानहरूसमेत परिचालनमा छन् । यो घोषणा पूर्वी प्रशान्त क्षेत्रमा गरिएको पछिल्लो अमेरिकी आक्रमणको एक दिनपछि आएको हो । उक्त आक्रमणमा तीन जनाको मृत्यु भएको थियो ।


प्रकाशित मिति: सोमबार, मंसिर १, २०८२  १६:००
प्रतिक्रिया दिनुहोस्
थप विश्व
दक्षिण कोरियाको “फ्लाइ ओभर” मा दुर्घटनाहुँदा तीन जनाको मृत्यु, तीन घाइते
दक्षिण कोरियाको “फ्लाइ ओभर” मा दुर्घटनाहुँदा तीन जनाको मृत्यु, तीन घाइते मंगलबार, जेठ १२, २०८३
सगरमाथाको शिखरमा गाजाको सपना
सगरमाथाको शिखरमा गाजाको सपना मंगलबार, जेठ १२, २०८३
खनिज आपूर्ति सुरक्षित गर्न भारत-अमेरिकाबीच ऐतिहासिक सम्झौता
खनिज आपूर्ति सुरक्षित गर्न भारत-अमेरिकाबीच ऐतिहासिक सम्झौता मंगलबार, जेठ १२, २०८३
श्रीलंकामा मुद्रास्फीति नियन्त्रण गर्न ब्याज दर समायोजन
श्रीलंकामा मुद्रास्फीति नियन्त्रण गर्न ब्याज दर समायोजन मंगलबार, जेठ १२, २०८३
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो मंगलबार, जेठ १२, २०८३
लेबनानमा इजरायली आक्रमण १२ जनाको मृत्यु, ३ घाइते
लेबनानमा इजरायली आक्रमण १२ जनाको मृत्यु, ३ घाइते मंगलबार, जेठ १२, २०८३
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित सोमबार, जेठ ११, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP