ढाका - नयाँ अध्ययनले बंगलादेशमा ५ देखि १७ वर्ष उमेरका बालबालिकामध्ये ९.२ प्रतिशतले कुनै न कुनै प्रकारको श्रममा संलग्न रहेको तथ्य पत्ता लागेको छ । बंगलादेश तथ्यांक विभागले बालबालिका तथा महिलासम्बन्धी सबैभन्दा व्यापक सर्वेक्षण युनिसेफ र अन्य साझेदार संस्थासँगको सहकार्यमा सार्वजनिक गरेको हो ।
तथ्यांक विभागकी सचिव आलेया अक्टारले सर्वेक्षणको दायरामा गर्भवती महिलामा रगतको कमी जस्ता नयाँ परीक्षणहरू समावेश भएका कारण यसले अझ बढी महत्त्व राख्ने बताए । सर्वेक्षण अनुसार, मातृ रगतको कमी अझै उच्च रहेको छ, जुन ५२.८ प्रतिशत छ । एक हजार किशोरीमध्ये जन्मदर ८३ बाट बढेर ९२ पुगेको देखिएको छ ।
यी तथ्यहरूले मातृ–शिशु पोषण सुधार, स्तनपान प्रवद्र्धन र स्वास्थ्य सेवामा पहुँच विस्तारको अत्यावश्यक आवश्यकता औँल्याउँछ ।बंगलादेशका लागि युनिसेफका प्रतिनिधि राना फ्लावरसले प्रतिवेदनले प्रगति र चुनौती दुवै देखाएको उल्लेख गर्दै यसले आगामी स्वास्थ्य र पोषण सुधारका कामहरूमा मार्गदर्शन गर्ने बताए ।