Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विश्व
  • Home
  • विश्व
  • प्यालेस्टिनी राज्यको विषयमा नेतान्याहु अडिग, संयुक्त राष्ट्रसङ्घको मतदानअघि तनाव वृद्धि
प्यालेस्टिनी राज्यको विषयमा नेतान्याहु अडिग, संयुक्त राष्ट्रसङ्घको मतदानअघि तनाव वृद्धि
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, मंसिर १, २०८२

एपी– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेस्टिनी राज्य स्थापना गर्ने कुनै पनि प्रयासप्रति कडा असहमति जनाउँदै आफूले यस्तो पहललाई दृढ रूपमा रोक्ने प्रतिबद्धता दोहोर्‍याएका  छन् । 

यसैबीच, संयुक्त राष्ट्र सुरक्षा परिषद्ले गाजासम्बन्धी अमेरिकाद्वारा तयार पारिएको प्रस्तावमा मतदान गर्नुपर्ने समय नजिकिँदै गर्दा अन्तर्राष्ट्रिय कूटनीतिक चहल–पहल तीव्र बनेको छ । प्रस्तावले प्यालेस्टिनी आत्मनिर्णयको सम्भावनालाई खुला राखेकाले यसको राजनीतिक महत्त्व झनै बढेको छ ।

नेतान्याहुले वर्षौंदेखि प्यालेस्टिनी राज्य बन्ने हो भने त्यसले अन्ततः हमासलाई तागत दिन सक्ने र इजरायलको सिमानामा हमासद्वारा सञ्चालित ठूलो राज्यको सम्भावना पैदा हुने दाबी गर्दै आएका छन् । तर अमेरिकाले गाजामा युद्धविरामका लागि परिष्कृत प्रस्ताव अघि बढाउँदा इजरायलमाथि लचिलो देखिन अन्तर्राष्ट्रिय समुदायको तीव्र दबाब परेको छ ।

सुरक्षा परिषद्ले रुस, चीन तथा केही अरब राष्ट्रहरूको कडा आपत्तिका बीच पनि गाजामा अन्तर्राष्ट्रिय स्थायित्वकरण बल तैनाथ गर्ने प्रावधानसहितको अमेरिकी प्रस्तावमा मतदान गर्ने अपेक्षा गरिएको छ ।  हमास तथा अन्य प्यालेस्टिनी समूहहरूले भने उक्त प्रस्तावलाई गाजामा ‘अन्तर्राष्ट्रिय जनादेश’ थोपर्ने कदम भन्दै आपत्ति जनाएका छन् । उनीहरूले प्रस्ताव इजरायलप्रति पक्षपातपूर्ण रहेको र प्यालेस्टिनीलाई आफ्नै मुद्दाहरू व्यवस्थापन गर्ने अधिकारबाट वञ्चित गराउने आरोप लगाएका छन् । उनीहरूका अनुसार कुनै पनि स्थायित्वकरण बल प्रत्यक्ष रूपमा संयुक्त राष्ट्रसङ्घको नियन्त्रणमा रहनुपर्ने तथा इजरायललाई त्यो संरचनामा समावेश गर्न नहुने स्पष्ट माग गरिएको छ ।

Hardik health

अमेरिकी प्रस्तावमा गाजालाई निःशस्त्रीकरण गर्ने उल्लेखलाई हमासले कडा रूपमा अस्वीकार गरेको छ । नेतान्याहुले आइतबार आफ्ना मन्त्रीहरूसँगको छलफलमा गाजाको असैन्यीकरण ‘सजिलो वा कठिन दुवै तरिकाले’ गरिने चेतावनी दिएका थिए ।  अमेरिकामाथि स्थायित्वकरण बलका लागि सैनिक योगदान दिन सक्ने मुलुकहरूको दबाब परेको हुँदा उसले प्रस्तावमा प्यालेस्टिनी आत्मनिर्णय सम्बन्धी भाषालाई अझ कडा बनाएको बताइन्छ । संशोधित प्रस्तावमा अब राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनाले ‘प्यालेस्टिनी राज्यका लागि विश्वसनीय मार्ग’ दिन सक्ने उल्लेख गरिएको छ । यसका विपरीत प्रतिद्वन्द्वी रूसी प्रस्तावले प्यालेस्टिनी राज्यको पक्षमा अझ सशक्त अभिव्यक्ति प्रयोग गर्छ ।

अन्तर्राष्ट्रिय समुदायले इजरायल–प्यालेस्टिनी दीर्घकालीन समाधानको एकमात्र व्यावहारिक मार्गका रूपमा दुई–राष्ट्र समाधानलाई वर्षौंदेखि औपचारिक मान्यता दिँदै आएको छ । तर नेतान्याहुका कडापन्थी गठबन्धन साझेदारहरूले उहाँलाई प्यालेस्टिनी स्वतन्त्रताको विषयमा कडा र कठोर कदम चाल्न दबाब दिइरहेका छन् ।  नेतान्याहुले आइतबार इजरायलको नीतिमा ‘एक इन्च पनि परिवर्तन नभएको’ उल्लेख गर्दै बाहिरी वा आन्तरिक कुनै पनि दबाबले आफूलाई विचलित नपार्ने बताए । उनले भने, “मलाई कसैको पुष्टि, ट्विट वा व्याख्यानको आवश्यक छैन ।” पछिल्ला महिनाहरूमा उक्त दबाब झनै बढेको छ । सेप्टेम्बरमा बेलायत, अस्ट्रेलिया र क्यानाडाले प्यालेस्टिनी राज्यलाई औपचारिक मान्यता दिएपछि नेतान्याहुले ती मुलुकहरूलाई ‘हमासलाई पुरस्कार दिने’ आरोपसमेत लगाएका थिए ।

यसबीच पश्चिम किनारमा बढिरहेको बसोबासकर्ता हिंसाका बारे नेतान्याहुले पहिलोपटक सार्वजनिक रूपमा टिप्पणी गर्दै हिंसा ‘एक सानो समूहका चरमपन्थीहरूको काम’ भएको दाबी गरे । यद्यपि प्यालेस्टिनी तथा मानवअधिकार समूहहरूले उक्त दाबी अस्वीकार गर्दै हिंसा व्यापक भएको र सरकार मौन बसेको आरोप लगाएका छन् ।  पश्चिम किनारमा इजरायली गोली प्रहारबाट पछिल्ला दिनमा सातौँ प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरूको भनाइ छ । इजरायली सैन्य अभियान तथा बसोबासकर्तासम्बन्धी आक्रमणहरू तीव्र रूपमा बढिरहेका छन् ।

इजरायली सेनाले आइतबार नब्लसमा भएको कारबाहीमा विस्फोटक प्रहार गर्ने प्रयासपछि जवाफी गोली चलाएको दाबी गरेको छ । त्यसपछि फेरो क्षेत्रमा ‘हानि पुर्‍याउन खोज्ने व्यक्ति’ मारिएको बताइएको छ, तर विस्तृत विवरण सार्वजनिक गरिएको छैन । प्यालेस्टिनी पक्षबाट तत्काल प्रतिक्रिया आएको थिएन । पश्चिम किनारका पछिल्ला घटनामा १५–१७ वर्षका छ जना किशोरसमेत मारिएका छन् ।

नेतान्याहुले बसोबासकर्ताद्वारा गरिने हिंसालाई ‘केवल केही कट्टर समूहको गतिविधि’ भने पनि अधिकार समूहहरूले यो हिंसा वर्तमान अतिदक्षिणपन्थी सरकारको ‘दण्डहीनता’ का कारण बढेको बताएका छन् । सेटलर नेताहरूले सरकारका महत्त्वपूर्ण जिम्मेवारी, जस्तै राष्ट्रिय प्रहरी बल तथा पश्चिम किनार नीति नियमन गर्ने मन्त्रालयहरू नेतृत्व गरिरहेका छन् । 

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पश्चिम किनारका यी घटनाले ‘गाजामा भइरहेको कूटनीतिक प्रयासलाई कमजोर पार्न सक्ने’ चेतावनी दिएका छन् ।  संयुक्त राष्ट्र मानव अधिकार कार्यालयका अनुसार अक्टोबर महिनामा मात्रै इजरायली बसोबासकर्ताद्वारा प्यालेस्टिनीहरू विरुद्ध २६० भन्दा बढी आक्रमण दर्ता भएका छन् । यो सन् २००६ पछि कुनै पनि महिनामा सबैभन्दा उच्च हो ।गाजामा पनि स्थिति जटिल छ । इजरायली सेनाले आइतबार आफ्नो नियन्त्रण क्षेत्रभित्र प्रवेश गरेका एक व्यक्तिलाई तत्काल खतरा उत्पन्न गरेको भन्दै मारिएको दाबी गरेको छ । 

दक्षिणी गाजाको खान युनुसस्थित मुवासी तम्बु शिविरमा भारी वर्षापछि बाढीका बीच विस्थापित परिवारहरू कठिनाइ बेहोर्दै बस्थे । फाटेका तम्बुहरूबाट पानी लगातार चुहिँदै थियो, बालबालिकाहरू नाङ्गै खुट्टा हिँडिरहेका थिए । विस्थापित प्यालेस्टिनी अब्दल्लाह अबु कुटाले भने, “हाम्रो तम्बु र स्नानगृह कपडाबाट बनेका छन् । घामले पहिल्यै जीर्ण पारेको छ । वर्षा परे सबै चीज भिज्छ । यो पीडा वर्णनातीत छ ।”


 


प्रकाशित मिति: सोमबार, मंसिर १, २०८२  १२:०६
प्रतिक्रिया दिनुहोस्
थप विश्व
दक्षिण कोरियाको “फ्लाइ ओभर” मा दुर्घटनाहुँदा तीन जनाको मृत्यु, तीन घाइते
दक्षिण कोरियाको “फ्लाइ ओभर” मा दुर्घटनाहुँदा तीन जनाको मृत्यु, तीन घाइते मंगलबार, जेठ १२, २०८३
सगरमाथाको शिखरमा गाजाको सपना
सगरमाथाको शिखरमा गाजाको सपना मंगलबार, जेठ १२, २०८३
खनिज आपूर्ति सुरक्षित गर्न भारत-अमेरिकाबीच ऐतिहासिक सम्झौता
खनिज आपूर्ति सुरक्षित गर्न भारत-अमेरिकाबीच ऐतिहासिक सम्झौता मंगलबार, जेठ १२, २०८३
श्रीलंकामा मुद्रास्फीति नियन्त्रण गर्न ब्याज दर समायोजन
श्रीलंकामा मुद्रास्फीति नियन्त्रण गर्न ब्याज दर समायोजन मंगलबार, जेठ १२, २०८३
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो मंगलबार, जेठ १२, २०८३
लेबनानमा इजरायली आक्रमण १२ जनाको मृत्यु, ३ घाइते
लेबनानमा इजरायली आक्रमण १२ जनाको मृत्यु, ३ घाइते मंगलबार, जेठ १२, २०८३
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित सोमबार, जेठ ११, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP