Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विश्व
  • Home
  • विश्व
  • कोलम्बियामा विद्रोही विरुद्धको हवाई आक्रमणमा सात नाबालिगको मृत्यु
कोलम्बियामा विद्रोही विरुद्धको हवाई आक्रमणमा सात नाबालिगको मृत्यु
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, कात्तिक ३०, २०८२

एपी– राष्ट्रपति गुस्ताभो पेट्रोको प्रशासनले ग्वाभियरे प्रान्तमा विद्रोही समूहसँग खोसिएको क्षेत्र पुनः नियन्त्रणमा लिन प्रयास गरिरहेको अवस्थामा यस हप्ताको सुरुमा भएको विवादास्पद हवाई आक्रमणमा सात नाबालिगको मृत्यु भएको कोलम्बियाका मानव अधिकार लोकपाल आइरिस मारिनले शनिबार बताएका छन्।

एक सार्वजनिक बयानमार्फत मारिनले फार्क–इएमसी विद्रोही समूहका लडाकूहरूले नाबालिगहरूलाई जबरजस्ती भर्ती गरी ‘मानव ढाल’ का रूपमा प्रयोग गरिरहेको दाबी गरे । उनले कोलम्बिया सरकार तथा सबै विद्रोही समूहहरूलाई अन्तर्राष्ट्रिय मानवीय कानूनको सम्मान गर्न आग्रह गर्दै हवाई आक्रमणमा मारिएका नाबालिगहरूको प्रारम्भिक सङ्ख्या छ रहेको भए पनि फरेन्सिक मेडिसिन इन्स्टिच्युटको अद्यावधिक विवरणपछि मृतक सङ्ख्या सात पुगेको बताए।

'भर्ती गरिएका कुनै पनि बालबालिकालाई सैन्य कार्यवाहीबाट प्रभावित हुन दिनु हुँदैन', मारिनले जोड दिंदै  भने, 'सशस्त्र बलहरूले युद्धमा सहभागी हुन बाध्य गरिएका नाबालिगहरूको सुरक्षाका लागि विशेष सावधानी अपनाउनै पर्छ । यसअघि, कोलम्बियाका रक्षामन्त्री पेड्रो सान्चेजले अपराधी समूहहरूलाई नाबालिगहरूको जीवनलाई जोखिममा पारेको आरोप लगाउँदै ‘जो कोही शत्रुतामा संलग्न हुन्छ, उसले कुनै भेदभावबिना सुरक्षा गुमाउँछ' भन्ने टिप्पणी गरेका थिए । 

Hardik health

कोलम्बियामा हवाई आक्रमणमा बालबालिकाको मृत्यु एक संवेदनशील मुद्दा मानिन्छ । विशेषगरी सन् २०१९ मा कक्वेटा प्रान्तमा आठ बालबालिकाको मृत्यु लुकाइएको फेला परेपछि तत्कालीन रक्षामन्त्रीले राजीनामा दिएको प्रसङ्ग अझै ताजा छ । कोलम्बियाली सेनाको अनुसार ग्वाभियरेमा मङ्गलबार गरिएको हवाई आक्रमणमा छ नाबालिगसहित कम्तीमा १९ जना लडाकू मारिएका छन् । 

राष्ट्रपति पेट्रोले शनिबार एक सार्वजनिक सन्देशमा हवाई आक्रमणको आदेश दिनुको कारण स्पष्ट पार्दै विद्रोही टोली कोलम्बियाली सेनाको सानो समूहमाथि हमला गर्न नजिकिँदै थियो भन्ने जानकारी आफूलाई प्राप्त भएकाले निर्णय लिन बाध्य भएको बताए । उनले लेखे, 'कुनै पनि व्यक्तिको मृत्यु दुःखद छ, विशेषगरी नाबालिगको । तर मैले सैनिकहरूको जीवन बचाउन जोखिम लिएँ ।'

राष्ट्रपति पेट्रोले पदभार ग्रहणपछि नाबालिगहरू मारिने जोखिम कम गर्न हवाई आक्रमणहरू स्थगन गरेका छन् । उनले विगतका सरकारहरूलाई नाबालिगको मृत्यु हुने किसिमका हवाई आक्रमणलाई ‘युद्ध अपराध’ का रूपमा वर्णन गर्दै आलोचना गर्दै आएका  छन् । तथापि, फार्कले सन् २०१६ को शान्ति सम्झौतापछि छोडिएका क्षेत्रमा अन्य सशस्त्र समूहहरूको सक्रिय विस्तार रोक्नुपर्ने आवश्यकता देखिएपछि विगत वर्षदेखि पुनः हवाई आक्रमण सुरु गरिएको थियो । पेट्रो क्यारेबियन क्षेत्रमा लागुऔषध तस्करविरुद्ध अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चलाएको आक्रमणका कडा आलोचक मानिनुहुन्छ, जसलाई उनले ‘गैरन्यायिक मृत्युदण्ड’ को नाम दिएका छन् । 

तर विद्रोही समूहहरू विरुद्ध आफ्नो सरकारले गरिरहेको हवाई कार्यवाही भिन्न रहेको स्पष्ट पार्दै उनले शुक्रबार लेखे, 'कोलम्बियाली सेनाको बमबारीमा परेकाहरू हतियारबन्द छन्, विस्फोटक बोकेका छन् र आफूलाई सशस्त्र सदस्यका रूपमा घोषणा गरिसकेका हुन्छन् । उनीहरूले आफ्नै हतियारबाट सेना तथा सर्वसाधारणलाई क्षति पुर्‍याउने प्रयत्न गरिरहेका छन् ।'


प्रकाशित मिति: आइतबार, कात्तिक ३०, २०८२  १५:२७
प्रतिक्रिया दिनुहोस्
थप विश्व
दक्षिण कोरियाको “फ्लाइ ओभर” मा दुर्घटनाहुँदा तीन जनाको मृत्यु, तीन घाइते
दक्षिण कोरियाको “फ्लाइ ओभर” मा दुर्घटनाहुँदा तीन जनाको मृत्यु, तीन घाइते मंगलबार, जेठ १२, २०८३
सगरमाथाको शिखरमा गाजाको सपना
सगरमाथाको शिखरमा गाजाको सपना मंगलबार, जेठ १२, २०८३
खनिज आपूर्ति सुरक्षित गर्न भारत-अमेरिकाबीच ऐतिहासिक सम्झौता
खनिज आपूर्ति सुरक्षित गर्न भारत-अमेरिकाबीच ऐतिहासिक सम्झौता मंगलबार, जेठ १२, २०८३
श्रीलंकामा मुद्रास्फीति नियन्त्रण गर्न ब्याज दर समायोजन
श्रीलंकामा मुद्रास्फीति नियन्त्रण गर्न ब्याज दर समायोजन मंगलबार, जेठ १२, २०८३
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो मंगलबार, जेठ १२, २०८३
लेबनानमा इजरायली आक्रमण १२ जनाको मृत्यु, ३ घाइते
लेबनानमा इजरायली आक्रमण १२ जनाको मृत्यु, ३ घाइते मंगलबार, जेठ १२, २०८३
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित सोमबार, जेठ ११, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP