Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विश्व
  • Home
  • विश्व
  • गाजाको शान्ति प्रकरणमा पुटिन–नेतान्याहुबीच छलफल
गाजाको शान्ति प्रकरणमा पुटिन–नेतान्याहुबीच छलफल
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, कात्तिक ३०, २०८२

एएनआई– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबीच गाजा तथा मध्यपूर्वको जटिल अवस्थाबारे टेलिफोनमार्फत विस्तृत छलफल भएको छ ।

क्रेमलिनले जारी गरेको विज्ञप्तिअनुसार युद्धविराम कार्यान्वयन, हिरासतमा रहेका व्यक्तिहरूको आदान–प्रदान, इरानको आणविक कार्यक्रमसँग जोडिएको वर्तमान परिवेश तथा सिरियामा थप स्थिरता कायम गर्ने विषयमा दुवै नेताबीच गम्भीर विचार–विमर्श भएको उल्लेख गरिएको छ । रूसी राज्य मिडियाका अनुसार उक्त फोन वार्ता शनिबार सम्पन्न भएको थियो ।

यस वर्ष अक्टोबर ६ मा इजरायल र हमासका प्रतिनिधिमण्डलहरूले गाजामा जारी द्वन्द्व समाधानका लागि अप्रत्यक्ष वार्ता पुनः सुरु गरेका थिए । वार्तामा इजिप्ट, कतार, संयुक्त राज्य अमेरिका र टर्की मध्यस्थकर्ताको भूमिकामा थिए । 

त्यसपछि अक्टोबर ९ मा दुवै पक्षले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सार्नुभएको शान्ति योजनाको पहिलो चरण कार्यान्वयन गर्ने सम्झौतामा हस्ताक्षर गरेका थिए । सोही योजनाअनुसार अक्टोबर १० देखि गाजामा युद्धविराम लागू भएको थियो । सम्झौताले गाजाको पुनर्निर्माण तथा हमासबिना नयाँ शासन संयन्त्र निर्माण गर्ने अवधारणा समेटेको छ ।

Hardik health

गाजाका लागि राष्ट्रपति ट्रम्पको योजनालाई समर्थन गर्न संयुक्त राष्ट्र सुरक्षा परिषद्ले प्रस्ताव तयारी गरेको छ । प्रस्तावमाथि यही नोभेम्बर १७ मा मतदान हुने बताइएको छ । टाइम्स अफ इजरायलका अनुसार प्रस्तावको मस्यौदाले अमेरिकी राष्ट्रपति ट्रम्पको २०–बुँदे योजनालाई पूर्णरूपमा समावेश गरेको छ । उक्त योजनालाई प्रधानमन्त्री नेतान्याहुले सेप्टेम्बरमा अमेरिकी राष्ट्रपतिसँगको संयुक्त पत्रकार सम्मेलनमा समर्थन गरेका थिए।

अमेरिकी मस्यौदाले सदस्य राष्ट्रहरूलाई ‘अस्थायी अन्तर्राष्ट्रिय स्थायित्वकरण बल’ स्थापना गर्न अधिकार दिनेछ, जसको जनादेश सन् २०२७ सम्म रहने संकेत गरिएको छ । यस बलको प्रमुख जिम्मेवारीमा नागरिक सुरक्षा, मानवीय कोरिडोरको सुरक्षा, गैर–राज्य सशस्त्र समूहहरूबाट हतियार विस्थापन तथा प्रशिक्षित प्यालेस्टिनी प्रहरी बलसँग समन्वय गरी काम गर्ने समावेश छ । 

अमेरिकी मस्यौदा अनुसार उक्त स्थायित्वकरण बलले इजरायल, इजिप्ट र नयाँ प्यालेस्टिनी प्रहरीसँग संयुक्त रूपमा कार्यसमन्वय गर्नेछ । बल गठनमा रुचि देखाउने देशहरूले संयुक्त राष्ट्रसङ्घको औपचारिक प्रस्ताव आवश्यक पर्ने बताएका छन् ।

यसबीच, संयुक्त राष्ट्रसङ्घका लागि रूसी स्थायी मिसनका अनुसार गाजामा दिगो शान्ति सुनिश्चित गर्न रुसले अमेरिकी प्रस्तावलाई वैकल्पिक मस्यौदा प्रस्तुत गर्नुपर्ने आवश्यक महसुस गरेको छ । रूसी प्राविधिक प्रस्तावले संयुक्त राष्ट्रसङ्घका महासचिवलाई अमेरिकी योजनाका सान्दर्भिक प्रावधानहरूको सम्भावित कार्यान्वयनका विकल्पहरू सहित सुरक्षा परिषद्मा प्रतिवेदन पेश गर्न आह्वान गरेको छ ।

रूसी स्थायी मिसनका अनुसार संयुक्त राष्ट्र सुरक्षा परिषद्का प्रस्तावहरूले अन्तर्राष्ट्रिय कानूनी ढाँचालाई प्रतिबिम्बित गर्नुपर्ने र इजरायल–प्यालेस्टाइन द्वन्द्व समाधानका लागि विश्वव्यापी रूपमा स्वीकृत दुई–राज्य सिद्धान्तलाई पुनः पुष्टि गर्नुपर्ने अपेक्षा गरिन्छ । 

तर अमेरिकी मस्यौदामा यस्ता आधारभूत तत्वहरूलाई पर्याप्त सम्मान नदिइएको भन्दै रुसले दिगो शान्तिका लागि वैकल्पिक प्रस्ताव तयार पार्न बाध्य भएको जनाएको छ । रूसी समाचार एजेन्सी तासका अनुसार मस्कोले प्रस्तुत गरेको वैकल्पिक मस्यौदाले गाजा पट्टीमा दीर्घकालीन समाधानका लागि अन्तर्राष्ट्रिय प्रक्रियालाई सुदृढ गर्ने उद्देश्य राखेको छ ।


प्रकाशित मिति: आइतबार, कात्तिक ३०, २०८२  १४:४९
प्रतिक्रिया दिनुहोस्
थप विश्व
दक्षिण कोरियाको “फ्लाइ ओभर” मा दुर्घटनाहुँदा तीन जनाको मृत्यु, तीन घाइते
दक्षिण कोरियाको “फ्लाइ ओभर” मा दुर्घटनाहुँदा तीन जनाको मृत्यु, तीन घाइते मंगलबार, जेठ १२, २०८३
सगरमाथाको शिखरमा गाजाको सपना
सगरमाथाको शिखरमा गाजाको सपना मंगलबार, जेठ १२, २०८३
खनिज आपूर्ति सुरक्षित गर्न भारत-अमेरिकाबीच ऐतिहासिक सम्झौता
खनिज आपूर्ति सुरक्षित गर्न भारत-अमेरिकाबीच ऐतिहासिक सम्झौता मंगलबार, जेठ १२, २०८३
श्रीलंकामा मुद्रास्फीति नियन्त्रण गर्न ब्याज दर समायोजन
श्रीलंकामा मुद्रास्फीति नियन्त्रण गर्न ब्याज दर समायोजन मंगलबार, जेठ १२, २०८३
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो मंगलबार, जेठ १२, २०८३
लेबनानमा इजरायली आक्रमण १२ जनाको मृत्यु, ३ घाइते
लेबनानमा इजरायली आक्रमण १२ जनाको मृत्यु, ३ घाइते मंगलबार, जेठ १२, २०८३
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित सोमबार, जेठ ११, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP