काठमाडौं- 'जन्मदिनलाई सत्कर्ममा जोडेर मनात्री' गीत सार्वजनिक भएको छ।
गोविन्दप्रसाद चौलागाईको शब्द रहेको उक्त गीतमा गायिका रचना रिमाल र नविन कार्कीको रहेको छ। त्यस्तै उक्त गीतमा संगीत भने शक्ति बल्लभको रहेको रचनाकार चौलागाईले जनाए ।
जन्मदिनलाई सकारात्मक कर्मसंग जोडेर मनाउन प्रेरित गर्ने उद्देश्य राखिएको गीत शुक्रबार औपचारिक रूपमा सार्वजनिक गरिएको चौलागाईले बताए। गीत सार्वजनिकसँगै वातावरण संरक्षणसँग जाडिएको वृक्षारोपण गमि गरिएको थियो। मुख्यसचिव एकनारायण अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम बर्बरमहलस्थित वन विभागको तालिम हलमा आयोजना गरिएको थियो ।
तराई विकास सञ्चार केन्द्र नेपालद्वारा आयोजित कार्यक्रममा विशेष गरेर हरेक व्यक्तिले जन्मदिनलाई उत्सवको रुपमा मनाईदै वातावरणीय क्षेत्रमा विशेष योगदान दिएमा समाजमा सकारात्मक सन्देश जाने मात्र नभई वातावरण स्वच्छ हुने पनि विश्वास लिइएको थियो ।
गीतको 'जन्मदिनलाई सत्कर्ममा जोडेर मनाऔं अक्सिजन लिएर धर्तीमा आउने हामी, वृक्ष रोपेर मनायौ' भन्ने पक्तिले वातावरण संरक्षण, हरियाली विस्तार र जिम्मेवारीपूर्ण जीवनशैली अपनाउन सबैलाई सन्देश दिने अपेक्षा आफूले लिएको रचनाकार एवं सस्थाका नेतृत्वकर्ता चौलागाईले जनाए ।
३ वर्षअधि जन्मदिन पारेर चौलागाईले यस अभियान रौतहटको चाँदीखोला सिन्दुरेघारीबाट सुरु गरिएको जनाए । कार्यक्रमसँगै 'जन्मदिनलाई सत्कर्ममा जोडी अभियान' अन्तर्गत वृक्षारोपण कार्यक्रम पनि सञ्चालन गरिदै आएको संस्थाका नेतृत्वकर्ता चौलागाईले बताए। उनले हालसम्म अभियानअन्तर्गत ११ हजार बिरुवा रोपिएको जनाएका छन्।
रौतहटमा यसै अभियानमार्फत 'शुभजन्मोत्सव पार्क' समेत निर्माण गरिएको र अभियान २२ जिल्लासम्म विस्तार भइसकेको जनाएको छ। नागरिकका तर्फबाट निर्माण गरिएको उक्त 'शुभ जन्मोत्सव पार्क'ने अन्य स्थानमा पनि उदाहरणीय भनेको बताउदै जन्म जिल्लाहमा पनि नागरिकहरूले बनाउने क्रममा रहेको पनि जनाइएको छ ।
कार्यक्रममा मुख्यसचिव अर्याल र सहसचिव केदारनाथ शर्मा तथा वन विभागका व्यक्तित्वहरूले वातावरण संरक्षण सबैको साझा दायित्व भएको बताउदै अभियानले वातावरणीय सन्देश समाजभर फैलाउन ठूलो योगदान पुर्याएको उल्लेख गरेका छन् ।
सार्वजनीक भएको गीत र सस्थाको कार्यक्रमलाई शुभकामना दिँदै प्रमुख अतिथि मुख्यसचिव अर्यालले भने, 'जन्मदिनलाई केवल उत्सवको रूपमा होइन, प्रगतिप्रति जिम्मेवारी जोड्ने अवसरका रूपमा लिनु आजको आवश्यकता हो ।' उनले यो अभियानलाई सरकारको तर्फबाट सहयोग निरन्तरता दिने प्रतिवद्ध भएकाे बताए।
त्यस्तै सहसचिव शर्माले वातावरणलाई सफा राख्न नागरिक सहभागिता नै मुख्य आधार भएकाे र यस्तो अभियानले जनचेतना अभिवृद्धि गर्ने बताए। उनले भने, 'वातावरणलाई वन संरक्षणमा गर्ने प्रयास गरे गदा पनि विभिन्न चुनौतीको सामना परेको बेला यो अभिमान महत्वपूर्ण रहेको छ। एक-एकवटा विरुवा राेप्नु भनेको भविष्यका पुस्ताको सुरक्षामा लगानी जस्तै हो।' अभियान जनचेतना अभिवृद्धि कार्यक्रमको रूपमा रहेको शर्माको भनाई छ।