काठमाडाैं - डाटा सेन्टरमा समस्या आएपछि सवारी चालक अनुमतिपत्र लाइसेन्सको आवेदन बन्द भएको छ । यातायात व्यवस्था विभागको कार्यालयले सूचना जारी गरेर आजदेखि अर्काे सूचना नआउन्जेलसम्मका लागि आवेदन दिने प्रणाली बन्द गरिएको जानकारी दिएको हो ।
कात्तिक १६ बाट आंशिक रुपमा खुलेको डाटा सेन्टरमा प्राविधिक समस्या देखिँदै आएको विभागले जनाएको छ ।२३ र २४ भदौको जेनजी आन्दोलनका कारण विभागमा ठूलो क्षति पुगेसँगै लाइसेन्ससँग सम्बन्धित सेवाहरू अवरुद्ध भएका थिए ।
विभागका अनुसार १६ कात्तिकबाट आंशिक सञ्चालनमा आएको डेटा सेन्टरमा फेरि समस्याका कारण पुनः अवरुद्ध भएको हो ।