Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मिम्लेन फुङ
  • #नाफिज
  • #वार्षिक साधारणसभा
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #मालढुंगा-बेनी_सडक
  • #एनपिएल
  • #जुडो
  • #सकुन_सुनुवार
  • #मानव अधिकार दिवस
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • जाडो छल्न शैक्षिक संस्था बेँसीमा स्थानान्तरण
जाडो छल्न शैक्षिक संस्था बेँसीमा स्थानान्तरण
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, कात्तिक २६, २०८२

मुस्ताङ-  उत्तरी चीनसँग सिमाना जोडिएका माथिल्लो मुस्ताङका शैक्षिक संस्था जाडो छल्न बेँसीमा स्थान्तरण गरेको छ । भारी हिमापातको जोखिम र अत्यधिक चिसोका हुने भएकाले माथिल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाअन्तर्गत सामुदायिक तथा धार्मिक गुम्बा विद्यालयहरूलाई बेँसीमा स्थानान्तरण गरेको हो ।

माथिल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा तीन सरकारी सामुदायिक र चार वटा धार्मिक गुम्बा विद्यालय सञ्चालनमा छन् । गाउँपालिकाका सामुदायिक र गुम्बा विद्यालय सबै जाडो छल्न बेँसीमा स्थानान्तरण गरिसकिएको लोमान्थाङ गाउँपालिकाका प्रशासन प्रमुख विकास केशीले जानकारी दिए ।

लोमान्थाङ गाउँपालिकाको छोन्हुप झिन्जु आधारभूत विद्यालय जाडो छल्न दसैँअगावै बैंसी झरेको र राष्ट्रिय आधारभूत लोमान्थाङ र दिव्यदीप माध्यमिक विद्यालय छोसेर तिहारलगत्तै जाडो छल्न बेँसी झरेको प्रशासन प्रमुख केशीको भनाइ छ । लोमान्थाङको छोन्हुप झिन्जु आधारभूतमा ५० जना, राष्ट्रिय आधारभूतमा २० जना र दिव्यदीप माध्यमिक विद्यालयका ६२ जना विद्यार्थीलाई घुम्ती कक्षा चलाउन बेँसीका विभिन्न स्थानमा स्थानान्तरण गरिएको प्रशासन प्रमुख केसीको भनाइ छ ।

लोमान्थाङको दिव्यदीप माध्यमिक विद्यालयलाई पोखरास्थित विजयपुरमा रहेको निजी विद्यालय भवनमा स्थानान्तरण गरिएको छ । छोन्हुप झिन्जु आधारभूतको पनि पोखरा हेम्जामा रहेको आफ्नै निजी भवनमा घुम्ती कक्षा चलाउन झारिएको हो ।  यसैगरी लोमान्थाङको राष्ट्रिय आधारभूतका २० जना विद्यार्थीलाई पोखरा लेखनाथस्थित तालचोक किमबेँसीमा भाडाको भवनमा स्थानान्तरण गरिएको प्रशासन प्रमुख केशीले बताए । 

Hardik health

यसैगरी लोमान्थाङ गाउँपालिकाअन्तर्गतका मञ्जुश्री, निफुक नाम्डोल, पाल एण्ड नाम्ग्याल र महाकरुणा धार्मिक गुम्बा विद्यालय पनि आफ्नै खर्चमा घुम्ती कक्षा चलाउन पोखराका विभिन्न स्थानमा रहेको प्रशासन प्रमुख केशीको भनाइ छ । हिउँदयामको जाडो मौसममा साविक स्थानमा शैक्षिक पठन/पाठनलाई निरन्तरता दिन कठिनाइ हुने भएकाले माथिल्लो मुस्ताङका विद्यालयलाई घुम्ती कक्षा चलाउन बर्सेनि यसप्रकारको परम्परा रहँदै आइरहेको छ ।

सङ्घीय सरकारले घुम्ती विद्यालय सञ्चालन तथा व्यवस्थापन शीर्षकमा लोमान्थाङका तीन सामुदायिक विद्यालयलाई बर्सेनि शसर्त अनुदानस्वरूप प्रतिविद्यालय रु तीन लाख ५० हजार उपलब्ध गराउने गरेको छ । यसका अतिरिक्त साविक स्थानमा रहेको सञ्चालन गर्दा उपलब्ध हुने सङ्घीय सशर्तबापतको हिमाली आवासीय छात्रावास  अनुदान कार्यक्रमअन्तर्गत कक्षा ४ देखि माथिका विद्यार्थीलाई जनही रु पाँच हजार उपलब्ध हुने सुविधा रहेको प्रशासन प्रमुख केशीले बताउनुभयो । लोमान्थाङको राष्ट्रिय आधारभूत, झिन्जु आधारभूत र दिव्य दीप माध्यमिक विद्यालयका तल्ला कक्षाहरूलाई गाउँपालिकाले प्रतिविद्यार्थी मासिक रु चार हजार अनुदान दिने गरेको उनको भनाइ छ ।

माथिल्लो मुस्ताङको लोमान्थाङजस्तै लोघेकर दामोदरकुण्ड गाउँपालिकाअन्तर्गत तीन सामुदायिक र दुई गुम्बा विद्यालय जाडो छल्न कात्तिक १० गते बेँसीमा झरेको त्यहाँका शिक्षा शाखा अधिकृत प्रचण्ड न्यौपानेले जानकारी दिए । अधिकृत न्यौपानेका अनुसार लोघेकर दामोदरकुण्डको चराङ आधारभूत चराङका १६ जना, घमी आधारभुत घमीका ५६ जना र जनज्योति आधारभूत घिलिङका ८४ जना विद्यालयलाई शिक्षण सिकाइमा निरन्तरता दिनका लागि पोखराका विभिन्न स्थानमा झारिएको हो । 

चराङ आधारभूतको पोखरा हेम्जामा, घमी आधारभूतको पोखरा विजयपुरमा र जनज्योति आधारभूतको तनहुको शुक्लागण्डकी दुलेगौडामा स्थानान्तरण गरिएको जनाइएको छ । यहाँको चराङ र जनज्योति आधारभूत विद्यालयलाई घुम्ती विद्यालय सञ्चालन तथा व्यवस्थापन कार्यक्रम शीषर्कमा प्रतिविद्यालय रु तीन लाख ५० हजार प्राप्त हुने शिक्षा शाखा अधिकृत न्यौपानेले बताए । 

यसैगरी सङ्घीय सरकारले दिने अनुदान हिउँदको चार महिना बेँसीमा घुम्ती कक्षा चलाउन बजेट अभाव हुने भएकाले सामुदायिक विद्यालयका लागि एकमुष्ट २५ लाख रूपैया बजेट गाउँपालिकाले विनियोजन गरेको अधिकृत न्यौपानेको भनाइ छ । यसैगरी लोघेकरमा तीन सामुदायिकसँगै चराङका दुई गुम्बा विद्यालय पनि जाडो छल्न बेँसी झरिसकेको अधिकृत न्यौपानेले उल्लेख गरे ।

यहाँको वारागुङ मुक्तिक्षेत्रको छुसाङस्थित जननर्मल माध्यमिक विद्यालय गत वर्षसम्म जाडो छल्न बेँसी झर्ने गरेकोमा चालु शैक्षिक सत्रमा घुम्ती कक्षाका लागि बेँसी नझर्ने निर्णय भएको त्यहाँका शिक्षा शाखा अधिकृत रेखा पन्तले जानकारी दिए । तर, यहाँको कागबेनीस्थित कागछोदे गुम्बा विद्यालय भने घुम्ती कक्षा चलाउन बैंसीमा स्थानान्तरण भएको अधिकृत पन्तको भनाइ छ ।

वार्षिक परीक्षामा एक रूपता ल्याउन घम्ती कक्षाले असहज हुने, लगातार हिउँदमा कक्षा चलाउँदा शिक्षकहरूले पाउनुपर्ने बिदा कटौती गर्न गारो हुने र सङ्घीय सरकारले उपलब्ध गराउने अनुदान रु तीन लाख ५० हजारले घुम्ती खर्च धान्न नसक्ने अवस्था रहेकाले गाउँपालिकाबाटै घुम्ती कक्षा नचलाउने निर्णय भएको अधिकृत पन्तको भनाइ छ । माथिल्लो मुस्ताङका सरकारी तथा धार्मिक गुम्बा विद्यालयहरू घुम्ती कक्षाका रूपमा निरन्तर शैक्षिक पठनपाठन चलिरहने छ । साविक स्थानमा कक्षा सञ्चालन गर्दा विद्याथीहरूलाई चिसोका कारण रुघाखोकी र निमोनियाले बिरामी पर्ने हुन्छ भने हिउँदमा साविक स्थानमा कक्षा चलाउँदा हिमपातको जोखिम हुने हुन्छ । 

त्यसो त माथिल्लो मुस्ताङमा विद्यालयका अधिकांश अभिावकहरू जाडो छल्न र घुम्ती व्यापारमा बँेसी झर्ने परम्परा रहेकाले पनि माथिल्ला पालिकाहरूले आफ्ना विद्यालयलाई बेँसीमा झार्ने गरिएको हो । यसरी जाडो छल्न झरेका घुम्ती विद्यालयहरू चालु शैक्षिक सत्र सकेर नयाँ शैक्षिक सत्र साविककै स्थानमा सञ्चालन गर्न वैशाख महिनामा माथि उक्लिने गर्छन् । माथिल्लो दुई गाउँपालिकाका विद्यालय घुम्तीमा झरे पनि वारागुङ, घरपझोङ र थासाङ गाउँपालिकाका सामुदायिक र संस्थागत विद्यालय भने हिउँदको पुस र माघ महिना हिउँदे जाडो बिदा दिने गरिएको छ । यसरी हिउँदमा बिदा भएका विद्यालयहरू फागुनको पहिलो साता सञ्चालन हुने गर्छन् । यहाँका तल्ला तीन पालिकामा शिक्षकहरूलाई ४५ दिने हिउँदे बिदा र १५ दिन सट्टा बिदा गरी दुई महिना शैक्षिक क्रियाकलाप स्थगित गर्ने गरिएको छ ।


प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०८२  १४:४५
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
शैक्षिक उन्नयनका निम्ती गुल्मीमा महायज्ञ
शैक्षिक उन्नयनका निम्ती गुल्मीमा महायज्ञ शुक्रबार, मंसिर २६, २०८२
हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई
हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई शुक्रबार, मंसिर २६, २०८२
मनमोहनमा बिएससी नर्सिङको पढाइ सुरु हुने
मनमोहनमा बिएससी नर्सिङको पढाइ सुरु हुने बिहीबार, मंसिर २५, २०८२
विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की
विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की बुधबार, मंसिर २४, २०८२
काठमाडौँ विश्वविद्यालयको ३१औँ दीक्षान्त समारोह आज हुँदै
काठमाडौँ विश्वविद्यालयको ३१औँ दीक्षान्त समारोह आज हुँदै बुधबार, मंसिर २४, २०८२
दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन
दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन शुक्रबार, मंसिर १९, २०८२
विद्यालयलाई अनुदान रोक्ने शिक्षामन्त्रीकाे चेतावनी
विद्यालयलाई अनुदान रोक्ने शिक्षामन्त्रीकाे चेतावनी बुधबार, मंसिर १७, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP