काठमाडाैं -नेपाल वायु सेवा निगमले कर्मचारी कटौती गर्ने भएकाे छ । निगमले सञ्चालन गर्दै आएका आन्तरिक स्टेशनहरुमध्ये हाल उडान सञ्चालनमा नरहेका स्टेशनबाट कर्मचारी कटौती गर्ने भएकाे जनाएकाे हाे ।
आन्तरिक स्टेशन तथा उडान सञ्चालन रहेका आन्तरिक स्टेशनबाट हुने उडान संख्यालाई मध्येनजर गरी कर्मचारी कटौती गर्ने भएकाे छ । नीतिअनुरुप हाल करार सेवा तथा मासिक ज्यालादारीमा कार्यरत ६ (छ) जना कर्मचारीहरुको करार सेवा तथा मासिक ज्यालादारी अवधि मंगलबारदेखि नै लागू हुने गरी अन्त्य गरेका जानकारी निगमका k|jQmf clgn l3ld/n] lj1lKt lgsfnL hfgsf/L u/fPsf 5g\ .
निगमलाई चुस्त दुरुस्त रुपमा सञ्चालन गर्दै हालको बदलिँदो परिस्थितिलाई समेत सम्बोधन गर्दै निगमको आर्थिक दायित्व समेत कम गर्ने उद्देश्यसहित सुधारात्मक कदमको थालनी स्वरुप व्यवस्थापनले उक्त निर्णय गरेको जनाइएकाे छ ।