Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राजेन्द्र लिङ्देन
  • #राष्ट्रिय सभा निर्वाचन
  • #प्रशान्त तामाङ
  • #‘शिवांश’
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #फोक्सिङटार
  • #नेकपा_एमाले
Search Here
विश्व
  • Home
  • विश्व
  • पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्धको फैसला नोभेम्बरको अन्त्यतिर आउने संकेत
पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्धको फैसला नोभेम्बरको अन्त्यतिर आउने संकेत
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, कात्तिक २५, २०८२

एएफपी–बंगलादेशकी अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध दायर मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दाको फैसला यसै नोभेम्बर महिनाको अन्त्यतिर हुने अपेक्षा गरिएको छ। बंगलादेशका सरकारी अभियोजनकर्ताहरूले मङ्गलबार यसबारे जानकारी दिएका हुन् ।

गत महिना मुद्दा सुनुवाइ सकिएपछि फैसलाको मितिबारे केही भ्रम उत्पन्न भएको थियो । अदालतले नोभेम्बर १३ का लागि नयाँ सुनुवाइको मिति तोकेको छ, जसमा फैसला सुनाउने मिति घोषणा गरिने अपेक्षा गरिएको छ । बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणका अभियोजक गाजी मनोवर हुसेन तमीमले भने, 'बिहीबारको सुनुवाइको उद्देश्य केवल फैसलाको मिति घोषणा गर्नु हो । हाम्रो अघिल्ला अनुभवका आधारमा अदालतले अन्तिम फैसला सुनाउन थप एक हप्ता समय लिन सक्छ । नोभेम्बर १३ मा अदालतले फैसला सुनाउने मिति तोक्ने तयारी गरेको छ ।'

सन् २०२४ अगस्टमा भएको घातक विद्रोहपछि शेख हसिनाको सरकार अपदस्थ भएको थियो । लामो समयदेखि सत्तामा रहेकी हसिनाको पतनसँगै बङ्गलादेश राजनीतिक अस्थिरतामा डुबेको छ । आगामी सन् २०२६ फेब्रुअरीमा हुन लागेको आमनिर्वाचनको पूर्वसन्ध्यामा हिंसात्मक घटनाहरू तीव्र बन्दै गएका छन् । ७८ वर्षीया हसिनामाथि विद्यार्थी नेतृत्वमा भएको आन्दोलनलाई दबाउने क्रममा घातक दमनको आदेश दिएको आरोप लगाइएको छ । भारतमा निर्वासनमा रहनुभएकी उनले अदालतको उपस्थितिको आदेश उल्लङ्घन गर्दै अनुपस्थित रहेका थिए  ।

Hardik health

सन् २०२४ को जुन १ मा सुरु भएको उक्त मुद्दाको सुनुवाइमा सयौँ साक्षीको बयान लिइएको थियो । अभियोजन पक्षका अनुसार हसिनाले सामूहिक हत्याको आदेश दिनुका साथै आन्दोलन रोक्न असफल भएर मानवताविरुद्धको अपराध गर्नुभएको थियो ।

संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कअनुसार सन् २०२४ को जुलाईदेखि अगस्टसम्मका बीचमा भएको हिंसामा झण्डै एक हजार ४०० जनाको मृत्यु भएको थियो । अभियोजकहरूले पाँचवटा प्रमुख आरोप दर्ता गरेका छन्, जसमा हत्या रोक्न असफल हुनु, मानवताविरुद्धका अपराध र राजनीतिक दमनलाई उक्साउने कार्य समेत समावेश छन् । दोषी ठहरिए हसिनालाई मृत्युदण्डको सजाय माग गरिएको छ ।

शेख हसिनाले भने सबै आरोप अस्वीकार गर्दै आफ्नो मुद्दालाई ‘न्यायिक प्रणालीमाथिको मजाक’ को संज्ञा दिएका छन् । उनका सह–अभियुक्तहरूमा तत्कालीन गृहमन्त्री असदुज्जमान खान कमल र पूर्व प्रहरी महानिर्देशक चौधरी अब्दुल्ला अल–मामुन रहेका छन् । कमल हाल फरार छन् भने अल–मामुन हाल हिरासतमा छन् । अल–मामुनविरुद्धको फैसला पहिले नै सुनाइसकिएको छ ।

हसिनाको प्रतिबन्धित राजनीतिक दल अवामी लिगले बिहीबार राष्ट्रव्यापी ‘लकडाउन’ आह्वान गरेको छ, जसका कारण बङ्गलादेशभर सुरक्षा निकायहरूलाई उच्च सतर्कतामा राखिएको छ । राजनीतिक तनाव चुलिँदै गएको बंगलादेशमा अब सबैको ध्यान अदालतले शेख हसिनाविरुद्धको ऐतिहासिक फैसला कहिले र कस्तो दिने भन्ने विषयतर्फ केन्द्रित भएको छ ।


प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०८२  १४:५३
प्रतिक्रिया दिनुहोस्
थप विश्व
किसानको आक्रोश संसद्सम्म
किसानको आक्रोश संसद्सम्म मंगलबार, पुस २९, २०८२
सन् २०२६ मा खाद्य असुरक्षाको संकट बढ्ने विश्व खाद्यकाे चेतावनी
सन् २०२६ मा खाद्य असुरक्षाको संकट बढ्ने विश्व खाद्यकाे चेतावनी मंगलबार, पुस २९, २०८२
युक्रेनको खार्किवमा रूसी आक्रमण, चार जनाको मृत्यु : गभर्नर
युक्रेनको खार्किवमा रूसी आक्रमण, चार जनाको मृत्यु : गभर्नर मंगलबार, पुस २९, २०८२
ग्रिनल्यान्डबारे अमेरिकी आक्रमणको जोखिम जर्मनीले न्यून ठान्यो
ग्रिनल्यान्डबारे अमेरिकी आक्रमणको जोखिम जर्मनीले न्यून ठान्यो मंगलबार, पुस २९, २०८२
चक्रवातको प्रभाव पछि आइएमएफका लक्ष्यहरू संशोधन गर्नुपर्छ : केन्द्रीय बैंक
चक्रवातको प्रभाव पछि आइएमएफका लक्ष्यहरू संशोधन गर्नुपर्छ : केन्द्रीय बैंक मंगलबार, पुस २९, २०८२
जापान-दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल
जापान-दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल मंगलबार, पुस २९, २०८२
अमेरिकासँग कुनै वार्ता नहुने ट्रम्पको चेतावनीपछि क्युवाली राष्ट्रपतिको भनाइ
अमेरिकासँग कुनै वार्ता नहुने ट्रम्पको चेतावनीपछि क्युवाली राष्ट्रपतिको भनाइ मंगलबार, पुस २९, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सभापति लामिछाने र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता
सभापति लामिछाने र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP