Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राजेन्द्र लिङ्देन
  • #राष्ट्रिय सभा निर्वाचन
  • #प्रशान्त तामाङ
  • #‘शिवांश’
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #फोक्सिङटार
  • #नेकपा_एमाले
Search Here
विश्व
  • Home
  • विश्व
  • अमेरिकाको सिनेटबाट बजेट विधेयक पारित
अमेरिकाको सिनेटबाट बजेट विधेयक पारित
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, कात्तिक २५, २०८२

एजेन्सी  - अमेरिकाको सिनेटले एउटा महत्त्वपूर्ण बजेट विधेयक पारित गरेको छ । इतिहासकै सबैभन्दा लामो सरकारी काम बन्द (सटडाउन) लाई केही दिनभित्रै अन्त्य गर्न सकिने आवश्यक बजेट उपलब्ध गराउने जनाइएकाे हाे । 

सोमबार अबेर राति भएको मतदानमा यो विधेयक ६०-४० मतले पारित भयो। लगभग सबै रिपब्लिकनहरूले यसको पक्षमा मतदान गरे, भने आठ जना डेमोक्र्याट सिनेटरहरूले पनि पार्टीको लाइनबाट अलग भई रिपब्लिकनलाई साथ दिए। यो सम्झौताले आगामी जनवरीको अन्त्यसम्मका लागि सरकारलाई आवश्यक बजेट उपलब्ध गराउनेछ।

अब यो विधेयक राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गर्नुअघि प्रतिनिधि सभाबाट पारित हुनुपर्छ। राष्ट्रपति ट्रम्पले सोमबार यसमा हस्ताक्षर गर्न आफू तयार रहेको सङ्केत दिएका थिए।यो सम्झौता सप्ताहान्तमा टुङ्गिएको थियो, जब ती आठ डेमोक्र्याटहरू रिपब्लिकनहरूसँग मिलेर सङ्घीय कर्मचारीहरूलाई काममा फर्काउन र अत्यावश्यक सेवाहरू पुनः सञ्चालन गर्नका लागि एउटा सहमतिमा पुगेका थिए। केवल एक जना रिपब्लिकन सिनेटर केन्टकीका र्‍यान्ड पलमात्र बहुमत डेमोक्र्याटहरूसँग मिलेर विधेयकको विपक्षमा उभिए।


विधेयक पारित भएको घोषणा गर्दा सदनमा धेरैजसो सिट खाली थिए, तर अन्त्यसम्म बसेका सिनेटरहरूले खुसी मनाए र ताली बजाए। विधेयकको मस्यौदा तयार गर्नमा मुख्य भूमिका खेलेकी रिपब्लिकन सिनेटर सुसान कोलिन्सले विधेयक पारित भएपछि भनिन्, ‘हामी सरकारलाई फेरि खोल्नेछौँ, हामी सुनिश्चित गर्नेछौँ कि सङ्घीय कर्मचारीहरूले अब आफूले कमाएको र पाउनुपर्ने क्षतिपूर्ति प्राप्त गर्नेछन्।’यो सफलता ४१ दिने ‘सटडाउन’ पछि आएको हो, जसले हवाई यात्रामा समेत अवरोध पुर्‍याएको थियो । लाखौँ सङ्घीय कर्मचारीहरूलाई छुट्टीमा बस्न बाध्य पारिएको थियो भने ।

Hardik health


अब यो विधेयक रिपब्लिकन नियन्त्रित प्रतिनिधि सभामा जाँदैछ, जसका सदस्यहरू सेप्टेम्बरको मध्यदेखि वासिङ्टनबाट बाहिर थिए। सिनेटमा सम्झौता नजिक पुगेपछि सोमबार प्रतिनिधि सभाका सभामुख माइक जोनसनले सदस्यहरूलाई वासिङ्टन फर्कन बोलाएका थिए।प्रतिनिधि सभामा यस विधेयकमाथि बुधबारदेखि छलफल सुरु हुनेछ, यद्यपि यो प्रक्रियाले कति समय लिनेछ भन्ने स्पष्ट छैन। प्रतिनिधि सभामा रिपब्लिकनहरूको दुई सिटको मात्र बहुमत छ, त्यसैले प्रत्येक मत महत्त्वपूर्ण हुनेछ।

बजेट सम्झौतामा के छ ?
सप्ताहान्तमा भएको यो सम्झौताले सङ्घीय सरकारको लागि जनवरी ३० सम्म बजेटको व्यवस्था गरेको छ। यसले कृषि विभागका लागि पूर्ण वर्षको बजेट, साथै सैन्य निर्माण र विधायिका एजेन्सीहरूका लागि पनि बजेट समावेश गरेको छ।विधेयकमा सबै सङ्घीय कर्मचारीहरूले ‘सटडाउन’ अवधिभरको तलब पाउने ग्यारेन्टी पनि छ। साथै, प्रत्येक आठ अमेरिकीमध्ये एक जनाका लागि अत्यावश्यक खाद्य सुरक्षाको रूपमा रहेको ‘सप्लिमेन्टल न्युट्रिसन असिस्टेन्स प्रोग्राम’ को लागि आगामी सेप्टेम्बरसम्म बजेटको व्यवस्था गरिएको छ।

यस प्याकेजमा यसै वर्ष म्याद सकिन लागेको स्वास्थ्य सेवा सब्सिडी विस्तार गर्नेबारे डिसेम्बरमा मतदान गर्ने सहमति पनि समावेश छ, जुन डेमोक्र्याटहरूका लागि प्रमुख सरोकारको विषय थियो।डेमोक्र्याटिक पार्टीका नेताहरूले सरकार सञ्चालनका लागि नयाँ बजेटमा तबसम्म समर्थन नदिने बताएका थिए जबसम्म कङ्ग्रेसले करोडौँ अमेरिकीहरूलाई सरकारी एक्सचेन्जमार्फत खरिद गरिएको स्वास्थ्य बीमाको भुक्तानीमा मद्दत गर्ने यी सब्सिडीहरूलाई सम्बोधन गर्दैन।

सिनेटमा धेरै डेमोक्र्याटहरूले रिपब्लिकनहरूसँग वार्ता गरेर यो विधेयक पारित गर्ने आफ्नो पार्टीका आठ सदस्यको आलोचना गरेका छन्। सदनमा अल्पमतका नेता सिनेटर चक सुमरले यो प्याकेजले ‘अमेरिकाको स्वास्थ्य सेवा सङ्कट समाधान गर्नका लागि कुनै ठोस काम गर्न नसकेको’ बताए।सम्झौताको पक्षमा मतदान गर्ने डेमोक्र्याटहरूको समूहमा भर्जिनियाका सिनेटर टिम केन पनि थिए। उनले यो आलोचनालाई खारेज गर्दै आफूले प्रतिनिधित्व गर्ने सङ्घीय कर्मचारीहरूले सम्झौता स्वीकार गरेकोमा ‘धन्यवाद भनिरहेको’ बताए।

सिनेट बहुमतका नेता जोन थुनले डिसेम्बरको दोस्रो हप्ताभित्र स्वास्थ्य सेवा सब्सिडीसम्बन्धी विधेयक अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्, तर प्रतिनिधि सभामा सभामुख जोनसनले उक्त विधेयकलाई मतदानका लागि प्रस्तुत नगर्ने बताएका छन्।

-बीबीसी


प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०८२  ११:३९
प्रतिक्रिया दिनुहोस्
थप विश्व
किसानको आक्रोश संसद्सम्म
किसानको आक्रोश संसद्सम्म मंगलबार, पुस २९, २०८२
सन् २०२६ मा खाद्य असुरक्षाको संकट बढ्ने विश्व खाद्यकाे चेतावनी
सन् २०२६ मा खाद्य असुरक्षाको संकट बढ्ने विश्व खाद्यकाे चेतावनी मंगलबार, पुस २९, २०८२
युक्रेनको खार्किवमा रूसी आक्रमण, चार जनाको मृत्यु : गभर्नर
युक्रेनको खार्किवमा रूसी आक्रमण, चार जनाको मृत्यु : गभर्नर मंगलबार, पुस २९, २०८२
ग्रिनल्यान्डबारे अमेरिकी आक्रमणको जोखिम जर्मनीले न्यून ठान्यो
ग्रिनल्यान्डबारे अमेरिकी आक्रमणको जोखिम जर्मनीले न्यून ठान्यो मंगलबार, पुस २९, २०८२
चक्रवातको प्रभाव पछि आइएमएफका लक्ष्यहरू संशोधन गर्नुपर्छ : केन्द्रीय बैंक
चक्रवातको प्रभाव पछि आइएमएफका लक्ष्यहरू संशोधन गर्नुपर्छ : केन्द्रीय बैंक मंगलबार, पुस २९, २०८२
जापान-दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल
जापान-दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल मंगलबार, पुस २९, २०८२
अमेरिकासँग कुनै वार्ता नहुने ट्रम्पको चेतावनीपछि क्युवाली राष्ट्रपतिको भनाइ
अमेरिकासँग कुनै वार्ता नहुने ट्रम्पको चेतावनीपछि क्युवाली राष्ट्रपतिको भनाइ मंगलबार, पुस २९, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सभापति लामिछाने र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता
सभापति लामिछाने र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP