Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विश्व
  • Home
  • विश्व
  • प्यारासिटामोल र अटिजमबीच कुनै सम्बन्ध छैनः अध्ययन
प्यारासिटामोल र अटिजमबीच कुनै सम्बन्ध छैनः अध्ययन
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, कात्तिक २५, २०८२

एएफपी -  गर्भवती महिलाहरूले सामान्य दुखाइ कम गर्ने प्यारासिटामोल र उनीहरूबाट जन्मिने बच्चाहरूमा अटिजम समस्या हुने कुरामा कुनै तादात्य नरहेको बताइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बारम्बार अन्यथा दाबी गरे पनि गर्भवती महिलाहरूले सामान्य दुखाइ कम गर्ने प्यारासिटामोल प्रयोग गरेकै कारण उनीहरूबाट जन्मिने बच्चाहरूमा अटिजम समस्या हुने कुरामा कुनै सम्बन्ध नरहेको सोमबार प्रकाशित विद्यमान प्रमाणहरूको सबैभन्दा विस्तृत समीक्षापछि सार्वजनिक रिपोर्टमा भनिएको छ। 

अमेरिकी राष्ट्रपति ट्रम्पले सेप्टेम्बरमा एसिटामिनोफेन अर्थात् प्यारासिटामोल अटिजमको उच्च दरसँग सम्बन्धित भएको दाबी गरेर चिकित्सा समुदायमा आक्रोश उत्पन्न गरेकाे थिए  । ट्रम्पले गर्भवती महिलाहरूलाई प्यारासिटामोल खानुको सट्टा ‘कडा परिश्रम गर्न’ आग्रह गर्नुभएको थियो भने स्वास्थ्य अनुसन्धानकर्ताहरूले टिप्पणीहरूले महिलाहरूलाई दुखाइको उपचार गर्ने सबैभन्दा सुरक्षित विकल्पबाट तर्साउन सक्ने चेतावनी दिएका थिए । उनीहरूले ‘अटिस्टिक’ समस्या भएका व्यक्तिहरूलाई थप कलङ्कित गर्ने जोखिम बढ्ने दावी गरेका थिए । 

विश्व स्वास्थ्य सङ्गठनले टाइलेनोल र पानाडोलजस्ता पेनकिलर औषधिको मुख्य तत्व प्यारासिटामोलले अटिजम निम्त्याउँछ भन्ने कुराको कुनै ठोस प्रमाण नभएको बताएको छ। यस विषयमा अहिलेसम्म गरिएका सबै वैज्ञानिक अनुसन्धानहरूको सिंहालोकन ब्रिटिश मेडिकल जर्नल बीएमजेमा सोमबार प्रकाशित भएको छ। 

Hardik health

“विद्यमान प्रमाणले सन्तानमा गर्भमा रहेका समय महिलाले सेवन गर्ने प्यारासिटामोल र अटिजम वा  एडीएचडीबीच स्पष्ट सम्बन्ध देखाउँदैन,” बेलायतको नेतृत्वमा रहेको अनुसन्धानकर्ताको टोलीले समीक्षामा लेखेको छ।यसअघिका केही अध्ययनहरूले प्यारासिटामोल र अटिजम वा अटेन्सन डेफिसिट हाइपरएक्टिभिटी डिसअर्डर (एडीएचडी) बीच सम्भावित सम्बन्धको सुझाव दिएका थिए। “ती अध्ययनहरूको निचोड ‘निकै कम विश्वसनीय’ थियो,” सोमबार सार्वजनिक समीक्षा रिपोर्टमा भनिएको छ। 

उनीहरूले परिवारमा अटिजम प्यारासिटामोलका कारण नै भएको वा नभएको भन्नेजस्ता सम्भावित भ्रामक कारकहरूलाई गहिराईमा अध्ययन गरेका थिएनन् वा अध्ययन पुगेको थिएन र यी विवादास्पद अघिल्ला अध्ययनहरूले पनि कसरी प्यारासिटामोलले अटिजम निम्त्याउन सक्छ भनेर तथ्य स्थापित गर्न नसकेका पाइन्छ।  समीक्षाहरूको पनि समीक्षाले यो ‘महिला स्वास्थ्य अनुसन्धानमा ऐतिहासिक र निरन्तर कम लगानी’ भएको आँैंल्याउँदै राम्रो अनुसन्धानको लागि आह्वान गरेको छ। 

धेरै शोधकर्ताहरूले नयाँ अध्ययनको प्रशंसा गरे। युनिभर्सिटी कलेज लन्डनमा प्रसूति तथा स्त्री रोग विषयका प्राध्यापक दिमित्रियोस सियासाकोसले यो समीक्षाले विश्वभरका विज्ञहरूले के भनिरहेका छन् भन्ने कुरालाई पुष्टि गरेको बताए । “अटिस्टिक र न्यूरोडाइभर्जेन्ट व्यक्तिहरूमा पुरानो दुखाइ हुने सम्भावना बढी हुन्छ र उनीहरूमा न्यूरोडाइभर्जेन्ट बच्चाहरू हुने सम्भावना पनि बढी हुन्छ तर प्यारासिटामोलले न्यूरोडाइभर्जेन्स निम्त्याउँदैन,” पोट्र्समाउथ विश्वविद्यालयका स्टिभन क्यापले भने । 
 
“एडीएचडीको साथ एक शोधकर्ता र अटिस्टिक व्यक्तिको रूपमा, मलाई लाग्छ कि हामीले न्यूरोडाइभर्जेन्सलाई रोक्ने प्रयास गर्नु हुँदैन, तर न्यूरोडाइभर्जेन्ट व्यक्तिहरूको जीवनलाई अझ राम्रो बनाउनु पर्छ,” उनले थपे।  ट्रम्प र उहाँका कोभिड खोपमा शङ्कास्पद विचार राख्ने स्वास्थ्यमन्त्री रोबर्ट एफ केनेडी जुनियरले बारम्बार अटिजमको बारेमा निराधार दाबी गरेका छन्, जसमा प्यारासिटामोल बाहेक कोभिड सङ्क्रमण ‘महामारी’ पनि समावेश छन्।  विशेषज्ञहरू भन्छन्, “अटिजम दरमा भर्खरको वृद्धि बढ्दो जागरूकताको साथ सुधार, व्यापक निदान विधिहरूको कारण हो।”


प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०८२  ११:००
प्रतिक्रिया दिनुहोस्
थप विश्व
दक्षिण कोरियाको “फ्लाइ ओभर” मा दुर्घटनाहुँदा तीन जनाको मृत्यु, तीन घाइते
दक्षिण कोरियाको “फ्लाइ ओभर” मा दुर्घटनाहुँदा तीन जनाको मृत्यु, तीन घाइते मंगलबार, जेठ १२, २०८३
सगरमाथाको शिखरमा गाजाको सपना
सगरमाथाको शिखरमा गाजाको सपना मंगलबार, जेठ १२, २०८३
खनिज आपूर्ति सुरक्षित गर्न भारत-अमेरिकाबीच ऐतिहासिक सम्झौता
खनिज आपूर्ति सुरक्षित गर्न भारत-अमेरिकाबीच ऐतिहासिक सम्झौता मंगलबार, जेठ १२, २०८३
श्रीलंकामा मुद्रास्फीति नियन्त्रण गर्न ब्याज दर समायोजन
श्रीलंकामा मुद्रास्फीति नियन्त्रण गर्न ब्याज दर समायोजन मंगलबार, जेठ १२, २०८३
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो मंगलबार, जेठ १२, २०८३
लेबनानमा इजरायली आक्रमण १२ जनाको मृत्यु, ३ घाइते
लेबनानमा इजरायली आक्रमण १२ जनाको मृत्यु, ३ घाइते मंगलबार, जेठ १२, २०८३
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित सोमबार, जेठ ११, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP