काठमाडौं- उर्जामन्त्री कुलमान घिसिङको पार्टीको नाम उज्यालो नेपाल रहने सहमति भएको छ । तत्कालको लागि पूर्वसचिव अनुपकुमार उपाध्यायको संयोजकत्वमा अरु सबै सदस्य रहने गरी निर्वाचन आयोगमा पार्टी दर्ता हुने भएको हो ।
५१ जनाको केन्द्रीय कमिटी रहनेमा चुनाव चिह्न भने बिजुलीको चिम नै रहने भएको छ । नेपाल जनसेवा पार्टी राख्ने सहमति भइसके पनि आइतबार राति बसेको बैठकले उज्यालो नेपाल नै पार्टीको नाम लिएर आयोग जाने सहमति गरेको हो ।