काठमाडौं- निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्द सूची पेश गर्न दलहरूलाई दुई दिनको समय उपलब्ध गराउने तयारी गरेको छ । निर्वाचन तालिका अन्तर्गत यस्तो तयारी भएको हो ।
प्रारम्भिक तालिका अनुसार समानुपातिक निर्वाचन प्रणाली तर्फ बन्द सूची पेश गर्ने समय आगामी पुस १८ र १९ गते हुनेछ । यसमा आयोगले पछि हेरफेर समेत गर्न सक्नेछ । आगामी फागुन २१ गते हुने चुनावमा कतिय राजनीतिक दलले समानुपातिक तर्फबाट उम्मेदवार बनाउनेहरूको सूचीमा काम गर्न थालिसकेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फको उम्मेदवार आह्वान नै गरेको छ। विज्ञप्ति नै निकालेर रास्वपाले समानुपातिक सांसद बन्न मापदण्ड तोकेको छ ।