Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राजेन्द्र लिङ्देन
  • #राष्ट्रिय सभा निर्वाचन
  • #प्रशान्त तामाङ
  • #‘शिवांश’
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #फोक्सिङटार
  • #नेकपा_एमाले
Search Here
विश्व
  • Home
  • विश्व
  • फ्रान्सका पूर्वराष्ट्रपति सार्कोजीको रिहाइबारे आज अदालतको निर्णय अपेक्षित
फ्रान्सका पूर्वराष्ट्रपति सार्कोजीको रिहाइबारे आज अदालतको निर्णय अपेक्षित
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, कात्तिक २४, २०८२

एएफपी– फ्रान्सको एक अदालतले सोमबार पूर्वराष्ट्रपति निकोलस सार्कोजीलाई जेलमुक्त गर्ने कि नगर्ने भन्ने विषयमा निर्णय सुनाउने अपेक्षा गरिएको छ ।

गत सेप्टेम्बरमा तल्लो अदालतले सन् २००७ देखि २०१२ सम्म फ्रान्सका राष्ट्रप्रमुख रहनुभएका दक्षिणपन्थी नेता सार्कोजीलाई लिबियाका तत्कालीन नेता मोआमर गद्दाफीबाट चुनावी अभियानका लागि अवैध आर्थिक सहयोग खोजेको अभियोगमा दोषी ठहर गर्दै पाँच वर्षको जेल सजाय सुनाएको थियो ।

७० वर्षीय सार्कोजी गत अक्टोबर २१ मा जेल प्रवेश गरेका हुन्  । योसँगै उनले युरोपेली सङ्घ (इयु) का सदस्य राष्ट्रहरूमा जेल परेका पहिलो पूर्व राष्ट्रप्रमुख बनेका  छन् । उनका वकिलहरूले तुरुन्तै रिहाइको माग गर्दै अपिल दायर गरेका थिए ।

पेरिस अपिल अदालतले आज बिहान ८ः३० जिएमटीबाट उक्त अपिलको सुनुवाइ सुरु गर्नेछ । सार्कोजी भिडियो कलमार्फत उपस्थित हुनुहुनेछ र दिनभित्रै अदालतले फैसला गर्ने अपेक्षा गरिएको छ । यदि अदालतले उहाँको अपिल स्वीकार गर्‍यो भने तत्कालै उनलाई जेलबाट रिहा गरिनेछ ।

Hardik health

सेप्टेम्बर २५ मा तल्लो अदालतले ‘असाधारण गम्भीरता’ का आधारमा सजाय तत्काल कार्यान्वयन गर्न आदेश दिएको थियो । आदेशअनुसार अपिल दायर गरे पनि जेल जानुपर्ने भनिएको थियो । तर अपिल विचाराधीन रहेकाले कानूनी रूपमा सार्कोजीलाई अहिले निर्दोष मानिएको छ, त्यसैले अदालतले पूर्व–परीक्षण हिरासतको आवश्यकताको पुनर्मूल्याङ्कन गर्दैछ ।

फ्रान्सेली कानूनअनुसार प्रमाण नष्ट हुने जोखिम, साक्षीहरूसँग छेडछाड, अभियुक्तको भाग्ने वा पुनः अपराध गर्ने सम्भावना अथवा उनको सुरक्षाका लागि अन्य उपाय सम्भव नभएमा मात्र जेलमा राख्न सकिन्छ । अन्यथा, उनलाई न्यायिक नियन्त्रणमा बाहिर जान अनुमति दिइनेछ र सम्भवतः इलेक्ट्रोनिक एङ्किल ट्याग सहित नजरबन्दमा राखिनेछ ।

गायिका तथा मोडल कार्ला ब्रुनीसँग वैवाहिक सम्बन्ध रहेका पूर्वराष्ट्रपतिले दुई हप्ताभन्दा बढी एकान्तवासमा बिताइरहेका छन् । उनको सुरक्षाका लागि दुई अङ्गरक्षक नजिकैको कोठामा तैनाथ गरिएको बताइएको छ । कारागारका कर्मचारीहरूले यस कदमलाई पेशागत अपमान भनेका छन्, तर गृहमन्त्री लरेन्ट नुनेजले ‘सार्कोजीको स्थिति र उनविरुद्धका सम्भावित धम्कीहरू’ का कारण यो आवश्यक रहेको स्पष्टीकरण दिएका छन् ।

फ्रान्सका शीर्ष अभियोजक रेमी हेट्जले अपिल प्रक्रियामा ‘मजिस्ट्रेटहरूको स्वतन्त्रतामा असर पर्ने’ जोखिम रहेको चेतावनी दिएका थिए । यद्यपि सार्कोजीले गत महिनाको अन्त्यतिर न्याय मन्त्री जेराल्ड डार्मानिनको भेट पनि प्राप्त गरेका  थिए । दोस्रो विश्वयुद्धपश्चात् जेल परेका नाजी सहयोगी नेता फिलिप पेटाइनपछि जेलमा परेका पहिलो फ्रान्सेली राष्ट्रप्रमुख सार्कोजी छन् ।

गत हप्तामा उनको सामाजिक सञ्जाल खाताबाट पत्र, कार्ड र उपहारहरूको भिडियोहरू सार्वजनिक गरिएका थिए, जसमा समर्थकहरूले पठाएका पुस्तक, चकलेट र शुभकामना सन्देशहरू समावेश थिए । उनको खातामा लेखिएको थियो, 'कुनै पनि पत्र उत्तरविहीन रहनेछैन । कथा अझै समाप्त भएको छैन ।' जेल प्रवेशको दिन उनको निवासबाहिर ठूलो भिड जम्मा भई फ्रान्सको राष्ट्रिय गीत गाउँदै उनलाई ‘छिट्टै फर्कनुहोस्’ भनेर स्वागत गरेको थियो ।

सन् २०१२ मा पुनःनिर्वाचनमा पराजित भएपछि सार्कोजी निरन्तर कानूनी विवादहरूमा फँसिरहेका छन् । उनी पहिले नै दुई छुट्टाछुट्टै मुद्दामा दोषी ठहर भइसकेका छन् । एक मुद्दामा, न्यायाधीशबाट अनुग्रह लिन खोजेको अभियोगमा उनलाई भ्रष्टाचारको सजाय दिइएको थियो र इलेक्ट्रोनिक ट्याग सहित नजरबन्दमा राखिएको थियो । उक्त ट्याग मे महिनामा हटाइएको थियो । अर्को मुद्दामा, सन् २०१२ को अवैध चुनावी खर्चसम्बन्धी प्रकरणमा फ्रान्सको शीर्ष अदालतले यसै महिनाको अन्त्यमा फैसला सुनाउने तयारी गरेको छ । तथाकथित ‘लिबियन मुद्दा’ मा अभियोजन पक्षको दाबी अनुसार सार्कोजीका निकट सहयोगीहरूले सन् २००५ मा गद्दाफीसँग उनको राष्ट्रपति अभियानका लागि अवैध आर्थिक सहयोग गर्ने सम्झौता गरेका थिए ।

अनुसन्धानकर्ताहरूको विश्वास अनुसार यस सम्झौताबाट गद्दाफीले सन् १९८८ को स्कटल्याण्डको लकरबी र सन् १९८९ को नाइजरमा भएको विमान बम विस्फोटपछि कलङ्कित आफ्नो अन्तर्राष्ट्रिय छवि सुधार्ने प्रयास गरेका थिए।
अदालतले सार्कोजीलाई यस षड्यन्त्रमा संलग्न आपराधिक गतिविधि गरेको अभियोगमा दोषी ठहर गरे पनि उनले प्रत्यक्ष रूपमा अवैध रकम प्राप्त गर्नुभयो वा प्रयोग गर्नुभयो भन्ने प्रमाण भने पत्ता लाग्न सकेको छैन ।


प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०८२  १३:१२
प्रतिक्रिया दिनुहोस्
थप विश्व
किसानको आक्रोश संसद्सम्म
किसानको आक्रोश संसद्सम्म मंगलबार, पुस २९, २०८२
सन् २०२६ मा खाद्य असुरक्षाको संकट बढ्ने विश्व खाद्यकाे चेतावनी
सन् २०२६ मा खाद्य असुरक्षाको संकट बढ्ने विश्व खाद्यकाे चेतावनी मंगलबार, पुस २९, २०८२
युक्रेनको खार्किवमा रूसी आक्रमण, चार जनाको मृत्यु : गभर्नर
युक्रेनको खार्किवमा रूसी आक्रमण, चार जनाको मृत्यु : गभर्नर मंगलबार, पुस २९, २०८२
ग्रिनल्यान्डबारे अमेरिकी आक्रमणको जोखिम जर्मनीले न्यून ठान्यो
ग्रिनल्यान्डबारे अमेरिकी आक्रमणको जोखिम जर्मनीले न्यून ठान्यो मंगलबार, पुस २९, २०८२
चक्रवातको प्रभाव पछि आइएमएफका लक्ष्यहरू संशोधन गर्नुपर्छ : केन्द्रीय बैंक
चक्रवातको प्रभाव पछि आइएमएफका लक्ष्यहरू संशोधन गर्नुपर्छ : केन्द्रीय बैंक मंगलबार, पुस २९, २०८२
जापान-दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल
जापान-दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल मंगलबार, पुस २९, २०८२
अमेरिकासँग कुनै वार्ता नहुने ट्रम्पको चेतावनीपछि क्युवाली राष्ट्रपतिको भनाइ
अमेरिकासँग कुनै वार्ता नहुने ट्रम्पको चेतावनीपछि क्युवाली राष्ट्रपतिको भनाइ मंगलबार, पुस २९, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सभापति लामिछाने र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता
सभापति लामिछाने र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP