Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विश्व
  • Home
  • विश्व
  • फ्रान्सका पूर्वराष्ट्रपति सार्कोजीको रिहाइबारे आज अदालतको निर्णय अपेक्षित
फ्रान्सका पूर्वराष्ट्रपति सार्कोजीको रिहाइबारे आज अदालतको निर्णय अपेक्षित
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, कात्तिक २४, २०८२

एएफपी– फ्रान्सको एक अदालतले सोमबार पूर्वराष्ट्रपति निकोलस सार्कोजीलाई जेलमुक्त गर्ने कि नगर्ने भन्ने विषयमा निर्णय सुनाउने अपेक्षा गरिएको छ ।

गत सेप्टेम्बरमा तल्लो अदालतले सन् २००७ देखि २०१२ सम्म फ्रान्सका राष्ट्रप्रमुख रहनुभएका दक्षिणपन्थी नेता सार्कोजीलाई लिबियाका तत्कालीन नेता मोआमर गद्दाफीबाट चुनावी अभियानका लागि अवैध आर्थिक सहयोग खोजेको अभियोगमा दोषी ठहर गर्दै पाँच वर्षको जेल सजाय सुनाएको थियो ।

७० वर्षीय सार्कोजी गत अक्टोबर २१ मा जेल प्रवेश गरेका हुन्  । योसँगै उनले युरोपेली सङ्घ (इयु) का सदस्य राष्ट्रहरूमा जेल परेका पहिलो पूर्व राष्ट्रप्रमुख बनेका  छन् । उनका वकिलहरूले तुरुन्तै रिहाइको माग गर्दै अपिल दायर गरेका थिए ।

पेरिस अपिल अदालतले आज बिहान ८ः३० जिएमटीबाट उक्त अपिलको सुनुवाइ सुरु गर्नेछ । सार्कोजी भिडियो कलमार्फत उपस्थित हुनुहुनेछ र दिनभित्रै अदालतले फैसला गर्ने अपेक्षा गरिएको छ । यदि अदालतले उहाँको अपिल स्वीकार गर्‍यो भने तत्कालै उनलाई जेलबाट रिहा गरिनेछ ।

Hardik health

सेप्टेम्बर २५ मा तल्लो अदालतले ‘असाधारण गम्भीरता’ का आधारमा सजाय तत्काल कार्यान्वयन गर्न आदेश दिएको थियो । आदेशअनुसार अपिल दायर गरे पनि जेल जानुपर्ने भनिएको थियो । तर अपिल विचाराधीन रहेकाले कानूनी रूपमा सार्कोजीलाई अहिले निर्दोष मानिएको छ, त्यसैले अदालतले पूर्व–परीक्षण हिरासतको आवश्यकताको पुनर्मूल्याङ्कन गर्दैछ ।

फ्रान्सेली कानूनअनुसार प्रमाण नष्ट हुने जोखिम, साक्षीहरूसँग छेडछाड, अभियुक्तको भाग्ने वा पुनः अपराध गर्ने सम्भावना अथवा उनको सुरक्षाका लागि अन्य उपाय सम्भव नभएमा मात्र जेलमा राख्न सकिन्छ । अन्यथा, उनलाई न्यायिक नियन्त्रणमा बाहिर जान अनुमति दिइनेछ र सम्भवतः इलेक्ट्रोनिक एङ्किल ट्याग सहित नजरबन्दमा राखिनेछ ।

गायिका तथा मोडल कार्ला ब्रुनीसँग वैवाहिक सम्बन्ध रहेका पूर्वराष्ट्रपतिले दुई हप्ताभन्दा बढी एकान्तवासमा बिताइरहेका छन् । उनको सुरक्षाका लागि दुई अङ्गरक्षक नजिकैको कोठामा तैनाथ गरिएको बताइएको छ । कारागारका कर्मचारीहरूले यस कदमलाई पेशागत अपमान भनेका छन्, तर गृहमन्त्री लरेन्ट नुनेजले ‘सार्कोजीको स्थिति र उनविरुद्धका सम्भावित धम्कीहरू’ का कारण यो आवश्यक रहेको स्पष्टीकरण दिएका छन् ।

फ्रान्सका शीर्ष अभियोजक रेमी हेट्जले अपिल प्रक्रियामा ‘मजिस्ट्रेटहरूको स्वतन्त्रतामा असर पर्ने’ जोखिम रहेको चेतावनी दिएका थिए । यद्यपि सार्कोजीले गत महिनाको अन्त्यतिर न्याय मन्त्री जेराल्ड डार्मानिनको भेट पनि प्राप्त गरेका  थिए । दोस्रो विश्वयुद्धपश्चात् जेल परेका नाजी सहयोगी नेता फिलिप पेटाइनपछि जेलमा परेका पहिलो फ्रान्सेली राष्ट्रप्रमुख सार्कोजी छन् ।

गत हप्तामा उनको सामाजिक सञ्जाल खाताबाट पत्र, कार्ड र उपहारहरूको भिडियोहरू सार्वजनिक गरिएका थिए, जसमा समर्थकहरूले पठाएका पुस्तक, चकलेट र शुभकामना सन्देशहरू समावेश थिए । उनको खातामा लेखिएको थियो, 'कुनै पनि पत्र उत्तरविहीन रहनेछैन । कथा अझै समाप्त भएको छैन ।' जेल प्रवेशको दिन उनको निवासबाहिर ठूलो भिड जम्मा भई फ्रान्सको राष्ट्रिय गीत गाउँदै उनलाई ‘छिट्टै फर्कनुहोस्’ भनेर स्वागत गरेको थियो ।

सन् २०१२ मा पुनःनिर्वाचनमा पराजित भएपछि सार्कोजी निरन्तर कानूनी विवादहरूमा फँसिरहेका छन् । उनी पहिले नै दुई छुट्टाछुट्टै मुद्दामा दोषी ठहर भइसकेका छन् । एक मुद्दामा, न्यायाधीशबाट अनुग्रह लिन खोजेको अभियोगमा उनलाई भ्रष्टाचारको सजाय दिइएको थियो र इलेक्ट्रोनिक ट्याग सहित नजरबन्दमा राखिएको थियो । उक्त ट्याग मे महिनामा हटाइएको थियो । अर्को मुद्दामा, सन् २०१२ को अवैध चुनावी खर्चसम्बन्धी प्रकरणमा फ्रान्सको शीर्ष अदालतले यसै महिनाको अन्त्यमा फैसला सुनाउने तयारी गरेको छ । तथाकथित ‘लिबियन मुद्दा’ मा अभियोजन पक्षको दाबी अनुसार सार्कोजीका निकट सहयोगीहरूले सन् २००५ मा गद्दाफीसँग उनको राष्ट्रपति अभियानका लागि अवैध आर्थिक सहयोग गर्ने सम्झौता गरेका थिए ।

अनुसन्धानकर्ताहरूको विश्वास अनुसार यस सम्झौताबाट गद्दाफीले सन् १९८८ को स्कटल्याण्डको लकरबी र सन् १९८९ को नाइजरमा भएको विमान बम विस्फोटपछि कलङ्कित आफ्नो अन्तर्राष्ट्रिय छवि सुधार्ने प्रयास गरेका थिए।
अदालतले सार्कोजीलाई यस षड्यन्त्रमा संलग्न आपराधिक गतिविधि गरेको अभियोगमा दोषी ठहर गरे पनि उनले प्रत्यक्ष रूपमा अवैध रकम प्राप्त गर्नुभयो वा प्रयोग गर्नुभयो भन्ने प्रमाण भने पत्ता लाग्न सकेको छैन ।


प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०८२  १३:१२
प्रतिक्रिया दिनुहोस्
थप विश्व
दक्षिण कोरियाको “फ्लाइ ओभर” मा दुर्घटनाहुँदा तीन जनाको मृत्यु, तीन घाइते
दक्षिण कोरियाको “फ्लाइ ओभर” मा दुर्घटनाहुँदा तीन जनाको मृत्यु, तीन घाइते मंगलबार, जेठ १२, २०८३
सगरमाथाको शिखरमा गाजाको सपना
सगरमाथाको शिखरमा गाजाको सपना मंगलबार, जेठ १२, २०८३
खनिज आपूर्ति सुरक्षित गर्न भारत-अमेरिकाबीच ऐतिहासिक सम्झौता
खनिज आपूर्ति सुरक्षित गर्न भारत-अमेरिकाबीच ऐतिहासिक सम्झौता मंगलबार, जेठ १२, २०८३
श्रीलंकामा मुद्रास्फीति नियन्त्रण गर्न ब्याज दर समायोजन
श्रीलंकामा मुद्रास्फीति नियन्त्रण गर्न ब्याज दर समायोजन मंगलबार, जेठ १२, २०८३
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो मंगलबार, जेठ १२, २०८३
लेबनानमा इजरायली आक्रमण १२ जनाको मृत्यु, ३ घाइते
लेबनानमा इजरायली आक्रमण १२ जनाको मृत्यु, ३ घाइते मंगलबार, जेठ १२, २०८३
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित सोमबार, जेठ ११, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP