सिन्ह्वा– दक्षिण कोरियाको राजधानी सियोलबाट करिब १८० किलोमिटर दक्षिणपश्चिम गुसान नजिकैको इओचोङ टापुमा चिनियाँ माछा मार्ने डुङ्गा पानीमा डुबेर दुर्घटनाग्रस्त भएको छ ।
दुर्घटना परेका दुई जनालाई उद्धार गरिएको तथा अन्य नौ जना बेपत्ता भएको योन्हाप समाचार एजेन्सीले सोमबार जनाएको छ । डुङ्गा स्थानीय समय अनुसार बिहान लगभग ८ः५३ दुर्घटनाग्रस्त भएको एजेन्सिले जनाएको छ । दुर्भाग्यपूर्ण जहाजमा सवार ११ जना मध्ये चालक दलका दुई जना सदस्यलाई नजिकैको पानीमा यात्रा गरिरहेको मालवाहक जहाजले उद्धार गरेको र बाँकी नौ जना अझै बेपत्ता भएको जनाइएको छ ।
दक्षिण कोरियाली तटरक्षकले केपत्ताहरुको खोज र उद्धार कार्यका लागि चार वटा गस्ती जहाज र एउटा हेलिकप्टर घटनास्थलमा तैनाथ गरेको जनाएको छ ।