Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मिम्लेन फुङ
  • #नाफिज
  • #वार्षिक साधारणसभा
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #मालढुंगा-बेनी_सडक
  • #एनपिएल
  • #जुडो
  • #सकुन_सुनुवार
  • #मानव अधिकार दिवस
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • प्राविधिक शिक्षालयलाई विद्यार्थी पाउन हम्मेहम्मे
प्राविधिक शिक्षालयलाई विद्यार्थी पाउन हम्मेहम्मे
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, कात्तिक २४, २०८२

तम्घास-  गुल्मीमा स्थापना भएको प्राविधिक शिक्षामा विद्यार्थी पाउनै मुस्किल परेको छ । जिल्लाको इस्मा गाउँपालिका–५ मा स्थापना भएको जीवराज आश्रित बहुप्राविधिक शिक्षालयमा विद्यार्थीको अभाव देखिएको छ । गाउँमै प्राविधिक जनशक्ति तयार गर्ने उद्देश्यले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गत रहेर २०७६ सालमा इस्मामा बहुप्राविधिक शिक्षालयको स्थापना गरिएको थियो । 

शिक्षालयमा तीन वर्षको लागि छ सेमेस्टरमा डिप्लोमा इन जियोमेटिक्स इञ्जीनियरिङ विषयको अध्ययन हुने गर्दछ । उक्त कोर्ष अध्ययनपश्चात अमिनतर्फ सर्वेक्षक पदका लागि योग्य जनशक्ति तयार हुनेछ । तर न्यून विद्यार्थी सङ्ख्याकाबीच पनि शिक्षालय सञ्चालन भइरहेको छ । शिक्षालयमा प्रत्येक सेमेस्टरका लागि ४८ जनाको कोटा निर्धारण गरिएको छ । तर हालको विद्यार्थी सङ्ख्या हेर्दा आधाभन्दा पनि कम विद्यार्थी छन् । 

विसं २०७६ मा स्थापना भए पनि ०७७ को शैक्षिक सत्रबाट शिक्षालयमा भर्ना खुलेको थियो । शिक्षालय प्रमुख प्रदीपराज पाण्डेका अनुसार भर्ना खुलेको वर्ष २०७७ मा १८, ७८ मा १३, २०७९ सालमा १५ जना विद्यार्थी भर्ना भए । २०८० मा भने दुईजना मात्रै भर्ना हुन आएपछि शिक्षालयले उक्त सेमेस्टरको पठनपाठन नै बन्द ग¥र्यो । 

Hardik health

यसपछि विसं २०८१ मा १२ एवं २०८२ को हालसम्म सातजना विद्यार्थी भर्ना भएका छन् । चालु शैक्षिक सत्रको भर्ना कार्यक्रम भने चलिरहेको छ । शिक्षालयमा हालसम्म छ वर्षको अवधिमा दुई सय ८८ विद्यार्थी भर्ना गर्ने कोटा निर्धारण भए पनि हाल ६५ जना अर्थात कुल क्षमताको २३ प्रतिशत विद्यार्थी मात्रै भर्ना भएका छन् । शिक्षालयमा भर्ना भएपछि २०७७, ७८, ७९ र ८१ को शैक्षिक सत्रमा भर्ना भएकामध्ये पनि १८ जनाले बीचमै अध्ययन छोडेका छन् । 

इस्मामा बहुप्राविधिक शिक्षालय सञ्चालन गर्नको लागि सिटिइभिटीले एकजना अधिकृतस्तरको प्रशिक्षक, दुई जना सहायक प्रशिक्षक, प्रशासन, लेखा, स्टोर र कार्यालय सहयोगी गरी सातजना कर्मचारीको व्यवस्था गरेको छ । गुल्मीका साथसाथै हुम्ला, जुम्ला, मुगु, बाजुरा, जाजरकोट, रुकुम पश्चिम लगायतका ठाउँबाट विद्यार्थी अध्ययनका लागि गुल्मीको शिक्षालय आएका छन् । शिक्षालय प्रमुख प्रदीपराज पौडेलले बिना पूर्वाधार सरकारले भर्ना खोल्दा विद्यार्थी सङ्ख्या कम भएको बताए ।  उनले शिक्षालय स्थापना भएको छ वर्षसम्म पनि सामान्य पूर्वाधारसमेत नबन्नु दुखद् भएको बताए । 

‘भर्ना हुन आएका कतिपय विद्यार्थी भौगोलिक विकटताका कारण अन्यत्रै जाने गरेका छन् ।’ उनले भने,“शिक्षालयमा पढ्ने मात्रै होइन, विद्यार्थीलाई बस्नसमेत समस्या छ ।” अहिले पनि अधिकाशं विद्यार्थी कच्ची घरमा महँगो भाडा तिरेर बस्न बाध्य भएको बताए । इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले विद्यार्थी सङ्ख्या वृद्धि गर्नको लागि जुनसुकै ठाउँबाट आएका विद्यार्थीलाई पनि निःशुल्क अध्ययनको व्यवस्था गरेको बताएट। 

पालिकाको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा समावेश गरी प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई पूर्ण छात्रवृत्तिको व्यवस्था गरेको उहाँको भनाइ छ । साथै अहिले सङ्घीय सरकारबाट पूर्वाधार निर्माणको लागि रु तीन करोड बजेट विनियोजन भएको पनि उनले बताए ।

 


प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०८२  १०:५०
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
शैक्षिक उन्नयनका निम्ती गुल्मीमा महायज्ञ
शैक्षिक उन्नयनका निम्ती गुल्मीमा महायज्ञ शुक्रबार, मंसिर २६, २०८२
हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई
हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई शुक्रबार, मंसिर २६, २०८२
मनमोहनमा बिएससी नर्सिङको पढाइ सुरु हुने
मनमोहनमा बिएससी नर्सिङको पढाइ सुरु हुने बिहीबार, मंसिर २५, २०८२
विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की
विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की बुधबार, मंसिर २४, २०८२
काठमाडौँ विश्वविद्यालयको ३१औँ दीक्षान्त समारोह आज हुँदै
काठमाडौँ विश्वविद्यालयको ३१औँ दीक्षान्त समारोह आज हुँदै बुधबार, मंसिर २४, २०८२
दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन
दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन शुक्रबार, मंसिर १९, २०८२
विद्यालयलाई अनुदान रोक्ने शिक्षामन्त्रीकाे चेतावनी
विद्यालयलाई अनुदान रोक्ने शिक्षामन्त्रीकाे चेतावनी बुधबार, मंसिर १७, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP