Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विश्व
  • Home
  • विश्व
  • सिरियाली राष्ट्रपति अहमद अल–सारा ऐतिहासिक भ्रमणका लागि अमेरिकामा
सिरियाली राष्ट्रपति अहमद अल–सारा ऐतिहासिक भ्रमणका लागि अमेरिकामा
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, कात्तिक २३, २०८२

एएफपी - सिरियाका राष्ट्रपति अहमद अल–सारा शनिबार संयुक्त राज्य अमेरिकाको ऐतिहासिक आधिकारिक भ्रमणका लागि वासिङ्टन पुग्नुभएको छ । सिरियाको सरकारी समाचार एजेन्सीका अनुसार यो भ्रमण अमेरिकी सरकारले राष्ट्रपतिलाई ‘आतङ्कवाद कालोसूची’ बाट हटाएको एक दिनपछि सम्पन्न भएको हो ।

गत वर्षको अन्त्यमा लामो समयका शासक बशर अल–असदलाई अपदस्थ गर्दै सत्तामा आएका राष्ट्रपति साराले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सँग ह्वाइट हाउसमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । यो दुई नेताबीचको दोस्रो भेट हो । उनीहरूले यसअघि गत मे महिनामा राष्ट्रपति ट्रम्पको क्षेत्रीय भ्रमणका क्रममा साउदी अरबको राजधानी रियादमा पहिलो पटक भेट गरेका थिए ।

सिरियाका लागि अमेरिकी विशेष दूत टम बाराकका अनुसार राष्ट्रपति साराले यस भ्रमणका क्रममा इस्लामिक स्टेट (आइएस) विरुद्धको अमेरिकी नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय गठबन्धनमा सिरियाको आधिकारिक सहभागिता सुनिश्चित गर्ने सम्झौतामा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ । यसैबीच, सिरियाका एक वरिष्ठ कूटनीतिक स्रोतले संयुक्त राज्य अमेरिका ‘मानवीय सहयोग समन्वय गर्न र सिरिया–इजरायल सीमामा सुरक्षा अवस्थाको अवलोकनका लागि’ दमास्कस नजिकै सैन्य आधार स्थापना गर्ने तयारीमा रहेको बताएका छन् ।

Hardik health

शुक्रबार अमेरिकी विदेश मन्त्रालयले राष्ट्रपति सारालाई आतङ्कवादी सूचीबाट हटाउने निर्णय गरेको थियो । उक्त निर्णय धेरै हदसम्म अपेक्षित मानिएको थियो । विदेश मन्त्रालयका प्रवक्ता टोमी पिगटले भने,'राष्ट्रपति साराको सरकारले बेपत्ता अमेरिकी नागरिकहरूको खोजी, बाँकी रहेका रासायनिक हतियारहरूको नाश र मानवतावादी समन्वयजस्ता अमेरिकी मागहरू पुरा गर्ने प्रतिबद्धता जनाइरहेको बताउनुभयो ।'

यसअघि बिहीबार वासिङ्टनले संयुक्त राष्ट्र सुरक्षा परिषद्मा सिरियामाथि लगाइएका प्रतिबन्ध हटाउनका लागि मतदानको नेतृत्व पनि गरेको थियो । राष्ट्रपति साराको राजनीतिक पृष्ठभूमि निकै विवादास्पद रहँदै आएको छ । उनले पहिले अल–कायदासँग सम्बद्ध समूह हयात ताहरिर अल–शाम (एचटिएस) का प्रमुख नेतामध्ये एक हुनुहुन्थ्यो । एचटिएसलाई वासिङ्टनले यसै वर्षको जुलाईमा आधिकारिक रूपमा आतङ्कवादी सङ्गठनको सूचीमा राखेको थियो ।

तर सत्तामा आएपछि राष्ट्रपति साराले आफ्नो देशको नयाँ नेतृत्वलाई हिंसात्मक अतीतबाट टाढा राख्ने र सिरियाली जनताका साथै अन्तर्राष्ट्रिय समुदायसमक्ष सहिष्णु र व्यावहारिक छविको रूपमा प्रस्तुत गर्ने प्रयास गरिरहेका छन्  ।

सिरियाको नयाँ नेतृत्वले पछिल्ला महिनाहरूमा राजनीतिक मेलमिलाप, धार्मिक सहअस्तित्व र पुनर्निर्माणका एजेन्डा अघि सारेको छ । अमेरिकाको यो भ्रमण त्यसै प्रयासको निरन्तरता भएको बताइन्छ, जसले सिरिया–अमेरिका सम्बन्धमा नयाँ अध्याय सुरु गर्न सक्ने आशा गरिएको छ ।


प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०८२  १२:३८
प्रतिक्रिया दिनुहोस्
थप विश्व
दक्षिण कोरियाको “फ्लाइ ओभर” मा दुर्घटनाहुँदा तीन जनाको मृत्यु, तीन घाइते
दक्षिण कोरियाको “फ्लाइ ओभर” मा दुर्घटनाहुँदा तीन जनाको मृत्यु, तीन घाइते मंगलबार, जेठ १२, २०८३
सगरमाथाको शिखरमा गाजाको सपना
सगरमाथाको शिखरमा गाजाको सपना मंगलबार, जेठ १२, २०८३
खनिज आपूर्ति सुरक्षित गर्न भारत-अमेरिकाबीच ऐतिहासिक सम्झौता
खनिज आपूर्ति सुरक्षित गर्न भारत-अमेरिकाबीच ऐतिहासिक सम्झौता मंगलबार, जेठ १२, २०८३
श्रीलंकामा मुद्रास्फीति नियन्त्रण गर्न ब्याज दर समायोजन
श्रीलंकामा मुद्रास्फीति नियन्त्रण गर्न ब्याज दर समायोजन मंगलबार, जेठ १२, २०८३
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो मंगलबार, जेठ १२, २०८३
लेबनानमा इजरायली आक्रमण १२ जनाको मृत्यु, ३ घाइते
लेबनानमा इजरायली आक्रमण १२ जनाको मृत्यु, ३ घाइते मंगलबार, जेठ १२, २०८३
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित सोमबार, जेठ ११, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP