Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मिम्लेन फुङ
  • #नाफिज
  • #वार्षिक साधारणसभा
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #मालढुंगा-बेनी_सडक
  • #एनपिएल
  • #जुडो
  • #सकुन_सुनुवार
  • #मानव अधिकार दिवस
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, कात्तिक २१, २०८२

जेन–जी विद्रोहको क्रममा भदौ २३ गते निवर्तमान सरकारले दमन गर्‍यो । उक्त दमनका क्रममा ४५ जना सहिद बने । भदौ २४ को घटनासहित जोड्दा ७६ जनाको ज्यान गयो । भदौ २३ गते युवाहरु भ्रष्टाचारको विरोधमा उत्रिएका थिए । उनीहरुमाथि सरकारले चर्को दमन गर्दा नयाँ बानेश्वरको संसद भवन अगाडि १९ जना युवाको ज्यान गयो ।

यसरी चर्को दमन र नरसंहार मच्चाउने बेला सरकारको नेतृत्व गरिरहेका थिए एमाले अध्यक्ष केपी शर्मा ओली । ओलीले आफूले गोली चलाउन आदेश नदिएको भन्दै पन्छिएका छन् । शान्ति सुरक्षाको जिम्मेवारी लिने गृहमन्त्रालयको नेतृत्वमा थिए कांग्रेस नेता  मेश लेखक । लेखक पनि ओलीकै शैलीमा यो जिम्मेवारी लिन तयार देखिएनन् । यी दुई जना र काठमाडौं जिल्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई पक्राउ गर्नुपर्ने जेन–जी विद्रोहको जनादेश छ ।

यही घटना अध्ययन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा उच्चस्तरीय छानबिन आयोग बन्यो । यो आयोगलाई विभिन्न तवरले असहयोग भइरहेको बेला प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले पनि अटेरीपन देखाएका छन् । आयोगले खापुङसँग भदौ २३ गते संसद भवन र त्यस क्षेत्रमा खटिएका प्रहरीको सूची मागेको थियो । शुरुमा खापुङले उक्त पत्रको कुनै प्रतिक्रिया नै दिन चाहेनन् । आयोगले बारम्बर ताकेता गरेपछि बल्ल खापुङले पत्र पठायो । उक्त पत्रको जवाफ गैरजिम्मेवारपूर्ण देखियो ।

Hardik health

पत्रमा भनिएको थियो – उक्त दिन सबै आइजिपीदेखि जवानसम्म सबै फिल्डमा खटिएका थिए । पत्रको सार थियो, उक्त दिन सबै फिल्डमा खटिएकाले गोली चलाउने आफै पत्ता लगाउनु । जनआक्रोश र विद्रोहको क्रममा राज्यले गरेको दमन सह्य हुन्न । यस्तो घटनाको निष्पक्ष छानबिन हुने गर्छ । यसैका लागि उच्चस्तरीय आयोग गठन भएको हो । तर सुरक्षा निकाय जसले जनताको शान्ति सुरक्षाको जिम्मेवारी लिएको छ, उसैले गैरजिम्मेवारीपन देखाउनु दुःखद विषय हो ।

खापुङ ओली सरकारको पालामा आइजिपी बनेका हुन् । यसो भन्दैमा खापुङले ओलीकै आदेश मान्नुपर्ने हैन । विधिअनुसार जवाफ पठाउने हो । उक्त दिन बानेश्वर क्षेत्रमा खटिएका प्रहरीको विवरण पठाएर जनताप्रति जवाफदेही बन्ने हो । किनकि परिवर्तन संस्थागत गर्न उनीहरुले जीवन गुमाएका छन् । के कति कारणले प्रहरीले गोली चलाए, त्यो खुल्नुपर्छ । नेतृत्व जोगाउने नाममा प्रहरी प्रमुखले छलछाम गर्नुहुन्न । 
 


प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०८२  ११:२७
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
अनलाइन स्क्यामिङबारे सचेतना फैलाऔं
अनलाइन स्क्यामिङबारे सचेतना फैलाऔं शुक्रबार, मंसिर २६, २०८२
अस्वीकृत नेतृत्वको पछि लाग्दै कांग्रेस
अस्वीकृत नेतृत्वको पछि लाग्दै कांग्रेस सोमबार, मंसिर २२, २०८२
विदेशमा घरेलु कामदारमाथि हुने हिंसा न्यूनीकरण गर्न कदम चाल
विदेशमा घरेलु कामदारमाथि हुने हिंसा न्यूनीकरण गर्न कदम चाल शुक्रबार, मंसिर १९, २०८२
पुराना दललाई वैकल्पिक दलको चुनौती
पुराना दललाई वैकल्पिक दलको चुनौती बिहीबार, मंसिर १८, २०८२
महिला हिंसाविरुद्ध बोलौं, न्यूनीकरणमा जोड दिऊ
महिला हिंसाविरुद्ध बोलौं, न्यूनीकरणमा जोड दिऊ मंगलबार, मंसिर १६, २०८२
निर्वाचनको वातावरण बनाऊ
निर्वाचनको वातावरण बनाऊ सोमबार, मंसिर १५, २०८२
रिटायरहरुको क्लब बन्दै दल 
रिटायरहरुको क्लब बन्दै दल  आइतबार, मंसिर १४, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP