काठमाडाैं - उच्च अदालत तुल्सीपुरको बुटवल इजलासमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दामा सुनुवाइका लागि पेसी तोकिएको छ ।लामिछानेले ९ भदौमा दिएको निवेदनको सुनुवाइका लागि आज न्यायाधीशद्वय बासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासमा मुद्दाको पेसी तोकिएको हो ।
बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको बचत रकम ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले आफ्नो भागको बिगो बापतको रकम बुझाएर थुनामुक्त हुन पाउनुपर्ने मागसहित अदालतमा निवेदन दिएका थिए ।
रविसँगै गोर्खा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीको मुद्दाको पनि सुनुवाइ हुने भएको छ । रविले यसअघि जिल्ला अदालत रुपन्देहीमा उक्त मागसहित निवेदन दिएका थिए । उक्त निवेदन अदालतले खारेज गरिदिएको थियो ।