ढाका- बंगलादेशमा डेंगुका कारण हुने मृत्यु दरमा वृद्धि देखिएको छ। यहाँ एकै दिनमा १० जनाको मृत्यु भएसँगै यो बर्ष डेंगुका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या ३०२ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ ।
तथ्याङ्कले स्थानीय समयअनुसार बुधबार बिहान ८ बजेसम्म पछिल्लो २४ घण्टामा थप एक हजार ६९ नयाँ सङ्क्रमणहरू भएको देखाएको छ भने यस वर्ष अहिलेसम्म लामखुट्टेबाट सर्ने यस रोग सङ्क्रमितको कुल सङ्ख्या ७४ हजार ९९२ पुगेको छ।
डेंगुको थप फैलावटलाई रोक्नका लागि बंगलादेशका स्वास्थ्य अधिकारीहरूले लामखुट्टेको प्रजनन रोक्न र लार्भा नष्ट गर्ने कडा उपायहरू उपनाएको छ । डेंगु ज्वरो, बंगलादेशमा मनसुन देखिने सामान्य रोग हो जुन जुनदेखि सेप्टेम्बरसम्म विशेष रूपमा फैलिने गर्छ।