एजेन्सी - अमेरिकी राज्य केन्टकीको लुइसभिलमा कार्गो विमान दुर्घटना भएकाे छ । बुधबार अमेरिकी राज्य केन्टकीको लुइसभिलमा कार्गो विमान दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने कम्तीमा ११ जना घाइते भएका हुन्।
संघीय उड्डयन प्राधिकरण (एफएए) का अनुसार, यूपीएस उडान २९७६ मुहम्मद अली अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाईको होनोलुलुस्थित डेनियल इनोये अन्तर्राष्ट्रिय विमानस्थल जाँदै थियो।
एफएएले दुर्घटना साँझ ५:१५ बजे (स्थानीय समय) भएको बताएको छ। सामाजिक सञ्जालमा सार्वजनिक भिडिओमा आगोको ज्वाला देखिएको छ। बीबीसीका अनुसार विमानमा लगभग ३८,००० ग्यालन इन्धन (लगभग १.५ लाख लिटर तेल) थियो, जुन विस्फोटपछि आगलागी भयो।
प्रहरीले विमानस्थलको ८ किलोमिटर वरपरका बासिन्दालाई घरभित्रै बस्न आदेश दिएको छ। विमानस्थल पनि अस्थायी रूपमा बन्द गरिएको छ।