सिन्ह्वा– चिनियाँ राष्ट्रपति सी जिनपिङले मंगलबार बेइजिङमा रूसी प्रधान मन्त्री मिखाइल मिशुस्टिनसँग भेटवार्ता गरेका छन् । बहु पक्षिय सहयोग र विकास रणनीतिको समन्वयका लागि  भेटवार्ता आह्वान गरेका छन् ।
राष्ट्रपति सीले यस वर्षको सुरुदेखि नै चीन र रूसले उच्च–स्तर र उच्च–गुणस्तरको विकास लक्ष्यहरूको साथ शान्तिको लागि बाह्य वातावरणलाई दृढतापूर्वक आत्मसाथ गरेको बताए ।  उनले अब्बल द्विपक्षीय सम्बन्ध सुदृढ पादै अगाडि बढाउनु दुवै पक्षको लागि रणनीतिक योजना भएको बताउनु भएको छ ।  
यस वर्ष रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटका क्रममा द्विपक्षीय सम्बन्धका लागि नयाँ खाका तयार भएको उल्लेख गर्दै सीले दुई देशले घनिष्ठ समन्वय कायम गरी समझदारीलाई कार्यान्वयन गर्न र दुई देश र जनताको हितलाई ध्यानमा राख्दै सहयोग  विस्तार गर्ने काम गर्नुपर्ने बताएका छन् ।