गुल्मी - बैकुण्ठ चतुर्दशी अर्थात् मालिका पूर्णिमाको अवसरमा गुल्मीको मुसिकोट नगरपालिकाले आज सार्वजनिक बिदा दिएकाे छ । मालिका पूर्णिमा धार्मिक र सांस्कृतिक दृष्टिले विशेष महत्वको साथ यहाँ मनाइने  भएकाले नगरपालिकाले आज सार्वजनिक बिदा दिने निर्णय गरेको हाे  ।
नगरपालिकाको वडानम्बर-५ को कुर्घामा मालिका देवीको दर्शन गरी चिच्चाएर वर माग्ने मेला धेरै पहिलेदेखि चलि आएको छ ।मेलाको अवसरमा नगरपालिकाले आज मातहत रहेका सबै वडा कार्यालय, शिक्षण संस्था, स्वास्थ्य संस्था तथा अन्य सार्वजनिक निकायहरू बिदा दिने निर्णय गरेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश घिमिरेले बताएका  छन्  ।
यस दिन मालिका देवीको मन्दिरमा पूजाअर्चना, व्रत तथा वली, दीपदान गर्ने परम्परा रहिआएको छ । मालिकाको दर्शन गर्न गुल्मी तथा छिमेकी जिल्ला बाग्लुङ्ग र अर्घाखाँची लगायतका विभिन्न स्थानहरुबाट आज बिहानैदेखि शदालु भक्तजनहरु कुर्घा पुग्ने गरेका छन् ।मेलाको अवसरमा आज रातभर जागाराम बसेर भोलि बिहान उज्याले नहुँदै पूजा गर्ने प्रचल रहि आएको छ ।