Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #मलेसियान_सिण्डिकेट
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
समाचार
  • Home
  • समाचार
  • दलित बालबालिकाको विद्यालय सहभागिता बढाउन ‘घरदैलो’ अभियान
दलित बालबालिकाको विद्यालय सहभागिता बढाउन ‘घरदैलो’ अभियान
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, कात्तिक १७, २०८२

सिरहा – यहाँका सामुदायिक विद्यालयमा अध्ययन गर्ने अधिकांश विद्यार्थी दलित र विपन्न समुदायका भए पनि उनीहरूको विद्यायलमा नियमित उपस्थिति नदखिएपछि लहान–११ स्थित पिडरबोनी माध्यमिक विद्यालयले शैक्षिक जागरणको ‘घरदैलो’ अभियान सुरु गरेको छ ।  

प्रधानाध्यापक र शिक्षकहरूको टोली अहिले दलित बस्तीमा पुगेर अभिभावकहरूलाई आफ्ना बालबालिकालाई नियमित विद्यालय पठाउन प्रेरित गरिरहेको छ । प्रधानाध्यापक वीरेन्द्रकुमार यादवले विद्यालयको जिम्मेवारी सम्हालेको तीन महिनाको अवधिमा अधिकांश  दलित समुदायका विद्यार्थीहरू बढी अनुपस्थित रहने गरेको पाइएपछि त्यसलाई सुधार गर्न यो अभियान थालिएको बताए  । उनले भने,‘प्रधानाध्यापक भएर आएको तीन महिनाको समयमा विद्यार्थी सङ्ख्या हेर्दा अधिकांश दलित समुदायका विद्यार्थीहरू रहेका पाइयो । चाहे अनुसारको शैक्षिक सुधार गर्न कठिनाइ भएपछि दलित बस्तीमा पुगेर त्यहाँका बालबालिकालाई नियमित विद्यालय पठाउन उत्पे्ररित गरिरहेका छौँ ।’

अभियानका क्रममा दलित बस्तीमा सामाजिक चेतनाको अभावका कारण बालबालिकाहरू विद्यालय पठाउन उत्सुक अभिभावक नपाइएको प्रधानाध्यापक यादवको भनाइ छ । समाजमा पछि परेका समुदायहरूलाई मुक्ति दिलाउने एक मात्र हतियार शिक्षा भएको भन्दै उनले सम्पूण सरोकारवालाहरूलाई चेतना अभिवृद्धि गर्नतर्फ अग्रसर भइदिन आग्रह गरे । 

Hardik health

दैलोमा आएर नियमित विद्यालयमा विद्यार्थी पठाउन विद्यालयका प्रअ शिक्षकहरूले आएर दिएको जनचेतनाले अब नियमित विद्यालय पठाउने स्थानीय अभिभावक रामउद्गार मरिकले प्रतिबद्धता व्यक्त गर्दै भने,‘निम्न वर्गका समुदायलाई हेर्ने दृष्टिकोण परिवर्तन भएको महसुस पनि भयो ।’  

दलित अगुवा तथा लेखक राजेश राम विद्रोहीका अनुसार मधेस प्रदेशका डुम र मुसहर समुदायका बालबालिकाहरू अझै पनि विद्यालयभन्दा टाढा रहेका छन् ।  दलित विद्यार्थीलाई विद्यालयमा नियमित गराउने सम्बन्धमा पिडरबोनी माविको प्रयासको प्रशंसा गर्दै उहाँले मधेस प्रदेशका डुम र मुसहर समुदायका बालबालिकाहरू अहिले पनि बाल श्रमिक र बालविवाहको जोखिममा रहेकाले यस्तै किसिमको जनचेतना सबै सामुदायिक विद्यालयले दलित बस्तीहरूमा फैलाउनुपर्नेमा जोड दिए ।

दलित विद्यार्थीलाई विद्यालयमा नियमित गराउन नगरले पनि चासो दिएको छ । त्यसका लागि नगरले यस वर्षदेखि दलित बालबालिकालाई निःशुल्क कपी–पेन्सिल वितरण र दलित बस्तीमा ४१ वटा ट्युसन कक्षा सञ्चालनको व्यवस्था गरेको लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीले जानकारी दिए ।‘पिडरबोनी विद्यालयले सुरु गरेको अभियानलाई हामी नगरका सबै ५( सामुदायिक विद्यालयमा विस्तार गर्दैछौँ,’ चौधरीले बताए ।


प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०८२  १७:२७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डेडिकेटेड र ट्रंकलाइन विवाद: एक किस्तालाई विवादित रकम मान्नुपर्ने प्रस्ताव
डेडिकेटेड र ट्रंकलाइन विवाद: एक किस्तालाई विवादित रकम मान्नुपर्ने प्रस्ताव सोमबार, कात्तिक १७, २०८२
बागमती प्रदेशसभाको बैठक अनिश्चित
बागमती प्रदेशसभाको बैठक अनिश्चित सोमबार, कात्तिक १७, २०८२
प्रधानमन्त्री कार्कीको निर्देशन: सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्नुस्
प्रधानमन्त्री कार्कीको निर्देशन: सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्नुस् सोमबार, कात्तिक १७, २०८२
थारू समुदायको इतिहास झल्काउने संग्रहालय
थारू समुदायको इतिहास झल्काउने संग्रहालय सोमबार, कात्तिक १७, २०८२
एआई ‘म्याचमेकिङ’ सेवाबाट एक वर्षमा ९४ विवाह
एआई ‘म्याचमेकिङ’ सेवाबाट एक वर्षमा ९४ विवाह सोमबार, कात्तिक १७, २०८२
पारिश्रमिक तथा सुविधा कटौती नगर्न निर्देशन
पारिश्रमिक तथा सुविधा कटौती नगर्न निर्देशन सोमबार, कात्तिक १७, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP