Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विश्व
  • Home
  • विश्व
  • इरान–रुस साझेदारीमा आठ नयाँ आणविक संयन्त्र निर्माण गरिने
इरान–रुस साझेदारीमा आठ नयाँ आणविक संयन्त्र निर्माण गरिने
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, कात्तिक १७, २०८२

एएनआई– इरानले रुसको सहयोगमा आठवटा नयाँ आणविक ऊर्जा संयन्त्र निर्माण गर्ने घोषणा गरेको छ । इरानको आणविक ऊर्जा संगठन (एइओआई) का प्रमुख मोहम्मद एस्लामीका अनुसार यो परियोजना इरानको स्वच्छ र दिगो ऊर्जा उत्पादन क्षमतालाई विस्तार गर्ने राष्ट्रिय प्रयासको एक महत्त्वपूर्ण हिस्सा हुने जनाएको छ  ।

इरान र रुसबीच बुसेहरमा चारवटा तथा देशको उत्तरी र दक्षिणी तटरेखामा अन्य चारवटा आणविक ऊर्जा संयन्त्र निर्माणका लागि नयाँ सम्झौता सम्पन्न भएको तस्निम समाचार संस्थाले जनाएको छ । यी संयन्त्रहरूले ‘स्थिर र स्वच्छ आणविक ऊर्जा’ को आपूर्ति सुनिश्चित गर्ने र इरानलाई करिब २० हजार मेगावाट आणविक विद्युत् उत्पादन गर्न सक्षम बनाउने लक्ष्य राखिएको एइओआई प्रमुखले स्पष्ट गरे ।

रुसी सञ्चार संस्था ‘तास’ले एईओआईको प्रेस सर्भिसलाई उद्धृत गर्दै इरानको उत्तरी गोलेस्तान प्रान्तमा एउटा नयाँ आणविक संयन्त्रको निर्माण सुरु भइसकेको जानकारी दिएको छ । साथै, सन् १९७९ को इस्लामिक क्रान्तिपूर्व आरम्भ गरिएको खुजेस्तान प्रान्तको आणविक परियोजना पनि अब पूरा गर्ने योजना रहेको उल्लेख गरिएको छ ।

Hardik health

यसैबीच, इरानका राष्ट्रपति मसुद पेजेस्कियानले आफ्नो देशको ‘शान्तिपूर्ण आणविक कार्यक्रम’ प्रति पुनः प्रतिबद्धता जनाउँदै ‘इरानले कुनै पनि परिस्थितिमा हतियार निर्माण गर्ने छैन’ भन्ने अठोट दोहोर्‍याएका छन्  । ‘बम निर्माण गर्नु यो क्षेत्रको एउटा सानो, असमान र अमानवीय अंश हो, जबकि बाँकी वैज्ञानिक प्रयास मानव जीवनका आवश्यकताहरू पूरा गर्न केन्द्रित छन्’, राष्ट्रपति पेजेस्कियानले इरानको आणविक ऊर्जा संगठनको भ्रमणका क्रममा भने । उनले पश्चिमी शक्तिहरूमाथि स्वतन्त्र राष्ट्रहरूलाई उन्नत प्रविधिबाट वञ्चित गरी निर्भर बनाउने प्रयास गरेको आरोप समेत लगाए ।

राष्ट्रपतिले भने,‘इरानी वैज्ञानिकहरूविरुद्ध भइरहेका हत्याका प्रयासहरू र शत्रुताहरू इरानको वैज्ञानिक तथा प्राविधिक स्वतन्त्रताप्रति केही शक्तिहरूको भयको परिणाम हुन् ।’ स्मरणीय छ, सन् २०२५ को जुन महिनामा इजरायलले नतान्ज र फोर्डो लगायत इरानका प्रमुख आणविक प्रतिष्ठानहरूलाई लक्षित गर्दै हवाई आक्रमणहरू सञ्चालन गरेको थियो । १२ दिनसम्म चलेको उक्त द्वन्द्वमा अमेरिकी सेनाले पनि इरानी संवर्धन केन्द्रहरूमा आक्रमणमा साथ दिएको थियो । उता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै चेतावनी दिंदै भने,‘यदि इरानले आफ्ना आणविक सुविधाहरू पुनः सञ्चालन गर्‍यो भने, अमेरिका नयाँ सैन्य कारबाहीका लागि तयार हुनेछ ।’

अन्तर्वार्तामा ट्रम्पले अमेरिकाले पुनः आणविक परीक्षण सुरु गर्नुपर्ने आवश्यकता औँल्याउँदै भने, ‘रुसले परीक्षण गर्ने घोषणा गरिसकेको छ, उत्तर कोरिया निरन्तर परीक्षण गर्दैछ, अन्य देशहरूले पनि गर्दैछन् । परीक्षण नगर्ने देश अहिले केवल अमेरिका मात्रै हो र म यस्तो स्थिति रहन चाहन्न ।’ रुसले हालै पोसाइडन अन्डरवाटर ड्रोनसहित उन्नत आणविक क्षमतायुक्त प्रणालीको परीक्षण गरेपछि ट्रम्पसँग सोधिएको प्रश्नमा उनले यो टिप्पणी गर्नुभएको थियो ।

ट्रम्पले दाबी गर्दै भने,'अमेरिकासँग विश्वका सबै देशभन्दा बढी आणविक हतियार छन् । हामीसँग विश्वलाई १५) पटकसम्म नष्ट गर्न सक्ने क्षमता छ । रुससँग पनि पर्याप्त हतियार छन् र चीनसँग चाँडै धेरै हुनेछ, ‘रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग मैले आणविक निःशस्त्रीकरणका विषयमा छलफल गरेको छु ।’

इरान र रुसबीचको यो नयाँ आणविक सहकार्यले मध्यपूर्वमा ऊर्जा स्वतन्त्रताको नयाँ अध्याय सुरु गर्ने अपेक्षा गरिएको छ, तर यसले पश्चिमी शक्तिहरूबीच नयाँ राजनीतिक तरंग उत्पन्न गर्ने सम्भावना पनि विश्लेषकहरूले देखेका छन् ।


प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०८२  १५:०३
प्रतिक्रिया दिनुहोस्
थप विश्व
दक्षिण कोरियाको “फ्लाइ ओभर” मा दुर्घटनाहुँदा तीन जनाको मृत्यु, तीन घाइते
दक्षिण कोरियाको “फ्लाइ ओभर” मा दुर्घटनाहुँदा तीन जनाको मृत्यु, तीन घाइते मंगलबार, जेठ १२, २०८३
सगरमाथाको शिखरमा गाजाको सपना
सगरमाथाको शिखरमा गाजाको सपना मंगलबार, जेठ १२, २०८३
खनिज आपूर्ति सुरक्षित गर्न भारत-अमेरिकाबीच ऐतिहासिक सम्झौता
खनिज आपूर्ति सुरक्षित गर्न भारत-अमेरिकाबीच ऐतिहासिक सम्झौता मंगलबार, जेठ १२, २०८३
श्रीलंकामा मुद्रास्फीति नियन्त्रण गर्न ब्याज दर समायोजन
श्रीलंकामा मुद्रास्फीति नियन्त्रण गर्न ब्याज दर समायोजन मंगलबार, जेठ १२, २०८३
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो मंगलबार, जेठ १२, २०८३
लेबनानमा इजरायली आक्रमण १२ जनाको मृत्यु, ३ घाइते
लेबनानमा इजरायली आक्रमण १२ जनाको मृत्यु, ३ घाइते मंगलबार, जेठ १२, २०८३
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित सोमबार, जेठ ११, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP