Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #विकास तामाङ
  • #नेकपा एमाले
  • #आदिवासी जनजाति क्लस्टरबाट अइन्द्रसुन्दर नेम्बाङ र आदिवासी जनजाति महिला क्लस्टरबाट भूमिका सुब्बा तथा आशारत्न जबेगु
  • #फोनिज
  • #गगनकुमार थापा
  • #एमाले महाधिवेशन
  • #नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेश
  • #नेपाल कम्युनिष्ट पार्टी
  • #टेलिग्राम
Search Here
विश्व
  • Home
  • विश्व
  • पाकिस्तानले आणविक हतियार परीक्षण गरेको ट्रम्पको खुलासा
पाकिस्तानले आणविक हतियार परीक्षण गरेको ट्रम्पको खुलासा
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, कात्तिक १७, २०८२

एजेन्सी -  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तान सक्रिय रूपमा आणविक हतियार परीक्षण गर्ने राष्ट्रहरूको सूचीमा परिरहेको खुलासा गरेका छन्  । उनले यो विषयलाई अन्य शक्तिशाली राष्ट्रहरूबीचको व्यापक प्रतिस्पर्धात्मक ढाँचाको रूपमा प्रस्तुत गर्दै अमेरिकाले पनि आफ्ना आणविक परीक्षणहरू पुनः सुरु गर्नु अपरिहार्य भएको बताए ।

सिबिएस न्युजको ‘६० मिनेट्स’ कार्यक्रममा आइतबार प्रसारण गरिएको अन्तर्वार्तामा ट्रम्पले रुस, चीन, उत्तर कोरिया र पाकिस्तानलगायतका देशहरूले निरन्तर आणविक परीक्षण गरिरहेको दाबी गरे । उनका अनुसार, अमेरिका मात्रै यस्तो राष्ट्र बनेको छ जसले परीक्षण नगर्ने नीतिलाई निरन्तरता दिएको छ ।

“रुसले परीक्षण गर्छ, चीनले पनि गर्छ, तर उनीहरूले त्यसबारे बोल्दैनन् । हामी भने खुला समाज हौँ, हामी फरक छौँ । हामीले यसबारे जनतालाई जानकारी दिनैपर्छ, किनभने पत्रकारहरूले यो विषयमा रिपोर्ट गर्छन् । अन्य देशमा त पत्रकारहरूले यसबारे लेख्न पनि पाउँदैनन्”, उनले भने, “हामी पनि परीक्षण गर्न जाँदैछौँ, किनभने अन्य सबै राष्ट्रहरूले गरिरहेका छन् । निश्चित रूपमा उत्तर कोरियाले गरिरहेको छ र पाकिस्तानले पनि परीक्षण गरिरहेको छ ।”

Hardik health

रुसले हालै पोसाइडन अन्डरवाटर ड्रोनसहित उन्नत आणविक क्षमतायुक्त प्रणालीको परीक्षण गरेपछि ३० वर्षभन्दा बढी समयपछि अमेरिका पुनः परीक्षणको तयारीमा रहेको प्रश्नमा उहाँले उक्त टिप्पणी गरेका हुन्  । ट्रम्पले भने, “रुसले परीक्षण गर्ने घोषणा गरिसक्यो । उत्तर कोरिया निरन्तर परीक्षण गर्दैछ । अन्य देशहरूले पनि गरिरहेका छन् । परीक्षण नगर्ने एक मात्र देश हामी हौँ र म यस्तो स्थिति रहोस् भन्ने चाहन्न ।”

उनले अमेरिकासँग विश्वका सबैभन्दा बढी आणविक हतियार रहेको दाबी गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग निःशस्त्रीकरणबारे छलफल गरेको बताए । ट्रम्पका शब्दमा, “हामीसँग विश्वलाई १५० पटक नष्ट गर्न सक्ने जति हतियारहरू छन् । रुससँग पनि धेरै छन् र चीनले तीव्र रूपमा वृद्धि गरिरहेको छ । उनीहरूसँग अहिले कम भए पनि चाँडै धेरै हुनेछ ।”

यसअघि बिहीबार उनले रुसको हालैको उन्नत आणविक प्रणालीको परीक्षणलाई औँल्याउँदै अमेरिकाले तत्काल आणविक हतियार परीक्षण पुनः सुरु गर्ने घोषणा गरेकाे थिउ । यसले दुई आणविक शक्तिहरूबीचको तनाव पुनः चर्किने सङ्केत दिएको छ ।एयर फोर्स वानमा प्रस्थान गर्नुअघि पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, “आणविक निःशस्त्रीकरण ठूलो कुरा हो, तर जब अरूले परीक्षण गर्छन्, हामीले पनि त्यसको जवाफ दिनैपर्छ । हामीसँग अरू सबैभन्दा धेरै आणविक हतियार छन्, तर हामी मात्र परीक्षण नगर्ने राष्ट्र बन्नु उचित हुँदैन ।”

उनले परीक्षणका लागि तयारी भइसकेको तर समय र स्थान खुलाउन नमिल्ने जानकारी दिए । विश्वव्यापी आणविक परिदृश्य अझ अस्थिर हुनसक्ने चिन्ताबारे सोधिएको प्रश्नमा उनले जवाफ दिए, “मलाई लाग्छ हामीले यसलाई राम्रोसँग नियन्त्रणमा राखेका छौँ ।” यसैबीच, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकासँगको सन् २००० मा हस्ताक्षर गरिएको ‘प्लुटोनियम डिस्पोजल सम्झौता’ औपचारिक रूपमा समाप्त गर्ने कानूनमा हस्ताक्षर गरेका छन्   । उक्त सम्झौताले दुवै राष्ट्रलाई सैन्य प्रयोजनका लागि आवश्यक नभएको ३४ टन हतियार–ग्रेड प्लुटोनियम नष्ट गर्न बाध्य बनाएको थियो ।


प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०८२  १३:३०
प्रतिक्रिया दिनुहोस्
थप विश्व
अनलाइन घोटालाविरुद्ध वैश्विक पहल
अनलाइन घोटालाविरुद्ध वैश्विक पहल शुक्रबार, पुस ४, २०८२
नर्वेकी राजकुमारीको फोक्सो प्रत्यारोपणको सम्भावना
नर्वेकी राजकुमारीको फोक्सो प्रत्यारोपणको सम्भावना शुक्रबार, पुस ४, २०८२
बंगलादेशको अखवार भवनमा आगलागी, २५जना पत्रकारको उद्धार
बंगलादेशको अखवार भवनमा आगलागी, २५जना पत्रकारको उद्धार शुक्रबार, पुस ४, २०८२
आइएस-के का वरिष्ठ नेता पक्राउ
आइएस-के का वरिष्ठ नेता पक्राउ शुक्रबार, पुस ४, २०८२
सन् २०२६ मा श्रीलंका को विदेशी लगानी एक अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
सन् २०२६ मा श्रीलंका को विदेशी लगानी एक अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान शुक्रबार, पुस ४, २०८२
टिकटक-अमेरिका संयुक्त उद्यम सम्झौता
टिकटक-अमेरिका संयुक्त उद्यम सम्झौता शुक्रबार, पुस ४, २०८२
बोन्डी समुन्द्रीतटमा आक्रमण गर्ने सात जना सिड्नीमा पक्राउ: प्रहरी
बोन्डी समुन्द्रीतटमा आक्रमण गर्ने सात जना सिड्नीमा पक्राउ: प्रहरी शुक्रबार, पुस ४, २०८२
लोकप्रिय
  • Week
  • Month
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP