बुटवल - पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडकखण्डको दाउन्नेमा गाडी नचलाउन प्रहरीले अनुरोध गरेको छ ।नी पर्न छाडे पनि सडक हिलो र चिप्लो रहेको, दाउन्नेको पूर्वी र पश्चिम खण्डमा सवारी साधनको लामो लाइनका कारण गाडी नचलाउन अनुरोध गरिएको हो ।
पश्चिमबाट पूर्वतर्फ जाने सवारीसाधन पास हुन सकेका छैनन् । सडक हिलो र चिप्लो हुँदा उकालोमा सवारीसाधन चढ्न नसक्दा ठाउँठाउँमा बिग्रिएकोले लामो लाइन लागेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
ठाउँठाउँमा सवारी साधन बिग्रिएका कारण सडक एकतर्फी भएको छ । प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार सवारी साधनको लामो लाइन लागेको छ । सवारीसाधनको लाम १० किलोमिटरभन्दा लामो छ ।
पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडक खण्डमा विगत ५ दिनदेखि यातायात सञ्चालनमा समस्या भएको छ । यसैबीच जिल्ला प्रहरी कार्यालय नवलपुरले सोमबार एक सूचना जारी गरी दाउन्ने सडकको वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको हो ।