Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #विकास तामाङ
  • #नेकपा एमाले
  • #आदिवासी जनजाति क्लस्टरबाट अइन्द्रसुन्दर नेम्बाङ र आदिवासी जनजाति महिला क्लस्टरबाट भूमिका सुब्बा तथा आशारत्न जबेगु
  • #फोनिज
  • #गगनकुमार थापा
  • #एमाले महाधिवेशन
  • #नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेश
  • #नेपाल कम्युनिष्ट पार्टी
  • #टेलिग्राम
Search Here
विश्व
  • Home
  • विश्व
  • अमेरिका–चीनबीच प्रत्यक्ष सैन्य सञ्चार च्यानल स्थापना गर्न सहमति
अमेरिका–चीनबीच प्रत्यक्ष सैन्य सञ्चार च्यानल स्थापना गर्न सहमति
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, कात्तिक १६, २०८२

एपी– संयुक्त राज्य अमेरिकाका रक्षामन्त्री पिट हेग्सेथले आइतबार अमेरिका र चीनले सैन्य–सैन्य प्रत्यक्ष सञ्चार च्यानलहरू स्थापना गर्ने सहमति गरेको बताएका छन् । उनले  दुवै मुलुकबीचको द्विपक्षीय सम्बन्ध ‘अहिलेसम्मकै उत्कृष्ट अवस्थामा’ पुगेको बताएका हुन् ।

हेग्सेथले शनिबार राति क्षेत्रीय सुरक्षा सम्मेलनका क्रममा आफ्ना चिनियाँ समकक्षी एडमिरल डोङ जुनसँग भेटवार्ता गरको थिए । उनले भने,‘शान्ति, स्थिरता र राम्रो सम्बन्ध हाम्रा दुवै महान् र शक्तिशाली देशहरूको साझा मार्ग हो भन्नेमा हामी सहमत भयौँ ।’

यसअघि उनले दक्षिणपूर्वी एसियाली राष्ट्रहरूलाई दक्षिण चीन सागरमा चीनका ‘अस्थिर र चुनौतीपूर्ण गतिविधिहरू’ विरुद्ध दृढ रहन र आफ्नो नौसैनिक क्षमता सुदृढ गर्न आह्वान गरेका थिए । ‘दक्षिण चीन सागरमा चीनका व्यापक क्षेत्रीय र समुद्री दाबीहरू, विवादहरूलाई शान्तिपूर्ण रूपमा समाधान गर्ने प्रतिबद्धतासँग मेल खान्नन्’, उनले आसियानका रक्षा मन्त्रीहरूसँगको बैठकमा भने,‘हामी शान्ति चाहन्छौँ, द्वन्द्व होइन । तर हामीले सुनिश्चित गर्नुपर्छ कि चीनले कुनै पनि मुलुकलाई हावी हुन नपाओस् ।’ 

दक्षिण चीन सागर एसियाको सबैभन्दा संवेदनशील र अस्थिर क्षेत्रहरूमध्ये एक हो । चीनले यो सागरको प्रायः सम्पूर्ण भागमाथि दाबी गरेको छ भने आसियानका सदस्य राष्ट्रहरू - फिलिपिन्स, भियतनाम, मलेसिया र ब्रुनाई - ले पनि आफ्नो तटीय स्वामित्व दाबी गरेका छन् । अमेरिकी सहयोगी फिलिपिन्स र चीनबीच यस क्षेत्रमा बारम्बार झडप भइरहेका छन् । फिलिपिन्सले बलियो क्षेत्रीय प्रतिक्रियाको माग गर्दै आएको भए पनि आसियानले चीनसँगको आफ्नो आर्थिक सम्बन्धलाई ध्यानमा राख्दै सन्तुलन कायम गर्न प्रयास गरिरहेको छ ।

Hardik health

हेग्सेथले सामाजिक सञ्जाल एक्समा लेख्दै उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि यस विषयमा कुरा गरेका र दुवै जना ‘अमेरिका–चीन सम्बन्ध पहिलेको तुलनामा अहिले धेरै राम्रो भएको’ कुरामा सहमत हुनुभएको बताए ।
उनले भने,‘दक्षिण कोरियामा राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको ऐतिहासिक भेटले अमेरिका र चीनका लागि दीर्घकालीन शान्ति र समृद्धिको स्वर तय गरेको छ ।’ हेग्सेथ हाल भियतनाम भ्रमणका लागि मलेसियाबाट प्रस्थान गरेका  छन् ।

कूटनीतिक स्तरमा अमेरिकाबाट आएको विपरित सन्देश - आसियान बैठकमा कडा चेतावनी र त्यसपछि मेलमिलापपूर्ण अभिव्यक्ति - ले वासिङ्टनले बेइजिङसँगको तनावका बीच सन्तुलित नीति अपनाउने प्रयासलाई प्रष्ट पार्दछ । दक्षिणपूर्वी एसियाली राजनीतिक विश्लेषक ब्रिजेट वेल्शले भने,‘यो स्थिति एक प्रकारको क्षति नियन्त्रण हो । यो अमेरिका भित्र चीनबारे रहेका दुई दृष्टिकोण - एउटा जसले चीनलाई खतरा मान्दछ र अर्को जसले सम्भावित साझेदारका रूपमा हेर्दछ - को प्रतिबिम्ब हो ।’

शनिबारको बैठकमा हेग्सेथले चीनले सन् २०१२ मा फिलिपिन्सबाट कब्जा गरेको स्कारबोरो सोललाई हालै ‘प्रकृति आरक्ष’ घोषणा गरेको कदमको कडा आलोचना गरे । उनका अनुसार यो कदम चीनले आफ्नो क्षेत्रीय र समुद्री दाबी विस्तार गर्न अर्को प्रयास हो । उनले आसियान सदस्य राष्ट्रहरूलाई चीनसँग लामो समयदेखि रोकिएको समुद्री आचारसंहिता छिटो टुंग्याउन आग्रह गरे । साथै, समुद्रमा उक्साहट रोक्न साझा निगरानी प्रणाली र द्रुत प्रतिक्रिया संयन्त्र निर्माण गर्न प्रस्ताव गरे ।

उनले भने, ‘साझा समुद्री डोमेन जागरूकता प्रणालीले कुनै पनि सदस्य मुलुकलाई एक्लो महसुस हुन दिने छैन र आक्रामकता वा उक्साहटको सामना सामूहिक रूपमा गर्न सहयोग पुर्‍याउनेछ ।’ उनले डिसेम्बरमा हुने आसियान–अमेरिका संयुक्त समुद्री अभ्यासलाई स्वागत गर्दै यसले क्षेत्रीय समन्वय र नेभिगेसन स्वतन्त्रता सुदृढ गर्ने विश्वास व्यक्त गरे ।

चीनले भने अमेरिकाको आलोचना अस्वीकार गर्दै वासिङ्टनमाथि क्षेत्रीय मामिलामा अनावश्यक हस्तक्षेप गरेको र आफ्नो सैन्य उपस्थिति बढाएर तनाव उक्साएको आरोप लगाएको छ । चिनियाँ अधिकारीहरूका अनुसार चीनका गस्ती र निर्माण गतिविधिहरू वैध हुन् र ती आफ्नै सार्वभौमिक भूभागमा सुरक्षा कायम राख्नका लागि हुन् । यसैबीच, फिलिपिन्सले अमेरिका, अस्ट्रेलिया र न्युजिल्यान्डसँग दक्षिण चीन सागरमा संयुक्त नौसैनिक तथा हवाई अभ्यास गरेपछि चिनियाँ अधिकारीहरूले मनिलामाथि ‘क्षेत्रीय अस्थिरता बढाउने कार्यमा संलग्न’ भएको आरोप लगाएका छन् ।

चीनको पिपुल्स लिबरेसन आर्मी साउदर्न थिएटर कमान्डका प्रवक्ता तियान जुनलीले भने,‘यस अभ्यासले क्षेत्रीय शान्ति र स्थिरतालाई गम्भीर रूपमा कमजोर पारेको छ । यसले फिलिपिन्स दक्षिण चीन सागरको विषयमा समस्या सिर्जना गर्ने र क्षेत्रीय स्थिरताको विघातक भएको पुष्टि गर्दछ ।’


प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०८२  १६:०५
प्रतिक्रिया दिनुहोस्
थप विश्व
अनलाइन घोटालाविरुद्ध वैश्विक पहल
अनलाइन घोटालाविरुद्ध वैश्विक पहल शुक्रबार, पुस ४, २०८२
नर्वेकी राजकुमारीको फोक्सो प्रत्यारोपणको सम्भावना
नर्वेकी राजकुमारीको फोक्सो प्रत्यारोपणको सम्भावना शुक्रबार, पुस ४, २०८२
बंगलादेशको अखवार भवनमा आगलागी, २५जना पत्रकारको उद्धार
बंगलादेशको अखवार भवनमा आगलागी, २५जना पत्रकारको उद्धार शुक्रबार, पुस ४, २०८२
आइएस-के का वरिष्ठ नेता पक्राउ
आइएस-के का वरिष्ठ नेता पक्राउ शुक्रबार, पुस ४, २०८२
सन् २०२६ मा श्रीलंका को विदेशी लगानी एक अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
सन् २०२६ मा श्रीलंका को विदेशी लगानी एक अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान शुक्रबार, पुस ४, २०८२
टिकटक-अमेरिका संयुक्त उद्यम सम्झौता
टिकटक-अमेरिका संयुक्त उद्यम सम्झौता शुक्रबार, पुस ४, २०८२
बोन्डी समुन्द्रीतटमा आक्रमण गर्ने सात जना सिड्नीमा पक्राउ: प्रहरी
बोन्डी समुन्द्रीतटमा आक्रमण गर्ने सात जना सिड्नीमा पक्राउ: प्रहरी शुक्रबार, पुस ४, २०८२
लोकप्रिय
  • Week
  • Month
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP