Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विश्व
  • Home
  • विश्व
  • युनुसद्वारा बंगलादेशी सेनालाई चुनावअघि सुरक्षा सुनिश्चित गर्न निर्देशन
युनुसद्वारा बंगलादेशी सेनालाई चुनावअघि सुरक्षा सुनिश्चित गर्न निर्देशन
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, कात्तिक १६, २०८२

एएनआई- बंगलादेशका प्रमुख सल्लाहकार प्राध्यापक मुहम्मद युनुसले आगामी १३औँ राष्ट्रिय संसद् चुनावको तयारीका क्रममा देशभरि शान्ति, सुरक्षा र स्थिरता कायम राख्न सशस्त्र फौजलाई विशेष निर्देशन दिएका छन् । 

आगामी फेब्रुअरीको मध्यमा हुने अपेक्षा गरिएको निर्वाचनलाई लक्षित गर्दै उहाँले सेनालाई व्यापक तयारीका साथ जिम्मेवारीपूर्वक खटिन आह्वान गरेका हुन् । शनिबार साँझ ढाकास्थित स्टेट गेस्ट हाउस जमुनामा आयोजित उच्चस्तरीय बैठकमा उहाँले सेना प्रमुख जनरल वाकर–उज–जमान, नौसेना प्रमुख एडमिरल मोहम्मद नजमुल हसन र वायुसेनाका प्रमुख एयर चिफ मार्शल हसन महमुद खानसँग सुरक्षा व्यवस्थाबारे विस्तृत छलफल गरेका थिए । सो बैठकमा राष्ट्रिय सुरक्षा सल्लाहकार डा. खलीलुर रहमान पनि उपस्थित थिए ।

ढाका ट्रिब्युनका अनुसार प्राध्यापक युनुसले विगत १५ महिनादेखि राष्ट्रिय स्थिरता र कानून प्रवर्तनमा सेनाको उल्लेखनीय योगदानप्रति आभार व्यक्त गरे । उनले स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण निर्वाचन गराउने सरकारको प्रतिबद्धतामाथि जोड दिँदै नागरिक प्रशासनसँग नजिकको सहकार्यमा सशस्त्र फौजले राष्ट्रव्यापी रूपमा सुरक्षित र सहज मतदान सुनिश्चित गर्नुपर्ने बताए ।

बैठकमा तीनै अंगका प्रमुखहरूले आफ्ना परिचालन योजनाबारे प्रमुख सल्लाहकारलाई जानकारी गराउनुभएको थियो । रिपोर्ट अनुसार देशभर करिब ९० हजार सेना, दुई हजार ५०० नौसेना र सयौँ वायुसेनाका जवानहरू चुनाव अवधिभर तैनाथ गरिने तयारी भइरहेको छ । प्रत्येक उपजिल्लामा सेनाको एक कम्पनी परिचालन गरिनेछ ।

Hardik health

सेना प्रमुखहरूले सो अवसरमा प्रमुख सल्लाहकारलाई नोभेम्बर २१ मा आयोजना हुने सशस्त्र सेना दिवस समारोहमा प्रमुख अतिथि रूपमा उपस्थित रहन निमन्त्रणा पनि दिए । यसअघि अक्टोबर २२ मा अमेरिकास्थित अन्तर्राष्ट्रिय संस्था इन्टरनेसनल रिपब्लिकन इन्स्टिच्युट (आआरआई) का प्रतिनिधिहरूले प्रमुख सल्लाहकार युनुससँग भेट गरी सन् २०२६ को फेब्रुअरीमा हुने आगामी चुनावका लागि कम्तीमा १० जना अन्तर्राष्ट्रिय पर्यवेक्षक पठाउने योजना सार्वजनिक गरेका थिए ।

ढाकास्थित स्टेट गेस्ट हाउस जमुनामा भएको सो बैठकबारे एक्समा युनुसले लेख्नुभएको थियो,‘बैठकमा भ्रमणकारी प्रतिनिधिमण्डलले चुनावपूर्वको वातावरण, आवश्यक सुधार र पारदर्शी तथा शान्तिपूर्ण निर्वाचन सुनिश्चित गर्न अन्तर्राष्ट्रिय तथा घरेलु पर्यवेक्षकहरूको भूमिकाबारे विस्तृत छलफल गरियो ।’

प्रतिनिधिमण्डलको नेतृत्व गरेका आइआरईका निर्देशक समितिका सदस्य क्रिस्टोफर जे. फस्नरले भने,‘हामी फेब्रुअरीमा हुने निर्वाचनमा बलियो र विश्वसनीय अवलोकन सुनिश्चित गर्नेछौँ ।’ उनका अनुसार अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूको उपस्थिति हिंसाको जोखिम घटाउने र जनस्तरमा निर्वाचनप्रतिको विश्वास बलियो बनाउने प्रमुख माध्यम हुनेछ ।

फस्नरले अघिल्ला निर्वाचनहरूसँग तुलना गर्दै यसपटकको राजनीतिक वातावरणमा देखिएको सुधारको प्रशंसा गरे । उनले भने,‘अघिल्लो निर्वाचनको अनुभवबाट हामी अहिले सकारात्मक र आशाजनक वातावरण देख्न सकिरहेका छौँ, जुन साँच्चै राम्रो महसुस हुन्छ । यसपटकको चुनाव विगतको भन्दा धेरै व्यवस्थित र पारदर्शी हुने सङ्केतहरू देखिएका छन् ।’

आाइआरआई टोलीमा वरिष्ठ विश्लेषक लिसा कर्टिस, सेन्टर फर ए न्यु अमेरिकन सेक्युरिटी (सिएनएएस) की इन्डो–प्यासिफिक सुरक्षा कार्यक्रम निर्देशक जेसिका किगन, आइआरआईका प्राविधिक विशेषज्ञ स्टीभ सिमा र नेशनल डेमोक्रेटिक इन्स्टिच्युट (एनडिआई) का कार्यक्रम निर्देशक जामी स्पिकरम्यान पनि सहभागीता थियो ।

यसअघि अगस्टमा प्रमुख सल्लाहकारको कार्यालयले निर्वाचन आयोगलाई पत्र पठाउँदै सन् २०२६ फेब्रुअरीमा रमजान सुरु हुनु अघि नै राष्ट्रिय संसद् निर्वाचन सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारीहरू समयमै पूरा गर्न अनुरोध गरेको थियो ।
 


प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०८२  १५:४८
प्रतिक्रिया दिनुहोस्
थप विश्व
दक्षिण कोरियाको “फ्लाइ ओभर” मा दुर्घटनाहुँदा तीन जनाको मृत्यु, तीन घाइते
दक्षिण कोरियाको “फ्लाइ ओभर” मा दुर्घटनाहुँदा तीन जनाको मृत्यु, तीन घाइते मंगलबार, जेठ १२, २०८३
सगरमाथाको शिखरमा गाजाको सपना
सगरमाथाको शिखरमा गाजाको सपना मंगलबार, जेठ १२, २०८३
खनिज आपूर्ति सुरक्षित गर्न भारत-अमेरिकाबीच ऐतिहासिक सम्झौता
खनिज आपूर्ति सुरक्षित गर्न भारत-अमेरिकाबीच ऐतिहासिक सम्झौता मंगलबार, जेठ १२, २०८३
श्रीलंकामा मुद्रास्फीति नियन्त्रण गर्न ब्याज दर समायोजन
श्रीलंकामा मुद्रास्फीति नियन्त्रण गर्न ब्याज दर समायोजन मंगलबार, जेठ १२, २०८३
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो मंगलबार, जेठ १२, २०८३
लेबनानमा इजरायली आक्रमण १२ जनाको मृत्यु, ३ घाइते
लेबनानमा इजरायली आक्रमण १२ जनाको मृत्यु, ३ घाइते मंगलबार, जेठ १२, २०८३
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित सोमबार, जेठ ११, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP