Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #वरिष्ठ बलराम
  • #कार्तिक_नाच
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #सुनचाँदी
Search Here
समाचार
  • Home
  • समाचार
  • स्मार्ट सहरी योजना र विकाससम्बन्धी दुईदिने राष्ट्रिय सम्मेलन सुरु
स्मार्ट सहरी योजना र विकाससम्बन्धी दुईदिने राष्ट्रिय सम्मेलन सुरु
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, कात्तिक १६, २०८२

काठमाडौं– स्मार्ट सहरी योजना र विकाससम्बन्धी दुईदिने राष्ट्रिय सम्मेलन काठमाडौँमा सुरु भएको छ । सम्मेलनमा व्यवस्थित सहरीकरणलाई अगाडि बढाउनका लागि चाहिने आवश्यक नीतिनियम र विभिन्न देशमा भएका अभ्यासकाबारेमा छलफल हुने भएको हो  ।

नेपाल पिएचडी एशोसियसनको आयोजना र विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको सहकार्यमा आजदेखि सुरु भएको उक्त सम्मेलनका वक्ताहरुले   व्यवस्थित सहरीकरणलाई अगाडि बढाउनका लागि चाहिने आवश्यक नीतिनियम र विभिन्न देशमा भएका अभ्यासकाबारेमा छलफल भएको  छ ।

कार्यक्रममा नेपाल विश्वविद्यालयका कुलपति डा विन्दुनाथ लोहनीले स्मार्ट सहर निर्माण गर्दा आवश्यक पूर्वाधार, यातायात, वातावरण, प्रदूषणलाई विशेष ध्यान दिनुपर्ने बताए । उनले स्मार्टसिटीमा हावा, पानी, सौर्य उर्जालगायतलाई समेट्नुुपर्ने धारणा राखे ।

सहरी विकास मन्त्रालयका सहसचिव नवराज प्याकुरेलले सरकारले सहरी नीतिनिर्माण गरी कार्यान्वयनतर्फ लगेको बताए । ‘जसरी योजना र नीति बन्छ, त्यसरी कार्यान्वयन नहुँदा समस्या भएको छ’, उनले भने । उनले सम्मेलनले दिएका सुझावलाई मन्त्रालयले ग्रहण गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

Hardik health

काठमाडौँ उपत्यका विकास प्राधिकरणका आयुक्त जानुका ढकालले यसअघि विनाअध्ययन सहर निर्माण गरिएको बताउँदै आगामी दिनमा बन्ने स्मार्ट सहर निर्माणलाई यस्ता सम्मेलनबाट आएका सुझाव र प्रतिक्रियाले सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले स्मार्ट सहर निर्माण गर्ने उद्देश्यले विसं २०७४ मा प्राधिकरण स्थापना गरिएको उनको भनाइ थियो ।

नीति अनुसन्धान प्रतिष्ठानका अध्यक्ष प्रा डा लेखनाथ शर्माले स्मार्ट सहर निर्माण गर्दा पुराना कुरालाई नयाँ बनाउन सकिन्छ कि सकिँदैन भन्ने कुरालाई ध्यान दिनुपर्ने बताए  । उनले सहरी नीतिलाई राम्रोसँग कार्यान्वयन गरेर अगाडि बढ्नुपर्ने धारणा राखे ।

पूर्वमन्त्री गणेश शाहले तीनै तहका जनप्रतिनिधिलाई स्मार्ट सहर निर्माणबारे चेतना फैलाउन आवश्यक रहेको उल्लेख गरे । स्मार्ट सहर निर्माण गर्दा स्थानीय स्रोतसाधनको अधिकतम प्रयोग आवश्यक रहेको उनको भनाइ थियो ।

युएन ह्याविटेटका प्रतिनिधि प्रज्ञा प्रधान, डब्लुडब्लुएफका प्रतिनिधि डा घनश्याम गुरुङलगायतले दिगो सहरी विकासका लागि दीर्घकालीन योजना आवश्यक रहेको बताए । उनीहरुले ‘पानी रिचार्ज सिस्टम’ स्मार्ट सहरको पहिलो प्राथमिकता हुनुपर्नेमा जोड दिए ।

नेपाल पिएचडी एशोसियसनका अध्यक्ष डा सुनीलबाबु श्रेष्ठले नेपालमा पछिल्लो समय तीव्र रुपमा सहरीकरण हुँदै गएको भन्दै यसका लागि आवश्यक नीति र योजनाको खाँचो रहेको बताए । नेपालमा अहिले ५६ प्रतिशत मानिस सहरमा बसोबास गर्दै आएको उनको भनाइ थियो ।

एशोसियसनका अध्यक्ष डा श्रेष्ठले सहरी नीतिलाई केन्द्र सरकारदेखि स्थानीय सरकारसम्म सबैले कार्यान्वयन गरेर अगाडि बढ्नुपर्ने धारणा राखे  । उनले सात वटा बुँदामा रहेर दुई दिनसम्म चल्ने सम्मेलनबाट आएका सुझावलाई काठमाडौँ घोषणापत्रका रुपमा जारी गर्ने जानकारी दिए  । काठमाडौँ घोषणापत्रलाई कार्यान्वयन गरिने उनको भनाइ थियो । 


प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०८२  १३:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वायुसेवा निगमका बेथिति अन्त्यका गर्न प्रधानमन्त्री कार्कीको निर्देशन
वायुसेवा निगमका बेथिति अन्त्यका गर्न प्रधानमन्त्री कार्कीको निर्देशन आइतबार, कात्तिक १६, २०८२
शिक्षामन्त्री  पुनकाे नियमित कामकाज सिंहदरबारबाट सुरु हुने
शिक्षामन्त्री पुनकाे नियमित कामकाज सिंहदरबारबाट सुरु हुने आइतबार, कात्तिक १६, २०८२
ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु
ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु आइतबार, कात्तिक १६, २०८२
बेमौसमी वर्षाले सुनसरीमा दुई अर्ब बढीको कृषिउपज नष्ट
बेमौसमी वर्षाले सुनसरीमा दुई अर्ब बढीको कृषिउपज नष्ट आइतबार, कात्तिक १६, २०८२
मनास्लु पदमार्गमा आवातजावत खुला
मनास्लु पदमार्गमा आवातजावत खुला आइतबार, कात्तिक १६, २०८२
एक विदेशी आरोहीको उद्धार, दुईको खोजीकार्य जारी
एक विदेशी आरोहीको उद्धार, दुईको खोजीकार्य जारी आइतबार, कात्तिक १६, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP