Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #मलेसियान_सिण्डिकेट
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
समाचार
  • Home
  • समाचार
  • हिमपातपछि तिलिचो र थोराङ्लाको बाटो खुलाउने प्रयास
हिमपातपछि तिलिचो र थोराङ्लाको बाटो खुलाउने प्रयास
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, कात्तिक १६, २०८२
Hardik health

मनाङ-  लगातारको हिमपातका कारण यतिबेला मनाङको जनजीवन प्रभावित भएको छ । पर्यटकीय याममा तिलिचो ताल, थोराङ्ला भञ्ज्याङ, लार्के पास तथा मनास्लु पदयात्राका लागि जानेहरुको तालिका बिग्रिएको छ ।  हिउँले पदमार्ग पुरिएपछि यात्रा अघि बढाउन मुस्किल छ । यात्रा सहज बनाउने उद्देश्यले मनाङ जिल्ला प्रशासन, स्थानीय तह, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एकाई (एक्याप) मनाङ, पर्यटन व्यवसायीको संयुक्त सहमतिमा बाटो खुलाउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले जानकारी दिए  । 

उनले भने, “हिमपात भएपछि यात्रा प्रभावित भएको छ, बाटो खुलाउने प्रयास भइरहेको छ ।” अहिले मौसम खुल्दै गएकाले पथपदर्शक भएका पर्यटकलाई तिलिचोको बाटो बनाउँदै जान दिने निर्णय भएको उनले बताए । “पथपदर्शकबिना आएका पर्यटकलाई माथिल्लो क्षेत्रतर्फ जान रोक लगाइएको छ”, प्रमुख जिल्ला अधिकारी पौड्यालले भने, “हिमपातपछि माथिल्लो क्षेत्रसँग सञ्चार हुन मुस्किल छ । जोखिमलाई मध्यनजर गरी पथपदर्शकबिना पदयात्रा रोक लगाइएको छ ।” मनाङका साथै मुस्ताङ र गोर्खाको प्रमुख जिल्ला अधिकारीबीच समन्वय गरी पदयात्रालाई निरन्तरता दिन लागिएको उनले जानकारी दिए । 

पर्यटकीय दृष्टिले असोजदेखि मङ्सिर पहिलो सातासम्मलाई अनुकूल मानिन्छ । यतिबेला पदयात्राको मुख्य सिजन चलिरहँदा हिमाली भेगमा परेको भारी हिमपातले रोकिएको पदयात्रालाई निरन्तरता दिन लागिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एकाइ मनाङका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए । उनले भने , “तिलिचो आधार शिविरसम्म बाटो खोलिसकिएको छ । तिलिचो तालसम्म बाटो खुलाउने प्रयास गर्ने तयारी भएको छ । तलबाट पर्यटक माथिल्लो भेगतर्फ लागेका छन् । तर, हिउँ बाक्लो र बाटो पुरिएको छ । खुलाउने प्रयास जारी छ ।”
    
थोराङ्लातर्फ पर्यटक जानेक्रम पनि सुरु भएको उनले बताए । उनले भने, “इन्टरनेट तथा सञ्चारको पहुँच राम्रो छैन । माथिल्लो क्षेत्रसँग प्रत्यक्ष रुपमा सम्पर्क गर्न सकिएको छैन । माथिबाट फर्किएका पर्यटक तथा पोर्टरसँग जानकारी लिँदा गइरहेका छन् भन्ने पाइएको छ, थोराङ्लातर्फ आज मात्रै करिब २०० विदेशी पर्यटक हिँडेका छन् ।” पथप्रदर्शक नभएका पर्यटकलाई पथप्रदर्शक भएका पर्यटकको समूहमा मिलेर यात्रा गर्न आग्रह गरिएको एक्याप प्रमुख भुजेलले बताए । 
    
मनाङ ङिस्याङ गाउँपालिका–९ का वडाध्यक्ष चोल्पा गुरुङले विदेशबाट अन्नपूर्ण पदमार्गमा यात्रा गर्नकै लागि पर्यटक आउने भएकाले सहज बनाउने उद्देश्यले बाटो खुलाउन स्थानीय तह, जिल्ला प्रशासन, सुरक्षा निकाय, पर्यटन व्यवसायीले संयुक्त रुपमा बाटो खुलाउन लागिपरेको बताए । उनले भने “साहसिक यात्रामा आउने पर्यटकलाई सुरक्षित यात्राको जानकारी दिएर यात्रालाई निरन्तरता दिनुपर्छ । रोकिएका पर्यटकलाई सहज बाटो बनाउनुपर्छ भनेर तिलिचो तालको बाटो खुलाउन लागिएको हो ।”     
    
जिल्ला प्रशासनले हिमपात रोकिए पनि हिमपहिरो आउनसक्ने जोखिम रहेको भन्दै एक सातासम्म पदयात्रामा नजान रोक लगाइएको थियो । अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्राका लागि आन्तरिक तथा बाह्य पर्यटकको यात्रालाई सहज बनाउन हिउँ पन्छाएर सहज बनेको छ । तर, माथिल्लो क्षेत्रमा हिउँ बाक्लो नै रहेको छ । जोखिमलाई मध्यनजर गर्दै यात्रा गर्न सुझावसहित आजदेखि यात्रा खुला गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 
    
चार हजार मिटर उचाइ अवस्थित तिलिचो आधार शिविर (बेसक्याम्प) बाट तिलिचो पुग्न कम्तीमा पाँच घण्टा लाग्छ । विश्वकै अग्लो स्थान चार हजार ९१९ मिटर उचाइमा तिलिचो ताल अवस्थित छ । पर्यटकले मनाङगाउँबाट तीन दिनमा यात्रा पूरा गर्दछन् ।   त्यस्तै मनाङको मनाङ ङिस्याङ गाउँपालिका–८ स्थित पाँच हजार ४१६ मिटर उचाइमा थोराङ्ला भञ्ज्याङ अवस्थित छ । मनाङ र मुस्ताङ सिमाना थोराङ्ला भञ्ज्याङ मनाङगाउँबाट तीन दिनको अवधि पार गर्दछन् । यस पदमार्ग हुँदै थोराङ्ला भञ्ज्याङ पार गरेर सवारीसाधनका माध्यमबाट पर्यटक पोखरा पुग्ने गर्दछन् । 
 


प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०८२  १२:१५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दलित बालबालिकाको विद्यालय सहभागिता बढाउन ‘घरदैलो’ अभियान
दलित बालबालिकाको विद्यालय सहभागिता बढाउन ‘घरदैलो’ अभियान सोमबार, कात्तिक १७, २०८२
डेडिकेटेड र ट्रंकलाइन विवाद: एक किस्तालाई विवादित रकम मान्नुपर्ने प्रस्ताव
डेडिकेटेड र ट्रंकलाइन विवाद: एक किस्तालाई विवादित रकम मान्नुपर्ने प्रस्ताव सोमबार, कात्तिक १७, २०८२
बागमती प्रदेशसभाको बैठक अनिश्चित
बागमती प्रदेशसभाको बैठक अनिश्चित सोमबार, कात्तिक १७, २०८२
प्रधानमन्त्री कार्कीको निर्देशन: सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्नुस्
प्रधानमन्त्री कार्कीको निर्देशन: सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्नुस् सोमबार, कात्तिक १७, २०८२
थारू समुदायको इतिहास झल्काउने संग्रहालय
थारू समुदायको इतिहास झल्काउने संग्रहालय सोमबार, कात्तिक १७, २०८२
एआई ‘म्याचमेकिङ’ सेवाबाट एक वर्षमा ९४ विवाह
एआई ‘म्याचमेकिङ’ सेवाबाट एक वर्षमा ९४ विवाह सोमबार, कात्तिक १७, २०८२
पारिश्रमिक तथा सुविधा कटौती नगर्न निर्देशन
पारिश्रमिक तथा सुविधा कटौती नगर्न निर्देशन सोमबार, कात्तिक १७, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP