Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
राजनीति
  • Home
  • राजनीति
  • विभाजित भएर माओवादीसँग एकता
एकीकृत समाजवादीको नियति विभाजित भएर माओवादीसँग एकता
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन आइतबार, कात्तिक १६, २०८२
  • यही १८ कात्तिकमा माओवादी–एकीकृत समाजवादी एकता तयारी
  • संस्थापनपक्ष एकता गर्न तयार हुँदा खनाल–भुसाल समूहको विमति 
  • खनाल एमाले फर्किन सकारात्मक, भुसाल ‘पर्ख र हेर’को नीतिमा
  • सैद्धान्तिक विषयमा शीर्ष तहमा सहमति

काठमाडौं -  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित बहुमत केन्द्रीय समिति नेकपा माओवादी केन्द्रसँग एकता प्रक्रियामा अघि बढ्दा सम्मानित नेता झलनाथ खनाललगायत नेताहरू एकीकरण प्रक्रियाबाट अलग्गिएका छन् । 

नेता खनालले नयाँ पार्टी बनाउने घोषणा गरे पनि पूर्वपार्टी नेकपा एमालेमा फर्किन सकारात्मक देखिएका छन् । महासचिव घनश्याम भुसाल भने ‘पर्ख र हेर’को नीतिमा देखिन्छन् । आगामी पार्टी सचिवालय बैठकले एकताबारे गर्ने निर्णयको आधारमा उनले कदम चाल्ने बताइसकेका छन् । यससँगै स्थापनाको ५० महिनामा एकीकृत समाजवादी कम्तीमा दुई चिरा हुने निश्चित भएको छ ।

पार्टीमा लामो समयदेखि नेपाल–खनालबीच अन्तरसंघर्ष चलेको थियो । वैचारिक तथा राजनीतिक कार्यदिशालाई लिएरमात्रै होइन, नेताहरूको व्यवस्थापनको विषयमासमेत दुई नेताबीच मतभेद हुने गरेको थियो । एमाले विभाजनको औचित्य पुष्टि भए÷नभएकोमा मतान्तर थियो ।

राजनीतिक विश्लेषकहरूका अनुसार २०७९ को आमचुनावबाट राष्ट्रिय दल नभएपछि त एकीकृत समाजवादी ‘प्यारालाइज्ड’ नै भयो । हालैको जेन–जी आन्दोलनपछि विकसित राजनीतिक परिस्थिति, अध्यक्ष नेपालमाथिको भ्रष्टाचार मुद्दा, ठूलो संख्यामा नेता कार्यकर्ताले पार्टी छाड्नुलगायत कारणले पार्टी गम्भीर संकटमा थियो । यस्तोमा पार्टी तीन टुक्रा हुने देखिएको हो ।

Hardik health

एकीकृत समाजवादीको बिहीबार र शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालसहित बहुमत पदाधिकारीदेखि केन्द्रीय सदस्यहरू माओवादीसँग एकता गर्ने पक्षमा उभिए । एकताबारे सर्वसम्मत निर्णय भने भएन । एकताको निर्णय गर्ने कार्यभार सचिवालयलाई छ । सचिवालयमा नेपालपक्षको स्पष्ट बहुमत छ । 

एकताबारे सचिवालय बैठकले निर्णय लिनुअघि नै शनिबार खनाल–भुसालपक्षको भेला काठमाडौंको सुकेधारामा भयो । भेलामा सहभागी हुने क्रममा पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै खनालले एमाले फर्किन सकारात्मक संकेत दिएका हुन् । त्यसअघि एमाले फर्किन उपयुक्त वातावरण र भूमिका चाहिने उनको प्रतिक्रिया थियो ।

ओलीले एमाले फर्किन आह्वान गरेको केही घण्टापछि खनालले भने, ‘ढोका राम्रोसँग उदांगो पारेर खोल्नुप¥यो । बस्ने ठाउँहरू राम्रोसँग बनाउनुप¥यो । त्यो भयो भने फर्कने के समस्या भयो र ?’खनालले माओवादीसँग हुने एकतालाई पार्टी बिसर्जन, विलय र विभाजन भनेका छन् । उनै खनालसँगै महासचिव भुसालले संयोजन गरेको शनिबारको भेलामा नेता घनेन्द्र बस्नेत, स्थायी कमिटी सदस्य डा. विजय पौडेल, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ, अम्बरबहादुर थापा, कृष्णकुमार श्रेष्ठ (किसान), आरती लामालगायत नेताहरू थिए । 

उनीहरू माओवादीसँग एकता गर्न तयार छैनन् । भेलामा सहभागीमध्ये अधिकांश एमाले फर्किन तयार देखिन्छन् । नेतृ झाँक्री त घरिघरी ओलीको प्रतिरक्षामा उत्रिन्छन् । हालै एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा ओलीलाई दक्षिणपन्थी भन्दा उनले विरोध गरेकी थिइन् । उनले एमालेसँग एकता भए त्यो प्राकृतिक हुने भनिसकेकी छन् ।महासचिव भुसाल पार्टीहरू पुनर्गठनको पक्षपाती हुन् । उनले बृहत् वाम एकता हुनुपर्ने तर त्यसअघि कम्युनिस्ट पार्टीहरू (एमाले, माओवादी, एकीकृत समाजवादीलगायत)का अध्यक्षहरूले नेतृत्व छाड्नुपर्ने सर्त राखेका छन् । ‘म कम्युनिस्ट पार्टीहरूको एकता पक्षमा छु तर त्यसअघि पुनर्गठन गर्न पार्टीहरू तयार हुनुपर्छ । त्यसका लागि अहिलेको फस्र्ट लिडरले छाड्नुपर्छ । अनि पो विचार सिद्धान्त मिलाएर एकता गर्न सकिन्छ,’ उनले प्रभावसँग भने ।

माओवादी र एकीकृत समाजवादीबीच एकता हुँदा दाहाल र नेपाल नेतृत्वमा हुन नहुने भुसालको स्पष्ट मत छ । शुक्रबार केन्द्रीय कमिटी बैठकको समापनमा धारणा राख्दै नेपालले पनि दाहालले नेतृत्व छाड्ने र आफूले पनि छाड्ने बताएका थिए । नेपालले यसो भनेर भुसालसहितका नेताहरूलाई माओवादीसँगको एकता प्रक्रियामा जोड्न लागेको विश्लेषण भइरहेको छ ।माओवादी र एकीकृत समाजवादीबीचको एकता यही १८ कात्तिकमा गर्ने भनिएको छ । एकताअघि सैद्धान्तिक विषय टुंगिएको जनाएको छ ।

दुवै पार्टी नेपाली विशेषताको समाजवादको बाटोमा अघि बढ्ने, मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद, लेनिनवाद हुने विषयमा सहमत भएको नेता बेदुराम भुसालले बताएका छन् । उनका अनुसार पहिलो वरीयतामा दाहाल, दोस्रो वरीयतामा नेपाल हुने पनि समझदारी भएको छ । माओवादी–एकीकृत समाजवादी एकता हुँदा अन्य दुई घटक पनि एकता प्रक्रियामा आउने भएका छन् । ती दुई घटक हुन्– महेन्द्र राय यादव अध्यक्ष रहेको नेपाल समाजवादी पार्टी (नेसपा) र नेकपाको एउटा समूह । यी दलहरूबीच लामो समयदेखि एकताका लागि चरणबद्ध वार्ता भएको थियो । अन्ततः २१ फागुनमा चुनावको मिति घोषणा भइसक्दा एकता हुने भएको हो । 


जनार्दनको चेतावनी– एकीकृत समाजवादीसँगको एकता हानिकारक
नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले एकीकृत समाजवादीसँगको एकता हानिकारक हुने चेतावनी दिएका छन् । तत्काल पार्टी एकता नगर्न पनि उनले अध्यक्ष पुष्पकमल दाहालसँग माग गरेका छन् । शनिबार सचिवालय बैठकपछि उनले भने, ‘हतारको एकताले केही नेताहरूको व्यक्तिगत स्वार्थ पूरा गर्न सक्छ, तर आम कम्युनिस्ट आन्दोलनका लागि प्रतिकूल परिणाम ल्याउने छ । त्यसैले उपयुक्त गृहकार्य, वैचारिक स्पष्टताविना गरिएको एकता दीर्घकालीन दृष्टिले हानिकारक हुने छ ।’

prachanda-janardan-1762055446.jpg
शर्माले बैठकमा चार पृष्ठको फरक मत राखेका छन् । तर, उनले राखेको फरक मतबारे छलफल नै नभइ उनी बैठकबाट बाहिरिएका थिए । यसप्रति अध्यक्ष दाहालले आपत्ति जनाए । ‘बसौँ भन्दाभन्दै उहाँ निस्कनुभयो । आफ्ना कुरा राख्ने र अरुका कुरा नसुन्ने उहाँको शैली ठीक थिएन,’ बैठकपछि दाहालले पत्रकारहरूसँग भने । 

शर्मालाई पार्टीको संस्थापनपक्षले पार्टी फुटाउन लागेको आरोप लगाउँदै आएको छ । आरोपलाई शर्माले भने खारेज गर्दै आएका छन् । तर, पार्टीकै अर्का नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल, नेकपा महासचिव नेत्रविक्रम चन्दबीच बारम्बार भेटवार्ता हुँदै आएको छ । श्रेष्ठले एकीकृत पार्टीको नेतृत्वमा दाहाल नै रहने भए अस्वीकार गर्ने भन्दै दाहाललाई नेतृत्व हस्तान्तरण गर्न दबाब दिँदै आएका छन् । दाहालले नेतृत्व नछाड्ने भए नयाँ पार्टी खोल्ने तयारीमा रहेकाहरुलाईसमेत समेटेर पार्टी पुनर्गठन गर्ने तयारीमा श्रेष्ठ छन् । यसका लागि वर्तमान सरकारका ऊर्जामन्त्री कुलमान घिसिङलगायतसँग निरन्तर छलफलमा श्रेष्ठ छन् । 
 


प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०८२  ०९:३६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
जागरण अभियान सञ्चालन गर्दै एमाले
जागरण अभियान सञ्चालन गर्दै एमाले सोमबार, साउन १८, २०८३
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी सोमबार, साउन १८, २०८३
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने शुक्रबार, साउन १५, २०८३
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने शुक्रबार, साउन १५, २०८३
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP