काठमाडौं -युट्युबमा अब कम-गुणस्तरका भिडिओ पनि एचडीमा हेर्न सकिने भएकाे छ ।  युट्युबले कम-रिजोलुसनका भिडिओहरूको गुणस्तर स्वचालित रूपमा बढाउने ‘एआई अपस्केलिङ’ सुविधा सार्वजनिक गरेको हाे ।
यस सुविधाबाट २४०p देखि ७२०p सम्मका भिडिओहरूलाई १०८०p एचडीमा रुपान्तरण गरी अझ स्पष्ट रूपमा हेर्न सकिनेछ।कम्पनीका अनुसार, यो सुविधा विशेषगरी टिभीमा युट्युब हेर्नेहरूका लागि अनुभव सुधार गर्न ल्याइएको हो।
प्रयोगकर्ताले चाहेमा ‘सुपर रिजोलुसन’ सेटिङबाट यो सुविधा बन्द (opt out) गर्न सक्नेछन्।  क्रियटरहरू पनि आफ्नो मौलिक भिडिओको रिजोलुसन जस्ताको तस्तै राख्न पाउनेछन्।  भविष्यमा युट्युबले 4K अपस्केलिङ र ५०MB सम्मको थम्बनेल सपोर्ट समेत विस्तार गर्ने योजना बनाएको छ।