सिन्ह्वा– आणविक परीक्षण अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि हानिकारक हुने भएको छ । त्यसैले अन्तर्राष्ट्रिय आणविक परीक्षण प्रतिबन्ध लगाउने भएको हो । 
कुनै पनि देशले गरेको कुनै पनि विस्फोटक आणविक हतियारको परीक्षणको विश्वव्यापी प्रयास  अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि हानिकारक र अस्थिर हुने आणविक–परीक्षण–प्रतिबन्ध सन्धि सङ्गठनका कार्यकारी सचिव रोबर्ट फ्लोइडले बताएका छन् ।  
आणविक हतियार परीक्षणको बारेमा चलिरहेका बहस तिर ध्यान आकर्षित गर्दै  विज्ञप्ति जारी गरी उनले यस्तो बताएका हुन् ।   फ्लोइडले वर्तमान अवस्थामा विश्वका नेताहरूलाई आणविक–परीक्षण–प्रतिबन्ध सन्धि (सीटीबीटी) र आणविक हतियार परीक्षणबाट मुक्त संसारको पक्षमा काम गर्ने अवसर अझै बाँकी रहेकोसमेत  उनले बताएका छन् ।  
संस्थाको अनुगमन प्रणाली परीक्षण पत्ता लगाउन र सीटीबीटी हस्ताक्षरकर्ता राज्यहरूलाई तथ्यांक प्रदान गर्न तयार रहेको उनले बतनएका हुन् ।