Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #वरिष्ठ बलराम
  • #कार्तिक_नाच
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #जेनजी_आन्दोलन
  • #छठ
Search Here
समाचार
  • Home
  • समाचार
  • चितवनमा रगतको चरम अभाव : रक्तदान गर्न आह्वान
चितवनमा रगतको चरम अभाव : रक्तदान गर्न आह्वान
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, कात्तिक १३, २०८२

चितवन - चितवनमा रगतको चरम अभाव भएको छ । चाडपर्वका कारण नियमित रक्त संकलनका कार्यक्रम नभएका  कारण जिल्लामा रगतको अभाव भएको हो । बिरामीका आफन्तले खोजेका रक्तदाता  मार्फत् मात्र रगत उपलब्ध हुने अवस्था जिल्लामा सिर्जना भएको छ ।   

चितवनमा दैनिक १०० देखि १५० यूनिट रगतको  माग हुने गरेको जनाइएको छ ।  यो सङ्ख्या सङघीय राजधानी काठमाडौ पछिको दोस्रो रगतको माग हुने जिल्ला हो ।  रगतको अभाव भएपछि भरतपुर महानगरपालिका वडा नम्बर २ मा आज आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरियो । कार्यक्रममा भरतपुर महानगरपालिका –२ र १० का वडाध्यक्ष क्रमशः मनोज रानाभाट र परमेश्वर खनाल सहित  १०५ जनाले रक्तदान गरे  ।

प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरको आग्रहमा नेपाल रेडक्रस सोसाइटी उपशाखा नारायणगढद्वारा आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । सो अवसरमा उपशाखाकी अध्यक्ष कृपा राजभण्डारीले रगतको अभाव भएपछि केन्द्रको आग्रहमा आकस्मिक रक्तदानको आयोजना गरिएको बताए । अभियानमा जनप्रतिनिधि, सामाजिक व्यक्तित्वहरुसंगै आम रक्तदाताहरुलाई रक्तदान गर्न आव्हान गरिएको थियो । 

Hardik health

नेपाल रेडक्रस सोसाइटी चितवनका सभापति हरि पौडेलले रगतको अभाव भएपछि रक्तदान गर्न सबैमा आव्हान गरिएको बताउनुभयो । उहाँका अनुसार आज नेपाल रेडक्रस सोसाईटी उपशाखा गीतानगरले पनि रक्तदान कार्यक्रम आयोजना गरेको छ । शुक्रबार लायन्स क्लबहरुले रक्तदानको कार्यक्रम आयोजना गर्दै छन् । यसबाट क्रमशः रगतको अभाव घट्दै जाने अपेक्षा गरिएको छ । 

रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार चाडपर्व, राजनीतिक गतिविधि, संघ संस्थाका गतिबिधिमा कमी, विद्यालय कलेज बिदा, खेतीपाती भित्र्याउने समय लगायतका कारण रक्तदान कार्यक्रम कम हुँदा रगतको अभाव भएको हो । दैनिक बिरामीले खोजेका रक्तदाता र स्वस्फूर्त आउनेहरु ५० हाराहारी हुने भएपनि यसले धान्न नसेको उहाँले बताउनुभयो । यहाँ रहेका क्यान्सर अस्पतालका बिरामीहरुलाई धेरै रगत आबश्यक पर्दछ । त्यसै गरी दुर्घटना, प्रसुती,  शल्यक्रिया लगायतमा रगतको अभाव हुने गर्दछ । केन्द्रले चितवन सहित छिमेकी जिल्लामा पुगेर रगत सङकलन गर्ने गरेको छ ।


प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०८२  १६:३८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बिपी राजमार्ग पुनःनिर्माणका लागि जापान सरकारबाट अनुदान सहयोग
बिपी राजमार्ग पुनःनिर्माणका लागि जापान सरकारबाट अनुदान सहयोग बिहीबार, कात्तिक १३, २०८२
भिरबाट लडेर बैतडीमा तीन जनाको मृत्यु
भिरबाट लडेर बैतडीमा तीन जनाको मृत्यु बिहीबार, कात्तिक १३, २०८२
बीपी राजमार्ग रातको समयमा बन्द
बीपी राजमार्ग रातको समयमा बन्द बिहीबार, कात्तिक १३, २०८२
उच्च हिमाली क्षेत्रमा कात्तिक १५ गतेसम्म यात्रा नगर्न प्रशासनको आग्रह
उच्च हिमाली क्षेत्रमा कात्तिक १५ गतेसम्म यात्रा नगर्न प्रशासनको आग्रह बिहीबार, कात्तिक १३, २०८२
देशभरका चार सय २८ जनालाई निःशुल्क कृत्रिम हात वितरण गरिने
देशभरका चार सय २८ जनालाई निःशुल्क कृत्रिम हात वितरण गरिने बिहीबार, कात्तिक १३, २०८२
भाषण गर्दागर्दै बिते जिफन्टका केन्द्रीय उपाध्यक्ष गौतम
भाषण गर्दागर्दै बिते जिफन्टका केन्द्रीय उपाध्यक्ष गौतम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP