Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #विकास तामाङ
  • #नेकपा एमाले
  • #आदिवासी जनजाति क्लस्टरबाट अइन्द्रसुन्दर नेम्बाङ र आदिवासी जनजाति महिला क्लस्टरबाट भूमिका सुब्बा तथा आशारत्न जबेगु
  • #फोनिज
  • #गगनकुमार थापा
  • #एमाले महाधिवेशन
  • #नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेश
  • #नेपाल कम्युनिष्ट पार्टी
  • #टेलिग्राम
Search Here
विश्व
  • Home
  • विश्व
  • ​भारतबाट रुसी तेल खरिद स्थगित
​भारतबाट रुसी तेल खरिद स्थगित
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, कात्तिक १३, २०८२

नयाँदिल्ली- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्कोका दुई प्रमुख तेल कम्पनीमाथि प्रतिबन्ध लगाएपछि भारतीय राज्य–समर्थित रिफाइनरी एचपिसिएल–मित्तल एनर्जी लिमिटेड (एचएमइएल) ले रुसी कच्चा तेल खरिद स्थगित गरेको जानकारी दिएको छ ।

राष्ट्रपति ट्रम्पले भारतमाथि लगाइएको आयात शुल्क बढाएर ५० प्रतिशत पुर्‍याएपछि गत अगस्टमा वासिङ्टन र नयाँदिल्लीबीचको सम्बन्धमा तिक्तता उत्पन्न भएको थियो । अमेरिकी अधिकारीहरूले भारतले मस्कोबाट छुटमा तेल किनेर अप्रत्यक्ष रूपमा युक्रेनमा रूसको युद्धलाई सहयोग गरिरहेको आरोप लगाएका थिए । राष्ट्रपति ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्भावित अमेरिकी व्यापार सम्झौताका सर्तहरूअन्तर्गत आफ्नो रुसी तेल आयात घटाउने सहमति जनाएको दाबी गरेका छन् । तर, भारत सरकारको तर्फबाट सो दाबीको पुष्टि भएको छैन ।

स्टिल व्यवसायी लक्ष्मी निवास मित्तल र राज्य–स्वामित्वको हिन्दुस्तान पेट्रोलियम कर्पोरेसन लिमिटेड (एचपिसिएल) बीचको संयुक्त लगानीमा स्थापित एचएमइएलले हाल जारी गरेको विज्ञप्तिमा भनिएको छ, “रूसी कच्चा तेलको थप खरिद अस्थायी रूपमा स्थगित गर्ने निर्णय गरिएको छ ।” कम्पनीले सो निर्णय संयुक्त राज्य अमेरिका, युरोपेली सङ्घ (इयु) र बेलायतले रुसबाट तेल आयातमा नयाँ प्रतिबन्ध घोषणा गरेलगत्तै लिएको बताएको छ ।

Hardik health

विज्ञप्तिमा भनिएको छ, “एचएमइएलको व्यापारिक गतिविधि भारत सरकारको नीति र राष्ट्रिय ऊर्जा सुरक्षासँग पूर्ण रूपमा सुसङ्गत रहेको छ ।” यसैबीच, रूसी तेलको अर्को प्रमुख भारतीय क्रेता रिलायन्स इन्डस्ट्रिजले पनि वासिङ्टन र इयुका ताजा प्रतिबन्धहरूको प्रभाव मूल्याङ्कन भइरहेको जनाएको छ । कम्पनीका प्रवक्ताले भनेका छन्, “हामी युरोपमा परिष्कृत पेट्रोलियम उत्पादनहरूको आयातसम्बन्धी इयुका निर्देशिका तथा भारत सरकारका दिशानिर्देशहरूको पूर्ण पालना गर्नेछौँ ।”

इयुले सन् २०२६ को अन्त्यसम्ममा रुसबाट तरल प्राकृतिक ग्यास (एलएनजी) आयातमा पूर्ण प्रतिबन्ध लगाउने घोषणा गरिसकेको छ । रिलायन्सले आफ्नो ‘परिक्षित र विविधीकृत कच्चा तेल स्रोत रणनीति’ का माध्यमबाट घरेलु र निर्यात दुवै बजारका आवश्यकताहरू पूरा गर्न र रिफाइनरी सञ्चालनलाई स्थिर राख्ने विश्वस्तता व्यक्त गरेको छ ।

लन्डनस्थित फाइनान्सियल टाइम्सले बुधबार प्रकाशित गरेको अनुसन्धान प्रतिवेदनअनुसार एचएमइएलले विगतमा त्यस्ता रूसी तेलका ढुवानीहरू प्राप्त गरेको थियो, जसमा प्रयोग भएका केही जहाजहरू पछि अमेरिका र इयुको प्रतिबन्ध सूचीमा सूचीकृत गरिएका थिए । तर कम्पनीले ती जहाजहरू आफैँले भाडामा नलिएको र सम्पूर्ण ढुवानी शृङ्खलामा आफ्नो सीमित दृश्यता रहेको स्पष्टीकरण दिएको छ ।

एचएमइएलले थप स्पष्ट गर्दै भनेको छ, “भारतमा कच्चा तेल पुर्‍याउने जहाजहरू डेलिभरीको समयमा अमेरिकी प्रतिबन्धको अधीनमा परेका थिएनन् ।” विश्वका सबैभन्दा ठूलो कच्चा तेल आयातकर्ता देशमध्ये पर्ने भारत आफ्नो कुल तेल आवश्यकताको करिब ८५ प्रतिशतभन्दा बढी विदेशी स्रोतबाट प्राप्त गर्दछ । परम्परागत रूपमा मध्यपूर्वी उत्पादकहरूमाथि निर्भर भारतले सन् २०२२ देखि पश्चिमी राष्ट्रहरूले रूसमाथि लगाएका प्रतिबन्धहरूका बीच मस्कोको छुटमा उपलब्ध कच्चा तेल खरिद गर्दै आएको थियो ।


प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०८२  १६:३७
प्रतिक्रिया दिनुहोस्
थप विश्व
अनलाइन घोटालाविरुद्ध वैश्विक पहल
अनलाइन घोटालाविरुद्ध वैश्विक पहल शुक्रबार, पुस ४, २०८२
नर्वेकी राजकुमारीको फोक्सो प्रत्यारोपणको सम्भावना
नर्वेकी राजकुमारीको फोक्सो प्रत्यारोपणको सम्भावना शुक्रबार, पुस ४, २०८२
बंगलादेशको अखवार भवनमा आगलागी, २५जना पत्रकारको उद्धार
बंगलादेशको अखवार भवनमा आगलागी, २५जना पत्रकारको उद्धार शुक्रबार, पुस ४, २०८२
आइएस-के का वरिष्ठ नेता पक्राउ
आइएस-के का वरिष्ठ नेता पक्राउ शुक्रबार, पुस ४, २०८२
सन् २०२६ मा श्रीलंका को विदेशी लगानी एक अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
सन् २०२६ मा श्रीलंका को विदेशी लगानी एक अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान शुक्रबार, पुस ४, २०८२
टिकटक-अमेरिका संयुक्त उद्यम सम्झौता
टिकटक-अमेरिका संयुक्त उद्यम सम्झौता शुक्रबार, पुस ४, २०८२
बोन्डी समुन्द्रीतटमा आक्रमण गर्ने सात जना सिड्नीमा पक्राउ: प्रहरी
बोन्डी समुन्द्रीतटमा आक्रमण गर्ने सात जना सिड्नीमा पक्राउ: प्रहरी शुक्रबार, पुस ४, २०८२
लोकप्रिय
  • Week
  • Month
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP