Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विश्व
  • Home
  • विश्व
  • ​भारतबाट रुसी तेल खरिद स्थगित
​भारतबाट रुसी तेल खरिद स्थगित
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, कात्तिक १३, २०८२

नयाँदिल्ली- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्कोका दुई प्रमुख तेल कम्पनीमाथि प्रतिबन्ध लगाएपछि भारतीय राज्य–समर्थित रिफाइनरी एचपिसिएल–मित्तल एनर्जी लिमिटेड (एचएमइएल) ले रुसी कच्चा तेल खरिद स्थगित गरेको जानकारी दिएको छ ।

राष्ट्रपति ट्रम्पले भारतमाथि लगाइएको आयात शुल्क बढाएर ५० प्रतिशत पुर्‍याएपछि गत अगस्टमा वासिङ्टन र नयाँदिल्लीबीचको सम्बन्धमा तिक्तता उत्पन्न भएको थियो । अमेरिकी अधिकारीहरूले भारतले मस्कोबाट छुटमा तेल किनेर अप्रत्यक्ष रूपमा युक्रेनमा रूसको युद्धलाई सहयोग गरिरहेको आरोप लगाएका थिए । राष्ट्रपति ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्भावित अमेरिकी व्यापार सम्झौताका सर्तहरूअन्तर्गत आफ्नो रुसी तेल आयात घटाउने सहमति जनाएको दाबी गरेका छन् । तर, भारत सरकारको तर्फबाट सो दाबीको पुष्टि भएको छैन ।

स्टिल व्यवसायी लक्ष्मी निवास मित्तल र राज्य–स्वामित्वको हिन्दुस्तान पेट्रोलियम कर्पोरेसन लिमिटेड (एचपिसिएल) बीचको संयुक्त लगानीमा स्थापित एचएमइएलले हाल जारी गरेको विज्ञप्तिमा भनिएको छ, “रूसी कच्चा तेलको थप खरिद अस्थायी रूपमा स्थगित गर्ने निर्णय गरिएको छ ।” कम्पनीले सो निर्णय संयुक्त राज्य अमेरिका, युरोपेली सङ्घ (इयु) र बेलायतले रुसबाट तेल आयातमा नयाँ प्रतिबन्ध घोषणा गरेलगत्तै लिएको बताएको छ ।

Hardik health

विज्ञप्तिमा भनिएको छ, “एचएमइएलको व्यापारिक गतिविधि भारत सरकारको नीति र राष्ट्रिय ऊर्जा सुरक्षासँग पूर्ण रूपमा सुसङ्गत रहेको छ ।” यसैबीच, रूसी तेलको अर्को प्रमुख भारतीय क्रेता रिलायन्स इन्डस्ट्रिजले पनि वासिङ्टन र इयुका ताजा प्रतिबन्धहरूको प्रभाव मूल्याङ्कन भइरहेको जनाएको छ । कम्पनीका प्रवक्ताले भनेका छन्, “हामी युरोपमा परिष्कृत पेट्रोलियम उत्पादनहरूको आयातसम्बन्धी इयुका निर्देशिका तथा भारत सरकारका दिशानिर्देशहरूको पूर्ण पालना गर्नेछौँ ।”

इयुले सन् २०२६ को अन्त्यसम्ममा रुसबाट तरल प्राकृतिक ग्यास (एलएनजी) आयातमा पूर्ण प्रतिबन्ध लगाउने घोषणा गरिसकेको छ । रिलायन्सले आफ्नो ‘परिक्षित र विविधीकृत कच्चा तेल स्रोत रणनीति’ का माध्यमबाट घरेलु र निर्यात दुवै बजारका आवश्यकताहरू पूरा गर्न र रिफाइनरी सञ्चालनलाई स्थिर राख्ने विश्वस्तता व्यक्त गरेको छ ।

लन्डनस्थित फाइनान्सियल टाइम्सले बुधबार प्रकाशित गरेको अनुसन्धान प्रतिवेदनअनुसार एचएमइएलले विगतमा त्यस्ता रूसी तेलका ढुवानीहरू प्राप्त गरेको थियो, जसमा प्रयोग भएका केही जहाजहरू पछि अमेरिका र इयुको प्रतिबन्ध सूचीमा सूचीकृत गरिएका थिए । तर कम्पनीले ती जहाजहरू आफैँले भाडामा नलिएको र सम्पूर्ण ढुवानी शृङ्खलामा आफ्नो सीमित दृश्यता रहेको स्पष्टीकरण दिएको छ ।

एचएमइएलले थप स्पष्ट गर्दै भनेको छ, “भारतमा कच्चा तेल पुर्‍याउने जहाजहरू डेलिभरीको समयमा अमेरिकी प्रतिबन्धको अधीनमा परेका थिएनन् ।” विश्वका सबैभन्दा ठूलो कच्चा तेल आयातकर्ता देशमध्ये पर्ने भारत आफ्नो कुल तेल आवश्यकताको करिब ८५ प्रतिशतभन्दा बढी विदेशी स्रोतबाट प्राप्त गर्दछ । परम्परागत रूपमा मध्यपूर्वी उत्पादकहरूमाथि निर्भर भारतले सन् २०२२ देखि पश्चिमी राष्ट्रहरूले रूसमाथि लगाएका प्रतिबन्धहरूका बीच मस्कोको छुटमा उपलब्ध कच्चा तेल खरिद गर्दै आएको थियो ।


प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०८२  १६:३७
प्रतिक्रिया दिनुहोस्
थप विश्व
दक्षिण कोरियाको “फ्लाइ ओभर” मा दुर्घटनाहुँदा तीन जनाको मृत्यु, तीन घाइते
दक्षिण कोरियाको “फ्लाइ ओभर” मा दुर्घटनाहुँदा तीन जनाको मृत्यु, तीन घाइते मंगलबार, जेठ १२, २०८३
सगरमाथाको शिखरमा गाजाको सपना
सगरमाथाको शिखरमा गाजाको सपना मंगलबार, जेठ १२, २०८३
खनिज आपूर्ति सुरक्षित गर्न भारत-अमेरिकाबीच ऐतिहासिक सम्झौता
खनिज आपूर्ति सुरक्षित गर्न भारत-अमेरिकाबीच ऐतिहासिक सम्झौता मंगलबार, जेठ १२, २०८३
श्रीलंकामा मुद्रास्फीति नियन्त्रण गर्न ब्याज दर समायोजन
श्रीलंकामा मुद्रास्फीति नियन्त्रण गर्न ब्याज दर समायोजन मंगलबार, जेठ १२, २०८३
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो मंगलबार, जेठ १२, २०८३
लेबनानमा इजरायली आक्रमण १२ जनाको मृत्यु, ३ घाइते
लेबनानमा इजरायली आक्रमण १२ जनाको मृत्यु, ३ घाइते मंगलबार, जेठ १२, २०८३
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित सोमबार, जेठ ११, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP