Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #वरिष्ठ बलराम
  • #कार्तिक_नाच
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #जेनजी_आन्दोलन
  • #छठ
Search Here
विश्व
  • Home
  • विश्व
  • इस्तानबुलमा पाकिस्तान–अफगानिस्तान शान्ति वार्ता पुनः सुरु हुने सम्भावना
इस्तानबुलमा पाकिस्तान–अफगानिस्तान शान्ति वार्ता पुनः सुरु हुने सम्भावना
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, कात्तिक १३, २०८२

एएफपी–पाकिस्तान र अफगानिस्तानबीचको शान्ति वार्ता पुनः सुरु हुने सम्भावना देखिएको छ ।  अघिल्लो चरणको वार्ता असफल भएको सरकारी घोषणा पछि पाकिस्तानी सुरक्षा स्रोतले बिहीबार दुवै देशले आगामी चरणको छलफल इस्तानबुलमा गर्ने तयारी गरिरहेको जानकारी दिएको हो । 

सन् २०२१ मा तालिबान पुनः सत्तामा फर्किएपछि दुई दक्षिण एसियाली छिमेकीबीच भएको सबैभन्दा घातक झडपपछि कतार र टर्कीको मध्यस्थतामा शान्ति वार्ताको प्रक्रिया अघि बढाइएको थियो । अक्टोबर ९ मा काबुलमा भएको भीषण विस्फोटपछि बढेको हिंसामा ७० जनाभन्दा बढीको मृत्यु र सयौँ घाइते भएका थिए । यसको जिम्मेवारीबारे अफगान अधिकारीहरूले पाकिस्तानमाथि आरोप लगाएका थिए ।

पछिल्लो वार्ता गत साताको शनिबारदेखि इस्तानबुलमा सुरु भए पनि बुधबार पाकिस्तानले सो वार्ता ‘असफल’ भएको औपचारिक घोषणा गरेको थियो । तथापि, पाकिस्तानी सुरक्षा स्रोतका अनुसार अफगान तालिबान प्रशासनको अनुरोधमा वार्ताको अर्को चरण फेरि पनि इस्तानबुलमै सञ्चालन गर्ने सम्भावना अझै खुला रहेको छ ।
नाम नखुलाउने सर्तमा एक स्रोतले भन्यो,‘अफगान पक्षको आग्रहअनुसार पाकिस्तान वार्तामा सहभागी हुन तयार छ तर आफ्नो मूल राष्ट्रिय सुरक्षाका प्राथमिकताहरूमाथि कुनै सम्झौता गर्नेछैन ।’

Hardik health

यसैबीच, अफगान राज्यद्वारा सञ्चालित प्रसारण संस्था आरटिएले पनि बिहीबार रिपोर्ट गर्दै भनेको छ, ‘टर्की र कतारको मध्यस्थतामा रोकिएको वार्ता पुनः सुरु गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।’ दुई हजार ६०० किलोमिटर (एक हजार ६०० माइल) लामो साझा सीमाले जोडिएका पाकिस्तान र अफगानिस्तानबीचका सम्बन्ध पछिल्ला वर्षहरूमा उल्लेखनीय रूपमा तनावग्रस्त बनेका छन् ।

इस्लामाबादले अफगानिस्तानलाई सीमापार आक्रमणमा संलग्न आतङ्कवादी समूहहरूलाई सुरक्षित आश्रय प्रदान गरेको आरोप लगाउँदै आएको छ । इस्लामाबादले विशेषतः तेहरीक–ए–तालिबान पाकिस्तान (टिटिपी) नामक समूहमाथि यस्तो आश्रय दिएको आरोप लगाएको छ । यस समूहले अफगान भूमिलाई आफ्नो सञ्चालन केन्द्रका रूपमा प्रयोग गर्ने गरेको पाकिस्तानको दाबी छ ।

तर तालिबान सरकारले ती आरोपहरूलाई बारम्बार अस्वीकार गर्दै आएको छ र आफ्नो भूमिबाट कुनै पनि मुलुकविरुद्ध हिंसात्मक गतिविधि सञ्चालन हुन नदिने अडान दोहोर्‍याउँदै आएको छ ।
 


प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०८२  १४:१८
प्रतिक्रिया दिनुहोस्
थप विश्व
ट्रम्पको आणविक परीक्षण टिप्पणीले दशकौँ पुरानो अमेरिकी नीति पुनः चर्चामा
ट्रम्पको आणविक परीक्षण टिप्पणीले दशकौँ पुरानो अमेरिकी नीति पुनः चर्चामा बिहीबार, कात्तिक १३, २०८२
​भारतबाट रुसी तेल खरिद स्थगित
​भारतबाट रुसी तेल खरिद स्थगित बिहीबार, कात्तिक १३, २०८२
पाकिस्तान इस्तानबुलमा अफगान तालिबानसँग वार्ता पुनः सुरु गर्न सहमत
पाकिस्तान इस्तानबुलमा अफगान तालिबानसँग वार्ता पुनः सुरु गर्न सहमत बिहीबार, कात्तिक १३, २०८२
ट्रम्पसँग व्यापारिक सहमति भएको राष्ट्रपति सीको भनाइ
ट्रम्पसँग व्यापारिक सहमति भएको राष्ट्रपति सीको भनाइ बिहीबार, कात्तिक १३, २०८२
पाकिस्तानी जेलबाट अफगान कैदी मुक्त भई स्वदेश फिर्ता
पाकिस्तानी जेलबाट अफगान कैदी मुक्त भई स्वदेश फिर्ता बिहीबार, कात्तिक १३, २०८२
रुसी तेल खरिद स्थगित गरेको भारतीय रिफाइनरीको घोषणा
रुसी तेल खरिद स्थगित गरेको भारतीय रिफाइनरीको घोषणा बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP