Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विश्व
  • Home
  • विश्व
  • इस्तानबुलमा पाकिस्तान–अफगानिस्तान शान्ति वार्ता पुनः सुरु हुने सम्भावना
इस्तानबुलमा पाकिस्तान–अफगानिस्तान शान्ति वार्ता पुनः सुरु हुने सम्भावना
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, कात्तिक १३, २०८२

एएफपी–पाकिस्तान र अफगानिस्तानबीचको शान्ति वार्ता पुनः सुरु हुने सम्भावना देखिएको छ ।  अघिल्लो चरणको वार्ता असफल भएको सरकारी घोषणा पछि पाकिस्तानी सुरक्षा स्रोतले बिहीबार दुवै देशले आगामी चरणको छलफल इस्तानबुलमा गर्ने तयारी गरिरहेको जानकारी दिएको हो । 

सन् २०२१ मा तालिबान पुनः सत्तामा फर्किएपछि दुई दक्षिण एसियाली छिमेकीबीच भएको सबैभन्दा घातक झडपपछि कतार र टर्कीको मध्यस्थतामा शान्ति वार्ताको प्रक्रिया अघि बढाइएको थियो । अक्टोबर ९ मा काबुलमा भएको भीषण विस्फोटपछि बढेको हिंसामा ७० जनाभन्दा बढीको मृत्यु र सयौँ घाइते भएका थिए । यसको जिम्मेवारीबारे अफगान अधिकारीहरूले पाकिस्तानमाथि आरोप लगाएका थिए ।

पछिल्लो वार्ता गत साताको शनिबारदेखि इस्तानबुलमा सुरु भए पनि बुधबार पाकिस्तानले सो वार्ता ‘असफल’ भएको औपचारिक घोषणा गरेको थियो । तथापि, पाकिस्तानी सुरक्षा स्रोतका अनुसार अफगान तालिबान प्रशासनको अनुरोधमा वार्ताको अर्को चरण फेरि पनि इस्तानबुलमै सञ्चालन गर्ने सम्भावना अझै खुला रहेको छ ।
नाम नखुलाउने सर्तमा एक स्रोतले भन्यो,‘अफगान पक्षको आग्रहअनुसार पाकिस्तान वार्तामा सहभागी हुन तयार छ तर आफ्नो मूल राष्ट्रिय सुरक्षाका प्राथमिकताहरूमाथि कुनै सम्झौता गर्नेछैन ।’

Hardik health

यसैबीच, अफगान राज्यद्वारा सञ्चालित प्रसारण संस्था आरटिएले पनि बिहीबार रिपोर्ट गर्दै भनेको छ, ‘टर्की र कतारको मध्यस्थतामा रोकिएको वार्ता पुनः सुरु गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।’ दुई हजार ६०० किलोमिटर (एक हजार ६०० माइल) लामो साझा सीमाले जोडिएका पाकिस्तान र अफगानिस्तानबीचका सम्बन्ध पछिल्ला वर्षहरूमा उल्लेखनीय रूपमा तनावग्रस्त बनेका छन् ।

इस्लामाबादले अफगानिस्तानलाई सीमापार आक्रमणमा संलग्न आतङ्कवादी समूहहरूलाई सुरक्षित आश्रय प्रदान गरेको आरोप लगाउँदै आएको छ । इस्लामाबादले विशेषतः तेहरीक–ए–तालिबान पाकिस्तान (टिटिपी) नामक समूहमाथि यस्तो आश्रय दिएको आरोप लगाएको छ । यस समूहले अफगान भूमिलाई आफ्नो सञ्चालन केन्द्रका रूपमा प्रयोग गर्ने गरेको पाकिस्तानको दाबी छ ।

तर तालिबान सरकारले ती आरोपहरूलाई बारम्बार अस्वीकार गर्दै आएको छ र आफ्नो भूमिबाट कुनै पनि मुलुकविरुद्ध हिंसात्मक गतिविधि सञ्चालन हुन नदिने अडान दोहोर्‍याउँदै आएको छ ।
 


प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०८२  १४:१८
प्रतिक्रिया दिनुहोस्
थप विश्व
दक्षिण कोरियाको “फ्लाइ ओभर” मा दुर्घटनाहुँदा तीन जनाको मृत्यु, तीन घाइते
दक्षिण कोरियाको “फ्लाइ ओभर” मा दुर्घटनाहुँदा तीन जनाको मृत्यु, तीन घाइते मंगलबार, जेठ १२, २०८३
सगरमाथाको शिखरमा गाजाको सपना
सगरमाथाको शिखरमा गाजाको सपना मंगलबार, जेठ १२, २०८३
खनिज आपूर्ति सुरक्षित गर्न भारत-अमेरिकाबीच ऐतिहासिक सम्झौता
खनिज आपूर्ति सुरक्षित गर्न भारत-अमेरिकाबीच ऐतिहासिक सम्झौता मंगलबार, जेठ १२, २०८३
श्रीलंकामा मुद्रास्फीति नियन्त्रण गर्न ब्याज दर समायोजन
श्रीलंकामा मुद्रास्फीति नियन्त्रण गर्न ब्याज दर समायोजन मंगलबार, जेठ १२, २०८३
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो मंगलबार, जेठ १२, २०८३
लेबनानमा इजरायली आक्रमण १२ जनाको मृत्यु, ३ घाइते
लेबनानमा इजरायली आक्रमण १२ जनाको मृत्यु, ३ घाइते मंगलबार, जेठ १२, २०८३
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित सोमबार, जेठ ११, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP