Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
समाचार
  • Home
  • समाचार
  • दक्षिण कोरियामा सीसँगको भेटपछि ट्रम्पद्वारा चीनमाथिको कर कटौती घोषणा
दक्षिण कोरियामा सीसँगको भेटपछि ट्रम्पद्वारा चीनमाथिको कर कटौती घोषणा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, कात्तिक १३, २०८२

एपी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार दक्षिण कोरियामा चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटलाई ‘अत्यन्तै सफल’ भन्दै चीनमाथि लगाइएको कर घटाउने घोषणा गरेका  छन्  । 

उनका अनुसार यस भेटपछि बेइजिङले दुर्लभ पृथ्वी तत्वहरूको निर्यात पुनः खोल्ने र अमेरिकी सोयाबिन खरिद सुरु गर्ने सहमति जनाएको छ । राष्ट्रपति ट्रम्पले एयर फोर्स वनमा पत्रकारहरूसँग भने, “हामीले यस वर्षको सुरुमा चीनलाई फेन्टानिल उत्पादनमा प्रयोग हुने रसायनहरू बेचेकोमा सजायस्वरूप लगाइएको करलाई २० प्रतिशतबाट १० प्रतिशतमा घटाउँदैछौँ ।”

यस कदमपछि चीनमाथिको कुल कर दर ५७ प्रतिशतबाट घटेर ४७ प्रतिशतमा पुगेको उनको भनाइ छ । “शून्यदेखि १० को मापनमा १० सबैभन्दा राम्रो हो भने म यो बैठकलाई १२ भन्नेछु”, राष्ट्रपति ट्रम्पले हाँस्दै भने । उनले आगामी अप्रिलमा चीन भ्रमण गर्ने र राष्ट्रपति सी पनि केही समयपछि अमेरिका आउने योजना रहेको बताए। साथै, एनभिडियाले चीनसँग उच्च प्रविधियुक्त कम्प्युटर चिप्स निर्यातबारे छलफल गर्न लागेको जानकारी पनि दिए ।

ट्रम्पले ‘धेरै चाँडै’ दुई देशबीच व्यापार सम्झौतामा हस्ताक्षर हुन सक्ने विश्वास व्यक्त गरे । “हामीबीच अहिले ठूला अवरोधहरू बाँकी छैनन्”, उनले भने ।तर, दुई मुलुकबीचको दीर्घकालीन प्रतिस्पर्धा भने कायम नै छ । विश्वका ठूला दुई अर्थतन्त्रले उत्पादन, कृत्रिम बुद्धिमत्ता (एआई) जस्ता प्रविधि विकास र युक्रेनमा युद्धजस्ता अन्तर्राष्ट्रिय मुद्दाहरूमा प्रभाव कायम राख्ने प्रयास गरिरहेका छन् ।

Hardik health

दक्षिण कोरियाको बुसान सहरमा करिब १०० मिनेट लामो वार्तापछि दुवै नेताले तनाव घटाउने र सहकार्य गर्ने प्रतिज्ञा व्यक्त गरे । राष्ट्रपति सीले पनि मतभेदका बाबजुद सँगै काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै भनरे, “हाम्रो फरक राष्ट्रिय पृष्ठभूमिका कारण कहिलेकाहीँ दृष्टिकोण फरक हुन सक्छ, तर सहकार्य अपरिहार्य छ ।”

बैठक अघि अमेरिकाले चीनमाथि थप १०० प्रतिशत आयात कर लगाउने चेतावनी दिएको थियो । तर, चिनियाँ पक्षले दुर्लभ पृथ्वी तत्वहरूको निर्यात नियन्त्रण शिथिल गर्ने र अमेरिकी कृषि उत्पादन खरिद बढाउने सङ्केत देखाएपछि वातावरण केही सहज बनेको थियो ।

 उक्त वार्तालाई ‘जी–२ बैठक’ का रूपमा व्याख्या गर्दै राष्ट्रपति ट्रम्पले यसलाई अमेरिका र चीनको विश्व अर्थतन्त्रमा अग्रणी भूमिकाको प्रतीक भन्नुभयो । यो बैठक बुसानस्थित सैन्य परिसरमा सामान्य वातावरणमा सम्पन्न भएको थियो । सामान्य रूपमा बजारले सकारात्मक प्रतिक्रिया दिएको छ । अमेरिकी सेयर बजारमा पनि व्यापारिक आशा बढेको देखिएको छ । तर, विश्लेषकहरूले यो प्रगति अस्थायी हुन सक्ने चेतावनी दिएका छन् । फाउन्डेसन फर डिफेन्स अफ डेमोक्रेसिजका वरिष्ठ निर्देशक क्रेग सिङ्गलटनका अनुसार दुवै देशले अहिलेको सहकार्यलाई अस्थिरता नियन्त्रण गर्ने उपकरणका रूपमा प्रयोग गरिरहेका छन्, प्रतिस्पर्धा भने कायम नै छ ।

गत वर्षदेखि ट्रम्प प्रशासनले चीनमाथि चरणबद्ध रूपमा नयाँ कर लगाउँदै आएको छ । यसको एक हिस्सा फेन्टानिलसम्बन्धी मुद्दासँग जोडिएको थियो । अक्टोबर १० मा चीनले दुर्लभ पृथ्वी निर्यातमा प्रतिबन्ध कडा पारेपछि ट्रम्पले १०० प्रतिशत आयात करको धम्की दिएका थिए । तर हालको सहमतिको परिणामस्वरूप यो दर ४७ प्रतिशतमा झरेको छ, जसलाई उहाँले ‘तुरुन्तै प्रभावकारी’ हुने बताए ।

विश्वको अधिकांश दुर्लभ पृथ्वी खनिज उत्पादन र प्रशोधनमा चीनको प्रभुत्व रहेको छ । पृथ्वी खनिज लडाकू विमान, विद्युतीय सवारी, रोबोट र उच्च प्रविधिका उपकरण निर्माणका लागि अत्यावश्यक मानिन्छ । अब राष्ट्रपति सी दक्षिण कोरियामा एपिइसी (एपेक) शिखर सम्मेलनका लागि केही दिन बस्नहुनेछ भने राष्ट्रपति ट्रम्प वासिङ्टन फर्कनेछ ।  पूर्व अमेरिकी अधिकारी जे ट्रुसडेलले भने, “राष्ट्रपति सीले चीनलाई भरपर्दो साझेदारका रूपमा स्थापित गर्न र कर नीतिबाट असन्तुष्ट मुलुकहरूसँग सम्बन्ध सुदृढ गर्न यो अवसरको उपयोग गर्न चाहनुहुन्छ ।”


प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०८२  १३:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दक्षिण कोरियाको “फ्लाइ ओभर” मा दुर्घटनाहुँदा तीन जनाको मृत्यु, तीन घाइते
दक्षिण कोरियाको “फ्लाइ ओभर” मा दुर्घटनाहुँदा तीन जनाको मृत्यु, तीन घाइते मंगलबार, जेठ १२, २०८३
सगरमाथाको शिखरमा गाजाको सपना
सगरमाथाको शिखरमा गाजाको सपना मंगलबार, जेठ १२, २०८३
खनिज आपूर्ति सुरक्षित गर्न भारत-अमेरिकाबीच ऐतिहासिक सम्झौता
खनिज आपूर्ति सुरक्षित गर्न भारत-अमेरिकाबीच ऐतिहासिक सम्झौता मंगलबार, जेठ १२, २०८३
श्रीलंकामा मुद्रास्फीति नियन्त्रण गर्न ब्याज दर समायोजन
श्रीलंकामा मुद्रास्फीति नियन्त्रण गर्न ब्याज दर समायोजन मंगलबार, जेठ १२, २०८३
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो मंगलबार, जेठ १२, २०८३
लेबनानमा इजरायली आक्रमण १२ जनाको मृत्यु, ३ घाइते
लेबनानमा इजरायली आक्रमण १२ जनाको मृत्यु, ३ घाइते मंगलबार, जेठ १२, २०८३
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित सोमबार, जेठ ११, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP