Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #वरिष्ठ बलराम
  • #कार्तिक_नाच
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #जेनजी_आन्दोलन
  • #छठ
Search Here
विश्व
  • Home
  • विश्व
  • रूसद्वारा केही दिनमै दोस्रो आणविक परीक्षण
रूसद्वारा केही दिनमै दोस्रो आणविक परीक्षण
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, कात्तिक १३, २०८२

मस्को- रुसले केही दिनभित्रै दोस्रो पटक नयाँ आणविक प्रणालीको परीक्षण गरेको राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार बताएका छन्।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीलाई अवज्ञा गर्दै रूसले आइतबार अर्को अत्याधुनिक आणविक क्षमताको ‘बुरेभेस्टनिक’ क्रुज क्षेप्यास्त्रको परीक्षण गरेको हो । 

राष्ट्रपति ट्रम्पले त्यो अभ्यास ‘उपयुक्त’ नभएको बताएका छन् । युक्रेनमा घाइते भएका रुसी सैनिकको उपचारमा संलग्न सैनिक अस्पतालको भ्रमण गर्ने क्रममा बुधबार पुटिनले भने , “हिजो भविष्यको अर्को सम्भावित आणविक प्रणालीको अर्को परीक्षण गरिएको छ । मानवरहित पानीमुनि मार हान्न मिल्ने उपकरण ‘पोसाइडन’ मा आणविक ऊर्जा एकाइ पनि जडान गरिएको छ ।”

रुसी नेताले भने, “टोरपिडो ड्रोन रोक्ने कुनै उपाय छैन । यो परम्परागत पनडुब्बीहरूभन्दा उच्च गतिमा यात्रा गर्न सक्छ र विश्वको कुनै पनि महाद्वीपमा पुग्न सक्छ।” नेता पुटिनले भने, “गति र गहिराइमा डुब्ने कार्य पोसाइडनको बराबरी कुनै पनि देशले गर्न सक्दैन र निकट भविष्यमा त्यस्तो हुने सम्भावना पनि छैन।”

Hardik health

रूसी सैन्य औद्योगिक क्षेत्रको एक स्रोतका अनुसार यो उपकरण एक किलोमिटर भन्दा बढीको गहिराइमा काम गर्न सक्दछ र समुद्रमा ७० सम्मको गतिमा यात्रा गर्न सक्दछ र यसलाई त्यहाँ पत्ता लगाउन सकिँदैन। सन् २०१८ मा पहिलो पटक परीक्षण गरिएको यो उपकरणले दुई मेगाटनसम्मको परमाणु हतियार बोक्न सक्ने क्षमता रहेको स्रोतले बतायो ।
 
आइतबारको क्रुज मिसाइल परीक्षणपछि ट्रम्पले पुटिनलाई युक्रेनमा युद्ध अन्त्य गर्नमा ध्यान केन्द्रित गर्न आग्रह गरेका छन् । उनले भने, “युक्रेनमा युद्ध समाप्त गर्नु पर्छ। एक हप्ता लाग्ने युद्धको चौथो वर्ष सुरु भएको छ । क्षेप्यास्त्र परीक्षण होइन युद्ध अन्त्य गर्नुपर्छ।” अमेरिकी राष्ट्रपतिलेरुसी नेताले द्वन्द्व अन्त्यका लागि सम्झौता गर्न अनिच्छुक देखिएको भन्दै गत हप्ता बुडापेस्टमा पुटिनसँग हुने भनिएको शिखर सम्मेलनलाई  रद्द गरिएको बताएका थिए । 

राष्ट्रपति ट्रम्प जनवरीमा ह्वाइट हाउस फर्केदेखि नै सम्झौता गर्ने प्रयास गरिरहनुभएको छ। तर वार्तामा कुनै प्रगति भएको छैन । उनले युद्धविरामको लागि धेरै आह्वानहरू अस्वीकार गरेका पुटिनसँग बढ्दो निराशा देखाएका छन् । वासिङटनले गत हप्ता रुसका दुई ठूला तेल कम्पनीहरूमाथि प्रतिबन्ध लगाएको थियो र युक्रेन युद्ध अन्त्य गर्न पुटिनसँगको वार्ता ‘कहीँ पनि नपुग्ने’ गुनासो गरेका थिए। सन् २०१८ मा पश्चिमा विरोधी भाषणका क्रममा पुटिनले पहिलो पटक रुसले बुरेभेस्टनिक र पोसिडोनको विकास गरेको घोषणा गरेका थिए । 
 


प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०८२  ११:४४
प्रतिक्रिया दिनुहोस्
थप विश्व
इस्तानबुलमा पाकिस्तान–अफगानिस्तान शान्ति वार्ता पुनः सुरु हुने सम्भावना
इस्तानबुलमा पाकिस्तान–अफगानिस्तान शान्ति वार्ता पुनः सुरु हुने सम्भावना बिहीबार, कात्तिक १३, २०८२
रुसी तेल खरिद स्थगित गरेको भारतीय रिफाइनरीको घोषणा
रुसी तेल खरिद स्थगित गरेको भारतीय रिफाइनरीको घोषणा बिहीबार, कात्तिक १३, २०८२
दक्षिण कोरियामा सीसँगको भेटपछि ट्रम्पद्वारा चीनमाथिको कर कटौती घोषणा
दक्षिण कोरियामा सीसँगको भेटपछि ट्रम्पद्वारा चीनमाथिको कर कटौती घोषणा बिहीबार, कात्तिक १३, २०८२
भारतमा छठ पर्वका अवसरमा नुहाउने क्रममा डुबेर १३३ जनाको मृत्यु
भारतमा छठ पर्वका अवसरमा नुहाउने क्रममा डुबेर १३३ जनाको मृत्यु बिहीबार, कात्तिक १३, २०८२
ब्राजिलमा ‘लागुऔषध गिरोहविरुद्ध’ को प्रहरीको कारबाहीमा मृत्यु हुनेको सङ्ख्या १३२ पुग्यो
ब्राजिलमा ‘लागुऔषध गिरोहविरुद्ध’ को प्रहरीको कारबाहीमा मृत्यु हुनेको सङ्ख्या १३२ पुग्यो बिहीबार, कात्तिक १३, २०८२
अमेरिका र कोरियाबीच व्यापार सम्झौता
अमेरिका र कोरियाबीच व्यापार सम्झौता बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP