Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #विकास तामाङ
  • #नेकपा एमाले
  • #आदिवासी जनजाति क्लस्टरबाट अइन्द्रसुन्दर नेम्बाङ र आदिवासी जनजाति महिला क्लस्टरबाट भूमिका सुब्बा तथा आशारत्न जबेगु
  • #फोनिज
  • #गगनकुमार थापा
  • #एमाले महाधिवेशन
  • #नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेश
  • #नेपाल कम्युनिष्ट पार्टी
  • #टेलिग्राम
Search Here
विश्व
  • Home
  • विश्व
  • ब्राजिलमा ‘लागुऔषध गिरोहविरुद्ध’ को प्रहरीको कारबाहीमा मृत्यु हुनेको सङ्ख्या १३२ पुग्यो
ब्राजिलमा ‘लागुऔषध गिरोहविरुद्ध’ को प्रहरीको कारबाहीमा मृत्यु हुनेको सङ्ख्या १३२ पुग्यो
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, कात्तिक १३, २०८२

एजेन्सी -  ब्राजिलको इतिहासमा लागुऔषध गिरोहहरूविरुद्ध प्रहरीले गरेको रक्तपातपूर्ण छापामा बुधबारसम्म १३२ जनाको मृत्यु भएको छ। ब्राजिलको रियो दि जेनेरियोको सार्वजनिक सुरक्षा बलको कार्यालयले बुधबार घटनाको पुष्टि गरेको हाे। 

“पछिल्लो जानकारी अनुसार कारबाहीमा १३२ जनाको मृत्यु भएको छ,” गरिबहरूलाई कानुनी सहायता प्रदान गरिरहेको रियो राज्यको सार्वजनिक सुरक्षा कार्यालयले एएफपीसँग भन्यो।

अन्य स्रोतबाट यो तथ्याङ्क तत्काल पुष्टि भएको छैन ।यसअघि रियो राज्यका गभर्नर क्लाउडियो क्यास्ट्रोले मङ्गलबारको हिंसामा परी मृत्यु हुनेको सङ्ख्या ६० को हाराहारीमा रहेको बताएका थिए। 

सैन्य शैलीको अपरेशनको क्रममा चार प्रहरी अधिकारीहरू मारिएका छन् । करिब दुई हजार ५०० प्रहरी अधिकारीहरूको रियोको सबैभन्दा शक्तिशाली आपराधिक सङ्गठन, कोमान्डो भर्मेल्होसँग भिडन्त भएको थियो । उत्तरी रियोमा लक्षित दुई घना आबादी मजदुर वस्तीमध्ये एक पेन्हा परिसरमा स्थानीय बासिन्दाहरू बुधबार बिहानै कम्तिमा ५० मृतक भेटिएका एक स्थानीयले बताए । 

Hardik health

“राज्य नरसंहारमा आयो, यो प्रहरी कारबाही होइन । उनीहरू सिधै मार्न र ज्यान लिन आएका थिए,” नाम बताउन नचाहने एक महिलाले सबै पीडितको आवाज भन्दै एएफपीसँग बताइन्।  अधिकारीहरूका अनुसार रियोको अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको पेन्हा भवन परिसर (कम्प्लेक्स) र अलेमाओ कम्प्लेक्समा लागुऔषध कारबाहीका क्रममा भएको झडपमा ‘६० अपराधी’ मारिएका छन्।

मृत्युदण्ड

आक्रोशित बासिन्दाहरूले प्रहरीले ‘मृत्युदण्ड’ को शैलीमा ‘निहत्था’ नागरिकको हत्या गरेको आरोप लगाए । मानवअधिकारकर्मीसमेत रहेका स्थानीय बासिन्दा राउल सान्टियागोले भने, “त्यहाँ त्यस्ता व्यक्तिहरू छन् । मानौ उनीहरूलाई ‘मृत्युदण्ड’ दिइएको छ । तिनीहरूमध्ये धेरैलाई टाउकोको पछाडिको भाग र ढाडमा गोली हानिएको छ। यसलाई सार्वजनिक सुरक्षा मान्न सकिदैन।”  

आफन्त गुमाएका तीन परिवारका तर्फबाट प्रतिनिधित्व गर्ने वकिल अल्बिनो परेरा नेटोले भने, “केही मृतकको शरीरमा ‘पोलेको दाग’ भएको र मारिएकामध्ये केहीलाई बाँधेर राखिएको थियो।” फाभेलासका सडकहरूमा युद्धको अवस्था आएपछि कारबाहीमा भाग लिने ठूलो सङ्ख्याका प्रहरी अधिकारीहरूलाई बख्तरबन्द गाडीहरू, हेलिकप्टरहरू र ड्रोनहरूले सघाएका थिए, किनकि फाभेलासका सडकहरूमा युद्धको दृश्य देखिन्थ्यो।

प्रहरी र संदिग्ध गिरोहका सदस्यहरूले भारी गोली चलाए। छिमेकको वरिपरि गोलाबारी बर्से ।अधिकारीहरूले संदिग्धहरूले बसहरू ब्यारिकेडको रूपमा प्रयोग गरेको र ड्रोनको प्रयोग गरेर प्रहरीलाई विस्फोटक पदार्थले आक्रमण गरेको आरोप लगाएका छन्।रियो राज्यका गभर्नर क्लाउडियो क्यास्ट्रोले मङ्गलबार एक्समा लेखेका छन्, “यो सामान्य अपराध होइन, तर लागूऔषधको नाममा गरिएको आतङ्क हो ।”
---


प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०८२  १०:४४
प्रतिक्रिया दिनुहोस्
थप विश्व
अनलाइन घोटालाविरुद्ध वैश्विक पहल
अनलाइन घोटालाविरुद्ध वैश्विक पहल शुक्रबार, पुस ४, २०८२
नर्वेकी राजकुमारीको फोक्सो प्रत्यारोपणको सम्भावना
नर्वेकी राजकुमारीको फोक्सो प्रत्यारोपणको सम्भावना शुक्रबार, पुस ४, २०८२
बंगलादेशको अखवार भवनमा आगलागी, २५जना पत्रकारको उद्धार
बंगलादेशको अखवार भवनमा आगलागी, २५जना पत्रकारको उद्धार शुक्रबार, पुस ४, २०८२
आइएस-के का वरिष्ठ नेता पक्राउ
आइएस-के का वरिष्ठ नेता पक्राउ शुक्रबार, पुस ४, २०८२
सन् २०२६ मा श्रीलंका को विदेशी लगानी एक अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
सन् २०२६ मा श्रीलंका को विदेशी लगानी एक अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान शुक्रबार, पुस ४, २०८२
टिकटक-अमेरिका संयुक्त उद्यम सम्झौता
टिकटक-अमेरिका संयुक्त उद्यम सम्झौता शुक्रबार, पुस ४, २०८२
बोन्डी समुन्द्रीतटमा आक्रमण गर्ने सात जना सिड्नीमा पक्राउ: प्रहरी
बोन्डी समुन्द्रीतटमा आक्रमण गर्ने सात जना सिड्नीमा पक्राउ: प्रहरी शुक्रबार, पुस ४, २०८२
लोकप्रिय
  • Week
  • Month
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP