Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विश्व
  • Home
  • विश्व
  • ब्राजिलमा ‘लागुऔषध गिरोहविरुद्ध’ को प्रहरीको कारबाहीमा मृत्यु हुनेको सङ्ख्या १३२ पुग्यो
ब्राजिलमा ‘लागुऔषध गिरोहविरुद्ध’ को प्रहरीको कारबाहीमा मृत्यु हुनेको सङ्ख्या १३२ पुग्यो
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, कात्तिक १३, २०८२

एजेन्सी -  ब्राजिलको इतिहासमा लागुऔषध गिरोहहरूविरुद्ध प्रहरीले गरेको रक्तपातपूर्ण छापामा बुधबारसम्म १३२ जनाको मृत्यु भएको छ। ब्राजिलको रियो दि जेनेरियोको सार्वजनिक सुरक्षा बलको कार्यालयले बुधबार घटनाको पुष्टि गरेको हाे। 

“पछिल्लो जानकारी अनुसार कारबाहीमा १३२ जनाको मृत्यु भएको छ,” गरिबहरूलाई कानुनी सहायता प्रदान गरिरहेको रियो राज्यको सार्वजनिक सुरक्षा कार्यालयले एएफपीसँग भन्यो।

अन्य स्रोतबाट यो तथ्याङ्क तत्काल पुष्टि भएको छैन ।यसअघि रियो राज्यका गभर्नर क्लाउडियो क्यास्ट्रोले मङ्गलबारको हिंसामा परी मृत्यु हुनेको सङ्ख्या ६० को हाराहारीमा रहेको बताएका थिए। 

सैन्य शैलीको अपरेशनको क्रममा चार प्रहरी अधिकारीहरू मारिएका छन् । करिब दुई हजार ५०० प्रहरी अधिकारीहरूको रियोको सबैभन्दा शक्तिशाली आपराधिक सङ्गठन, कोमान्डो भर्मेल्होसँग भिडन्त भएको थियो । उत्तरी रियोमा लक्षित दुई घना आबादी मजदुर वस्तीमध्ये एक पेन्हा परिसरमा स्थानीय बासिन्दाहरू बुधबार बिहानै कम्तिमा ५० मृतक भेटिएका एक स्थानीयले बताए । 

Hardik health

“राज्य नरसंहारमा आयो, यो प्रहरी कारबाही होइन । उनीहरू सिधै मार्न र ज्यान लिन आएका थिए,” नाम बताउन नचाहने एक महिलाले सबै पीडितको आवाज भन्दै एएफपीसँग बताइन्।  अधिकारीहरूका अनुसार रियोको अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको पेन्हा भवन परिसर (कम्प्लेक्स) र अलेमाओ कम्प्लेक्समा लागुऔषध कारबाहीका क्रममा भएको झडपमा ‘६० अपराधी’ मारिएका छन्।

मृत्युदण्ड

आक्रोशित बासिन्दाहरूले प्रहरीले ‘मृत्युदण्ड’ को शैलीमा ‘निहत्था’ नागरिकको हत्या गरेको आरोप लगाए । मानवअधिकारकर्मीसमेत रहेका स्थानीय बासिन्दा राउल सान्टियागोले भने, “त्यहाँ त्यस्ता व्यक्तिहरू छन् । मानौ उनीहरूलाई ‘मृत्युदण्ड’ दिइएको छ । तिनीहरूमध्ये धेरैलाई टाउकोको पछाडिको भाग र ढाडमा गोली हानिएको छ। यसलाई सार्वजनिक सुरक्षा मान्न सकिदैन।”  

आफन्त गुमाएका तीन परिवारका तर्फबाट प्रतिनिधित्व गर्ने वकिल अल्बिनो परेरा नेटोले भने, “केही मृतकको शरीरमा ‘पोलेको दाग’ भएको र मारिएकामध्ये केहीलाई बाँधेर राखिएको थियो।” फाभेलासका सडकहरूमा युद्धको अवस्था आएपछि कारबाहीमा भाग लिने ठूलो सङ्ख्याका प्रहरी अधिकारीहरूलाई बख्तरबन्द गाडीहरू, हेलिकप्टरहरू र ड्रोनहरूले सघाएका थिए, किनकि फाभेलासका सडकहरूमा युद्धको दृश्य देखिन्थ्यो।

प्रहरी र संदिग्ध गिरोहका सदस्यहरूले भारी गोली चलाए। छिमेकको वरिपरि गोलाबारी बर्से ।अधिकारीहरूले संदिग्धहरूले बसहरू ब्यारिकेडको रूपमा प्रयोग गरेको र ड्रोनको प्रयोग गरेर प्रहरीलाई विस्फोटक पदार्थले आक्रमण गरेको आरोप लगाएका छन्।रियो राज्यका गभर्नर क्लाउडियो क्यास्ट्रोले मङ्गलबार एक्समा लेखेका छन्, “यो सामान्य अपराध होइन, तर लागूऔषधको नाममा गरिएको आतङ्क हो ।”
---


प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०८२  १०:४४
प्रतिक्रिया दिनुहोस्
थप विश्व
दक्षिण कोरियाको “फ्लाइ ओभर” मा दुर्घटनाहुँदा तीन जनाको मृत्यु, तीन घाइते
दक्षिण कोरियाको “फ्लाइ ओभर” मा दुर्घटनाहुँदा तीन जनाको मृत्यु, तीन घाइते मंगलबार, जेठ १२, २०८३
सगरमाथाको शिखरमा गाजाको सपना
सगरमाथाको शिखरमा गाजाको सपना मंगलबार, जेठ १२, २०८३
खनिज आपूर्ति सुरक्षित गर्न भारत-अमेरिकाबीच ऐतिहासिक सम्झौता
खनिज आपूर्ति सुरक्षित गर्न भारत-अमेरिकाबीच ऐतिहासिक सम्झौता मंगलबार, जेठ १२, २०८३
श्रीलंकामा मुद्रास्फीति नियन्त्रण गर्न ब्याज दर समायोजन
श्रीलंकामा मुद्रास्फीति नियन्त्रण गर्न ब्याज दर समायोजन मंगलबार, जेठ १२, २०८३
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो मंगलबार, जेठ १२, २०८३
लेबनानमा इजरायली आक्रमण १२ जनाको मृत्यु, ३ घाइते
लेबनानमा इजरायली आक्रमण १२ जनाको मृत्यु, ३ घाइते मंगलबार, जेठ १२, २०८३
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित सोमबार, जेठ ११, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP