Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #वरिष्ठ बलराम
  • #कार्तिक_नाच
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #जेनजी_आन्दोलन
  • #छठ
  • #बाघ
Search Here
समाचार
  • Home
  • समाचार
  • प्रधानन्त्रीको आह्वानमा त्रिपक्षीय छलफल सुरु
प्रधानन्त्रीको आह्वानमा त्रिपक्षीय छलफल सुरु
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, कात्तिक १२, २०८२

काठमाडौ– प्रधानमन्त्री सुशीला कार्कीको अह्वानमा सरकार, राजनीतिक दल र जेनजी समूहको त्रिपक्षीय छलफल सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटमा छलफल भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा राजनीतिक दलबाट १६ र जेनजी समूहबाट १४ जनाको सहभागिता रहेको छ । निर्वाचनको वातावरण बनाउन पहिलो पटक हुन लागेको यस प्रकारको महत्त्वपूर्ण छलफलमा सरकार तर्फबाट प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा र शिक्षामन्त्री महावीर पुन हुनुहुन्छ ।
जेनजी समूहबाट ‘इण्डिजिनिस जेनजी केलेक्टिभ’, ‘हाउ टु देश विकास’ र ‘जेनजी मुभमेन्ट एलाइन्स’का तर्फबाट १३ जना सहभागी छ । छलफलमा आगामी फागुन २१ गतेका लागि निर्धारित निर्वाचनको समग्र वातावरण निर्माण, राजनीतिक समझदारी जुटाउने लगायतका विषय कार्यसूची रहेको छ । 

राजनीतिक दलका तर्फबाट नेपाली कांग्रेसका प्रवक्ता प्रकाशरण महत, नेकपा (एमाले) का तर्फबाट केन्द्रीय सदस्य महेश बर्तौला, युवा सङ्घका अध्यक्ष क्षितिज थेवे, नेकपा (माओवादी केन्द्र)बाट नेताहरू नारायणकाजी श्रेष्ठ, वर्षामान पुन र माधव सापकोटा सहभागी हुनुहुन्छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपभापति डा स्वर्णीम वाग्ले र केन्द्रीय सदस्य निशा डाँगी, नेकपा (एकीकृत समाजवादी)बाट प्रकाश ज्वाला र राजेन्द्र पाण्डे र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट महामन्त्री राजेन्द्र गुरुङ र प्रवक्ता मोहन श्रेष्ठ सहभागी हुनुहुन्छ ।

Hardik health

जेनजीका तर्फबाट १३ जना प्रतिनिधि मोनिका निरौला, रक्षा बम, पुरुषोत्तम यादव, सामना लावती, खेमराज साउद, उपअर्जुन चाम्लिङ, भोजविक्रम थापा, मिराज ढुङ्गाना, विवेक दाहाल, जेम्स कार्की, रेहनराज डङ्गोल, अमित खनाल र राजन रानामगर रहेका छन् ।

निर्वाचन सफल बनाउन सरकारले चरणबद्ध वार्ता र छलफल गर्दै आएको छ । यसअघि कात्तिक ४ प्रधानन्त्री कार्कीको आह्वानमा सरकार र राजनीतिक दलबीच छलफल भएको थियो । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री कार्की र जेनजी समूहबीच छलफल भइसकेको छ ।
 


प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२  १७:३५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लोबुचे हेलिकप्टर दुर्घटनाः पाइलट सकुशल, पुच्छरको भागमा क्षति
लोबुचे हेलिकप्टर दुर्घटनाः पाइलट सकुशल, पुच्छरको भागमा क्षति बुधबार, कात्तिक १२, २०८२
राष्ट्रियसभा सदस्यको निर्वाचन माघ ११ गते हुने
राष्ट्रियसभा सदस्यको निर्वाचन माघ ११ गते हुने बुधबार, कात्तिक १२, २०८२
सर्वसाधारण यात्रुलक्षित टेलिकमकाे फ्रि वाइफाइ  सञ्चालन
सर्वसाधारण यात्रुलक्षित टेलिकमकाे फ्रि वाइफाइ  सञ्चालन बुधबार, कात्तिक १२, २०८२
एसएसपी प्रकाश रानाभाटले दिए राजीनामा
एसएसपी प्रकाश रानाभाटले दिए राजीनामा बुधबार, कात्तिक १२, २०८२
छोराको निधनपछि गौरवको परिवार सहाराविहीन
छोराको निधनपछि गौरवको परिवार सहाराविहीन बुधबार, कात्तिक १२, २०८२
ऊर्जामन्त्री घिसिङ र भारतका विद्युत्मन्त्री खट्ठरबीच भेटवार्ता
ऊर्जामन्त्री घिसिङ र भारतका विद्युत्मन्त्री खट्ठरबीच भेटवार्ता बुधबार, कात्तिक १२, २०८२
लोकप्रिय
  • Week
  • Month
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
‘बेली चमेली’ गीत सार्वजनिक 
‘बेली चमेली’ गीत सार्वजनिक 
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP