Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #वरिष्ठ बलराम
  • #कार्तिक_नाच
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #जेनजी_आन्दोलन
  • #छठ
  • #बाघ
Search Here
समाचार
  • Home
  • समाचार
  • छोराको निधनपछि गौरवको परिवार सहाराविहीन
छोराको निधनपछि गौरवको परिवार सहाराविहीन
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, कात्तिक १२, २०८२

सुदूरपश्चिम– विदेश गएर कमाइ गरी परिवारको सहज जीविकोपार्जनमा बुबालाई सहयोग गर्ने उद्देश्य बोकेका धनगढी उपमहानगरपालिका–५ तारानगरका २३ वर्षीय गौरव जोशीको निधनपछि उनको परिवार सहाराविहीन भएको छ । 

गत भदौ २३ गते जेनजी प्रदर्शनका क्रममा काठमाडौँमा छोराको निधन भएपछि बुवा वासुदेव जोशीसहित परिवार सहाराविहीन भएको हो । गौरवको कन्चटमा गोली लागेको थियो । विदेश पुगेर गर्ने कमाइले परिवार पाल्ने आफ्नो वचन पूरा नगर्दै सधैँका लागि अस्ताएपछि गौरवको परिवारका सदस्य शोकमा डुबेका छन् । कलिलै उमेरमा भएको निधनपछि गौरवका बुवा, आमा र दिदीका आँसु रोकिएको छैन । पुत्र शोकका कारण वासुदेव जोशी भेटेर समवेदना दिनेहरू समक्ष टोलाइरहनुहुन्छ । समवेदना दिन उनको निवासमा पुग्ने आफन्तजन, इष्टमित्र, साथीभाइले स्वर्गीय गौरवप्रति श्रद्धाञ्जली दिइरहँदा वासुदेवको पीडा सहजै महसुस गर्न सकिन्छ ।

धनगढीको ऐश्वर्य विद्या निकेतन स्कुलबाट १२ कक्षा उत्तीर्ण भएपछि गौरव तीन वर्षअघि इञ्जिनीयर अध्ययन गर्ने योजनासहित काठमाडौँ पुग्नुभएको थियो । ७६वर्षीय वासुदेवले भने,‘इञ्जिनीयर पढ्न चाहिने खर्चको जोहो गर्न धनगढीको घरलाई बैंकमा धितो राखेर ऋण लिने प्रक्रिया अघि बढाइसकेको थिएँ, तर छोराले बेलायत गएर कमाईसँगै पढाइ गर्ने योजनासहित भिसा (राहदानी) को पहल गरिरहेको थियो । भदौ २३ गते उसँगै हाम्रा सपनाको निधन भएको छ ।’

बैतडीको दागेडाकेदार पुख्र्यौली घर भएका जोशी वन कार्यालयमा अस्थायी रूपमा कार्यरत रहँदा करिब ४५ वर्षअघि धनगढीमा बसाइँसराइ गराएका थिए । उनले वन कार्यालयको नोकरी छाडेर धनगढीमा फर्निचर उद्योग सञ्चालन गरी जीविकोपार्जनसँगै सन्तानको पढाइ खर्च जुटाएका थिए । अहिले उनको सामाजिक सुरक्षा भत्ता र आफू बस्ने घरको कोठा भाडाका पुग्ने बाहेक अन्य आम्दानीको स्रोत छैन ।

Hardik health

गत भदौ २३ गते काठमाडौँमा भएको जेनजी प्रदर्शनका क्रममा छोरालाई गोली लागेको खबर दोस्रो दिन बिहान मात्रै थाहा पाएको वासुदेवले बताए । उनले भने,‘धनगढीमा रहेको सहोदर भाइको घरबाट खबर सुनाउन आफ्नो घरमा बिहानै चार–पाँच पुग्दा आफूसँगै परिवार झसङ्ग भयौँ, त्यसपछि अन्योल र अनिश्चितताको वातावरण बनेको छ ।’

छोराको आशमा पहिलो श्रीमतिको सहमतिमा उनले दोस्रो विवाह गरेका थिए । कान्छीबाट छोरा गौरव जन्मिएका थिए । उनकी छोरी निशा ‘एयर हेस्टेस’ अध्ययन सकाएर नोकरीको खोजीमा छन् । काठमाडौँको बानेश्वरमा कोठा भाडामा लिएर आमा र दिदीसँगै बस्दै आएका गौरवमा नेतृत्वदायी भूमिका निर्वाह गर्नसक्ने क्षमता थियो । भदौ २३ गतेको प्रदर्शनका क्रममा गौरवले सामाजिक सञ्जाल बन्द, विद्यमान बेथितिविरुद्ध तथा भ्रष्टाचार नियन्त्रणका विषयमा दिएका प्रतिक्रिया भिडियो (श्रव्यदृश्य)मार्फत सार्वजनिक भएका थिए ।

‘जन्मेपछि मृत्यु अनिवार्य हुन्छ ,तर त्यसले कृति गरेर जाँदाको अर्थ र महत्त्व बेग्लै रहन्छ, बैतडीमा जन्मिएका सहीद दशरथ चन्दले कृति बनाएर गएजस्तै आफ्नो छोराले पनि कृति बनाएर गएको छ’, बुवा वासुदेवले भने । सरकारले समाजिक सञ्जाल बन्द गर्दा जेनजीहरूले प्रदर्शन गर्दैछन् भन्नेसम्म सूचना नपाउनुभएका वासुदेवले गोली लागेर छोराको मृत्यु हुन्छ भन्ने कल्पना पनि गरेका थिए । 

घटनापछि परिवारका अन्य सदस्यसहित उनले गौरवको अन्त्येष्टिका लागि धनगढीबाट काठमाडौँ पुगेका थिए । वासुदेवले थपे, ‘काठमाडौँमा छोराको अन्त्येष्टिका दिनको शवयात्राले आफूलाई चिनायो, आफ्नै ठाउँमा भने छोराको फोटोसहितको यात्राले बजार परिक्रमा गरिदिएको भए मन केही शान्त हुन्थ्यो, तर कसैले गरेनन् ।’ सरकारले जेनजी प्रदर्शनका क्रममा निधन भएका गौरव जोशीसहित सबैलाई सहीद घोषणा गर्दै जनही  १५ लाख रुपैयाँ राहत उपलब्ध गराइसकेको छ । उनको स्मृतिमा धनगढीको कुनै सार्वजनिक ठाउँमा शालिक निर्माण गर्न जग्गा र आर्थिक सहयोगका लागि दाताको अपेक्षामा वासुदेव छन् । हालसम्म कतैबाट पनि सहयोग पाउन नसकेको उनले बताए ।

शालिक निर्माणका लागि सार्वजनिक जग्गाको खोजीमा छु, धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले विवाद नआउने खालको जग्गा खोज्नुस्, सहयोग गर्छौँ भन्ने अश्वासन दिनुभएको छ’, वासुदेवले भने । सहीद गौरवको स्मृतिमा धनगढीको पार्कमोडमा श्रद्धाञ्जलीसभा गरिएको छ । 

जेनजी मार्ग र गौरव जोशीमार्ग नामाकरण 

जेनजी प्रदर्शनपछि धनगढी उपमहानगरपालिका कार्यालयले कार्यालय नजिकै रहेको पार्कमोड आसपासको सडकलाई ‘जेनजी मार्ग नामाकरण गरेको छ । यसैगरी तारानगर टोलस्थित गौरव जोशीको घर अगाडिको सडकलाई टोलवासीको पहलमा ‘गौरव मार्ग’ नामाकरण गरिएको छ ।
 


प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२  १५:२२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रधानन्त्रीको आह्वानमा त्रिपक्षीय छलफल सुरु
प्रधानन्त्रीको आह्वानमा त्रिपक्षीय छलफल सुरु बुधबार, कात्तिक १२, २०८२
लोबुचे हेलिकप्टर दुर्घटनाः पाइलट सकुशल, पुच्छरको भागमा क्षति
लोबुचे हेलिकप्टर दुर्घटनाः पाइलट सकुशल, पुच्छरको भागमा क्षति बुधबार, कात्तिक १२, २०८२
राष्ट्रियसभा सदस्यको निर्वाचन माघ ११ गते हुने
राष्ट्रियसभा सदस्यको निर्वाचन माघ ११ गते हुने बुधबार, कात्तिक १२, २०८२
सर्वसाधारण यात्रुलक्षित टेलिकमकाे फ्रि वाइफाइ  सञ्चालन
सर्वसाधारण यात्रुलक्षित टेलिकमकाे फ्रि वाइफाइ  सञ्चालन बुधबार, कात्तिक १२, २०८२
एसएसपी प्रकाश रानाभाटले दिए राजीनामा
एसएसपी प्रकाश रानाभाटले दिए राजीनामा बुधबार, कात्तिक १२, २०८२
ऊर्जामन्त्री घिसिङ र भारतका विद्युत्मन्त्री खट्ठरबीच भेटवार्ता
ऊर्जामन्त्री घिसिङ र भारतका विद्युत्मन्त्री खट्ठरबीच भेटवार्ता बुधबार, कात्तिक १२, २०८२
लोकप्रिय
  • Week
  • Month
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
‘बेली चमेली’ गीत सार्वजनिक 
‘बेली चमेली’ गीत सार्वजनिक 
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP