Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #विकास तामाङ
  • #नेकपा एमाले
  • #आदिवासी जनजाति क्लस्टरबाट अइन्द्रसुन्दर नेम्बाङ र आदिवासी जनजाति महिला क्लस्टरबाट भूमिका सुब्बा तथा आशारत्न जबेगु
  • #फोनिज
  • #गगनकुमार थापा
  • #एमाले महाधिवेशन
  • #नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेश
  • #नेपाल कम्युनिष्ट पार्टी
  • #टेलिग्राम
Search Here
विश्व
  • Home
  • विश्व
  • शेख हसिनाको चेतावनी : ‘अवामी लिग बिना निर्वाचनले बंगलादेशमा विभाजनको बीज रोप्नेछ’
शेख हसिनाको चेतावनी : ‘अवामी लिग बिना निर्वाचनले बंगलादेशमा विभाजनको बीज रोप्नेछ’
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, कात्तिक १२, २०८२

नयाँदिल्ली-बंगलादेशकी फरार पूर्व प्रधानमन्त्री शेख हसिनाले आफ्नो पार्टी अवामी लिगबिना हुने आगामी निर्वाचनले देशमा नयाँ विभाजनको ‘बीज रोप्ने’ चेतावनी दिएका छन् । 

उनले एएफपीलाई पठाएका लिखित प्रतिक्रियामा, आफ्नो पतनपछि पहिलो पटक सार्वजनिक रूपमा बोल्दै मानवता विरुद्धको अपराधको मुद्दालाई ‘न्यायशास्त्रको मजाक’ र ‘पूर्वनिर्धारित फैसला’ भन्दै कडा आलोचना गरे।

सन् २०२४ अगस्टमा विद्यार्थी नेतृत्वको विद्रोहपछि उनको १५ वर्ष लामो शासन अन्त्य भएको थियो । भीडले सरकारी निवासमा आक्रमण गरेपछि उनी हेलिकप्टरमार्फत देशबाट भागेका थिए । संयुक्त राष्ट्रसङ्घका अनुसार आन्दोलनमा दमनका क्रममा करिब एक हजार ४०० जनाको मृत्यु भएको थियो । यो अहिले उहाँमाथि चलिरहेको मुद्दाको केन्द्र विषय बनेको छ ।

७८ वर्षीया हसिनाले अहिले भारतमा शरण लिइरहनुभएको छ । उहाँले आफूविरुद्धको आरोपलाई राजनीतिक प्रतिशोधको परिणाम बताउँदै भनिन्, “ममाथि लगाइएका सबै आरोपहरू पूर्ण रूपमा अस्वीकार्य र प्रमाणरहित छन् । यो अनिर्वाचित प्रशासनले तयार पारेको राजनीतिक षड्यन्त्र हो ।”

Hardik health

उनले भनिन्, “अवामी लिगको सहभागिताबिना हुने निर्वाचन विश्वसनीय हुन सक्दैन । यस्ता कदमले देशमा भविष्यको विभाजन र अस्थिरताको बीज रोप्नेछ ।” नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा बनेको अन्तरिम सरकारले मे महिनामा अवामी लिगमाथि आतङ्कवाद विरोधी ऐन अन्तर्गत प्रतिबन्ध लगाएको थियो । यसलाई ह्युमन राइट्स वाचले ‘कठोर र अलोकतान्त्रिक’ भन्दै निन्दा गरेको थियो ।

हसिनाले स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि सबै दलहरूको प्रत्यक्ष सहभागिता आवश्यक रहेको बताउँदै भनिन् , “निर्वाचन भनेको विचारहरूको प्रतिस्पर्धा हो । तपाईंले कुनै पार्टीलाई मन नपरेर बहिष्कार गर्न सक्नुहुन्न ।” उनले विद्रोहका दिनहरू सम्झँदै भनेका छन्, “ती डरलाग्दा क्षणहरूमा ज्यान गुमाएका सबैका लागि म गहिरो शोक व्यक्त गर्छु ।” उनले आफ्नो शासनकालमा भएका गल्तीहरू स्वीकार गर्दै पनि भनिन्, “केही त्रुटिहरू आदेशको शृङ्खलामा भएका थिए, तर निर्णयहरू सद्भावका साथ, हिंसा घटाउने उद्देश्यले गरिएका थिए ।”

अभियोजन पक्षले अदालतमा प्रहरीद्वारा प्रमाणित अडियो टेप प्रस्तुत गरेको छ, जसमा हसिनाले सुरक्षाकर्मीहरूलाई प्रदर्शनकारीहरू विरुद्ध ‘घातक हतियार प्रयोग गर्न’ आदेश दिएको उल्लेख छ । तर उनले ती रेकर्डिङलाई ‘सन्दर्भबाट बाहिर निकालिएको’ बताइन् ।उनले हालै आफ्ना समर्थकमाथि भइरहेको दमनलाई पनि औँल्याउँदै भनिन्, “अपरेसन डेभिल हन्ट नामक कारबाहीमा हजारौँ अवामी लिग कार्यकर्ता पक्राउ परेका छन्, यो पूर्ण रूपमा राजनीतिक सफाया हो ।”

यसैबीच, उनले आफ्नै शासनकालमा बेपत्ता भएका नागरिकहरूको विषयमा कुनै प्रतिक्रिया जनाएकी छैनन् । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) मा अवामी लिगका वकिलहरूले हालै ‘प्रतिशोधात्मक हिंसा’ का घटनाहरूको अनुसन्धानको माग गरेकी छन् ।

नोभेम्बर १३ मा फैसला हुने यो मुद्दामा दोषी ठहरिए मृत्युदण्ड हुन सक्ने बताइएको छ । त्यसबारे हसिनाले भनिन् , “दुःखको कुरा, फैसला पहिले नै तय भइसकेको छ, त्यसैले जब त्यो आउँछ, म आश्चर्यचकित हुनेछैन ।”    भविष्यमा राजनीतिमा फर्कनेबारे प्रश्न गर्दा उनले जवाफ दिइन्  “मेरो प्राथमिकता बंगलादेशको स्थिरता र जनताको कल्याण हो, व्यक्तिगत सत्ता होइन ।”
 


प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२  १३:४६
प्रतिक्रिया दिनुहोस्
थप विश्व
अनलाइन घोटालाविरुद्ध वैश्विक पहल
अनलाइन घोटालाविरुद्ध वैश्विक पहल शुक्रबार, पुस ४, २०८२
नर्वेकी राजकुमारीको फोक्सो प्रत्यारोपणको सम्भावना
नर्वेकी राजकुमारीको फोक्सो प्रत्यारोपणको सम्भावना शुक्रबार, पुस ४, २०८२
बंगलादेशको अखवार भवनमा आगलागी, २५जना पत्रकारको उद्धार
बंगलादेशको अखवार भवनमा आगलागी, २५जना पत्रकारको उद्धार शुक्रबार, पुस ४, २०८२
आइएस-के का वरिष्ठ नेता पक्राउ
आइएस-के का वरिष्ठ नेता पक्राउ शुक्रबार, पुस ४, २०८२
सन् २०२६ मा श्रीलंका को विदेशी लगानी एक अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
सन् २०२६ मा श्रीलंका को विदेशी लगानी एक अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान शुक्रबार, पुस ४, २०८२
टिकटक-अमेरिका संयुक्त उद्यम सम्झौता
टिकटक-अमेरिका संयुक्त उद्यम सम्झौता शुक्रबार, पुस ४, २०८२
बोन्डी समुन्द्रीतटमा आक्रमण गर्ने सात जना सिड्नीमा पक्राउ: प्रहरी
बोन्डी समुन्द्रीतटमा आक्रमण गर्ने सात जना सिड्नीमा पक्राउ: प्रहरी शुक्रबार, पुस ४, २०८२
लोकप्रिय
  • Week
  • Month
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP