Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #वरिष्ठ बलराम
  • #कार्तिक_नाच
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #जेनजी_आन्दोलन
  • #छठ
  • #बाघ
Search Here
समाचार
  • Home
  • समाचार
  • प्रतिनिधिसभा विघटनविरुद्ध रिट सुनुवाइ गर्न संवैधानिक इजलास गठन
प्रतिनिधिसभा विघटनविरुद्ध रिट सुनुवाइ गर्न संवैधानिक इजलास गठन
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, कात्तिक १२, २०८२

काठमाडौं– सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनको सनुुवाइ गर्न संवैधानिक इजलास गठन भएको छ ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुँयाल र डा मनोजकुमार शर्माको संवैधानिक इजलास गठन गरिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए ।

वर्तमान अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत भदौ २७ गते प्रतिनिधिसभा विघटन गरेका थिए । यसै सन्दर्भमा अन्तरिम सरकारका प्रधानमन्त्रीको नियुक्तिसहित संसद् विघटन बदर तथा संसद् पुनःस्थापनासम्बन्धी  परमादेशको माग गर्दै  सर्वोच्च अदालतमा १६ वटा रिट निवेदन दायर भएकामा आजदेखि प्रारम्भिक सुनुवाइ हुँदैछ ।

Hardik health

गत भदौ २४ गते सर्वोच्च अदालतको मूल भवनमा आगजनी हुँदा कार्यसम्पादन प्रभावित भएको अवस्थामा आजदेखि एनेक्स भवनको संवैधानिक इजलासमा उक्त रिट निवेदनको सुनुवाइ हुने अदालत प्रशासनले जनाएको छ ।

जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते अदालतमा आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाटबाट क्षति भएपछि बन्दी प्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदन दर्ता र सुनुवाइबाहेक सबै काम स्थगन भएको थियो । गत असोज २८ गतेदेखि  रिट निवेदन दर्ता र सुनुवाइ खुलेपछि प्रतिनिधिसभा विघटनविरुद्ध रिट निवेदन परेका थिए ।

रिट निवेदन पेस गर्नेहरूमा अधिवक्ता डा प्रेमराज सिलवाल, युवराज पौडेल, अधिवक्ता कीर्तिनाथ शर्मा पौडेल, आयुष बडाल, मकबुल मियाँ, अधिवक्ता खडकबहादुर शाह, डम्बरप्रसाद शिवाकोटी, अधिवक्ता दलबहादुर धामी, प्रकाश भुजेल र विपिन ढकाललगायत छन्  ।

यसअघि प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित सम्पूर्ण न्यायाधीशको पूर्ण बैठक (फूलकोर्ट) ले गत  असोज २८ रिट निवेदन दर्ता एवं सुनुवाइ गर्ने निर्णय गरेको थियो ।

जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडबाट क्षतिग्रस्त सर्वोच्च अदालतको ‘डिजिटल’ प्रणाली ‘रिकभर’ भएको छ । यो प्रणाली रिकभर भएसँगै विचाराधीन एवं फैसला भइसकेका मुद्दाको तथ्याङ्कहरू सुरक्षित अवस्थामा पाइएको प्रवक्ता कोइरालाले जानकारी दिए  । सर्वोच्च अदालतमा अहिले पाँचवटा इजलासमात्रै सञ्चालन गरेर सुनुवाइ भइरहेको छ ।
 


प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२  १२:२३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सर्वसाधारण यात्रुलक्षित टेलिकमकाे फ्रि वाइफाइ  सञ्चालन
सर्वसाधारण यात्रुलक्षित टेलिकमकाे फ्रि वाइफाइ  सञ्चालन बुधबार, कात्तिक १२, २०८२
एसएसपी प्रकाश रानाभाटले दिए राजीनामा
एसएसपी प्रकाश रानाभाटले दिए राजीनामा बुधबार, कात्तिक १२, २०८२
छोराको निधनपछि गौरवको परिवार सहाराविहीन
छोराको निधनपछि गौरवको परिवार सहाराविहीन बुधबार, कात्तिक १२, २०८२
ऊर्जामन्त्री घिसिङ र भारतका विद्युत्मन्त्री खट्ठरबीच भेटवार्ता
ऊर्जामन्त्री घिसिङ र भारतका विद्युत्मन्त्री खट्ठरबीच भेटवार्ता बुधबार, कात्तिक १२, २०८२
डेढ वर्षदेखि अलपत्र कुश्मा बसपार्क सञ्चालनको तयारीमा
डेढ वर्षदेखि अलपत्र कुश्मा बसपार्क सञ्चालनको तयारीमा बुधबार, कात्तिक १२, २०८२
‘हिडन भ्याली’ मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : सेना
‘हिडन भ्याली’ मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : सेना बुधबार, कात्तिक १२, २०८२
प्रतिनिधिसभा विघटनविरुद्ध रिट सुनुवाइ सुरु
प्रतिनिधिसभा विघटनविरुद्ध रिट सुनुवाइ सुरु बुधबार, कात्तिक १२, २०८२
लोकप्रिय
  • Week
  • Month
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
‘बेली चमेली’ गीत सार्वजनिक 
‘बेली चमेली’ गीत सार्वजनिक 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP