Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
विश्व
  • Home
  • विश्व
  • ट्रम्पले तेस्रो कार्यकाल गरे अस्वीकार
ट्रम्पले तेस्रो कार्यकाल गरे अस्वीकार
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, कात्तिक १२, २०८२

एएफपी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार संविधानमा तोकिएको सीमा स्वीकार गर्दै आफूलाई तेस्रो कार्यकालका लागि चुनाव लड्ने अनुमति नभएको स्पष्ट रूपमा बताएका छन् ।सन् २०१७ देखि सन् २०२१ सम्म पहिलो कार्यकाल पूरा गरेका ट्रम्पले हालै जनवरीमा दोस्रो कार्यकाल सुरु गरेका हुन् ।

संविधानअनुसार अमेरिकी राष्ट्रपतिलाई अधिकतम दुई कार्यकालसम्म मात्र शासन गर्न सकिने प्रावधान छ । यही सीमालाई स्वीकार गर्दै ट्रम्पले भने, “मसँग इतिहासकै सबैभन्दा उच्च जनमत छ, तर मैले पढेको आधारमा मलाई तेस्रो पटक चुनाव लड्न अनुमति छैन । यो साँच्चै निकै नराम्रो कुरा हो ।” 

 ७९ वर्षीय राष्ट्रपति ट्रम्प र उनका समर्थकबीच सन् २०२८ को चुनावमा पुनः उम्मेदवारीबारे चर्चाले अमेरिकामा लामो समयदेखि ध्यान आकर्षित गरिरहेको छ । उनका विरोधीहरूले यसलाई चिन्ताको रूपमा लिँदा समर्थकहरूले भने जयजयकार गर्दै उहाँलाई निरन्तर शासनको आग्रह गर्दै आएका छन् । संवैधानिक प्रतिबन्ध हुँदाहुँदै पनि उनका केही कट्टर समर्थकहरूले उनलाई हालको कार्यकालपछि पनि शासनमा रहिरहन आग्रह गर्दै आएका छन् ।

Hardik health

पूर्व रियालिटी टेलिभिजन स्टार ट्रम्पले केही समयअघि ओभल अफिसको डेस्कमा ‘ट्रम्प २०२८’ लेखिएको रातो टोपी प्रदर्शन गर्नुभएको थियो, जसले पुनः तेस्रो कार्यकालको चर्चा चुल्याएको थियो । उनका समर्थकमाझ एउटा लोकप्रिय धारणा छ कि उपराष्ट्रपति जेडी भान्स सन् २०२८ मा ट्रम्पसँगै राष्ट्रपति पदका लागि संयुक्त टिकटमा उम्मेदवार बन्न सक्नुहुन्छ । तर ट्रम्पले यस विचारलाई अस्वीकार गर्दै बुधबार पुनः भने, “म पुनः चुनाव लड्न नसक्ने कुरा अत्यन्त स्पष्ट छ, तर हाम्रो देशमा धेरै महान व्यक्तिहरू छन् ।”

यसैबीच, अमेरिकी सदनका सभामुख माइक जोनसनले पनि क्यापिटलमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पसँगको वार्ताको प्रसङ्ग उल्लेख गर्दै भने, “मैले राष्ट्रपतिसँग तेस्रो कार्यकालबारे कुरा गरेको छु तर त्यसका लागि कुनै वैधानिक बाटो देखिँदैन ।”  जोनसनले संविधानको २२औँ संशोधनको व्याख्या गर्दै भने, “संविधान स्पष्ट छ—राष्ट्रपतिले दुई कार्यकालभन्दा बढी शासन गर्न सक्दैन । संविधान संशोधन गर्न प्रयास गरे पनि त्यो प्रक्रिया निकै लामो हुन्छ; यसका लागि कङ्ग्रेसको दुई तिहाइ र राज्यहरूको तीन चौथाइ अनुमोदन आवश्यक पर्छ, जुन अहिले असम्भवजस्तै देखिन्छ ।”

ट्रम्पका पूर्व सल्लाहकार तथा ‘मेक अमेरिका ग्रेट अगेन’ आन्दोलनका प्रमुख रणनीतिज्ञ स्टिभ बेननले गत हप्ता द इकोनोमिस्टसँगको अन्तर्वार्तामा ‘ट्रम्प फेरि ह्वाइट हाउसमा फर्कनुहुनेछ, उनी सन् २०२८ मा पनि राष्ट्रपति हुनेहुनेछ र मानिसहरूले त्यसको तयारी गर्नुपर्छ’ भनेपछि तेस्रो कार्यकालबारे चर्चा फेरि तीव्र बनेको हो ।  २२औँ संशोधनका सन्दर्भमा सोधिएको प्रश्नमा बेननले भनेको थियो, “यसका धेरै विकल्पहरू छन् । उचित समयमा हामी हाम्रो योजना के हो भनेर जनतालाई बताउनेछौँ ।”यससँगै, ट्रम्पले संविधानको सीमा स्वीकार गर्दै तेस्रो कार्यकालमा उम्मेदवारी नदिने अठोट सार्वजनिक रूपले प्रष्ट पार्नुभएको छ तर अमेरिकी राजनीतिको केन्द्रमा उहाँको प्रभाव अझै उतिकै बलियो देखिन्छ ।
 


प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२  ११:४५
प्रतिक्रिया दिनुहोस्
थप विश्व
आर्थिक क्षतिपूर्ति नपाएसम्म होर्मुज जलमार्ग नखोल्ने इरानकाे अडान
आर्थिक क्षतिपूर्ति नपाएसम्म होर्मुज जलमार्ग नखोल्ने इरानकाे अडान सोमबार, चैत २३, २०८२
द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित
द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित आइतबार, चैत २२, २०८२
माल्दिभ्समा मतदाताले खारेज गरे चुनाव एकैपटक गर्ने प्रस्ताव
माल्दिभ्समा मतदाताले खारेज गरे चुनाव एकैपटक गर्ने प्रस्ताव आइतबार, चैत २२, २०८२
अमेरिकी सेनाको विमानमा आक्रमण, क्षेत्रीय अस्थिरता बढ्यो
अमेरिकी सेनाको विमानमा आक्रमण, क्षेत्रीय अस्थिरता बढ्यो आइतबार, चैत २२, २०८२
साउदी अरबद्वारा ‘शम्स’ उपग्रह सफल प्रक्षेपण, अन्तरिक्ष क्षेत्रमा नयाँ उपलब्धि
साउदी अरबद्वारा ‘शम्स’ उपग्रह सफल प्रक्षेपण, अन्तरिक्ष क्षेत्रमा नयाँ उपलब्धि आइतबार, चैत २२, २०८२
पाकिस्तानमा भएको विस्फोटमा पाँच जनाको मृत्यु : प्रहरी
पाकिस्तानमा भएको विस्फोटमा पाँच जनाको मृत्यु : प्रहरी शुक्रबार, चैत २०, २०८२
म्यान्मामा सैनिक शासनको निरन्तरता
म्यान्मामा सैनिक शासनको निरन्तरता शुक्रबार, चैत २०, २०८२
लोकप्रिय
  • Week
  • Month
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
आदिवासी जनजाती महिला महासंघकाे अध्यक्षमा शाेभा  सुनुवार निर्वाचित
आदिवासी जनजाती महिला महासंघकाे अध्यक्षमा शाेभा सुनुवार निर्वाचित
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP