Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
विश्व
  • Home
  • विश्व
  • पूर्व प्रधानमन्त्री आबे हत्या प्रकरणमा अभियुक्त यामागामीमाथि सुनुवाइ सुरु
पूर्व प्रधानमन्त्री आबे हत्या प्रकरणमा अभियुक्त यामागामीमाथि सुनुवाइ सुरु
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, कात्तिक ११, २०८२

एपी–जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको हत्या अभियोगको मुद्दा मंगलबारदेखि टोकियोमा औपचारिक रूपमा सुरु भएको छ । यस ऐतिहासिक प्रकरणमा अभियुक्त ४५ वर्षीय तेत्सुया यामागामीमाथि घरेलु हतियार प्रयोग गरी पूर्व प्रधानमन्त्रीको हत्या गरेको आरोप लगाइएको हो ।

मुद्दाको पहिलो दिन यामागामी अदालतमा उपस्थित हुँदा उनी कालो टप र खैरो पाइन्टमा देखिएका थिए । लामो कपाललाई पोनीटेलमा बाँधेका यामागामीले अभियोजकहरूले पढेका आरोपहरूमा आफू दोषी ठहर भएको कुरा जापानी प्रसारक एनएचकेले उल्लेख गरेको छ ।

आबे सन् २०२२ मा निर्वाचन प्रचारका क्रममा नारा सहरमा भएको गोलीकाण्डमा मारिनुभएको थियो । यामागामीले आफ्नो बयानमा बताएका अनुसार, उनले आबेप्रति व्यक्तिगत वैरभावले नभई, बरु विवादास्पद युनिफिकेसन चर्चप्रति आक्रोशका कारण आक्रमण गरेका हुन् । उक्त चर्चसँग आबे र अन्य जापानी राजनीतिज्ञहरूको निकट सम्बन्ध रहेको विश्वास उनले गरेका थिए ।

Hardik health

सन् १९५४ मा दक्षिण कोरियामा स्थापना भएको युनिफिकेसन चर्चले दशकौँदेखि जापानमा विवाद र कानूनी चुनौतीको सामना गर्दै आएको छ । अभियुक्तका अनुसार, चर्चमा आमाले गरेको ठूलो आर्थिक अनुदानका कारण परिवार आर्थिक रूपमा ध्वस्त भएको थियो, जसले उनलाई प्रतिशोधी कदम चाल्न प्रेरित गर्‍यो ।

यो मुद्दा जापानका युद्धपछिका राजनीतिक इतिहासका सबैभन्दा चर्चित घटनामध्ये एक बनेको छ । आबे जापानका सबैभन्दा लामो समयसम्म सेवा गर्ने प्रधानमन्त्री हुनुहुन्थ्यो र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग उनको विशेष सम्बन्ध थियो । नयाँ प्रधानमन्त्री सानाए ताकाइचीले पनि मंगलबार ट्रम्पसँगको भेटमा आबेलाई ‘महान मित्र’ भन्दै श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

क्योदो समाचार एजेन्सीका अनुसार यो मुद्दा डिसेम्बरको मध्यसम्म टुगिंने अपेक्षा गरिएको छ । युनिफिकेसन चर्च अहिले पनि जापानमा सयौँ कानूनी मुद्दाहरूमा संलग्न छ । यसले आफ्ना सदस्यहरूलाई बचत र सम्पत्ति दान गर्न दबाब दिएको आरोप लगाइएको छ । दशकौँसम्म राजनीतिक संरक्षणका कारण चर्च जाँचबाट प्रायः उम्कँदै आएको बताइन्छ ।

आबे हत्या प्रकरणलाई जापानको सामाजिक, धार्मिक र राजनीतिक सम्बन्धका जटिल पक्षहरू उजागर गर्ने एउटा गम्भीर मोडका रूपमा हेरिएको छ ।


 


प्रकाशित मिति: मंगलबार, कात्तिक ११, २०८२  १२:५६
प्रतिक्रिया दिनुहोस्
थप विश्व
आर्थिक क्षतिपूर्ति नपाएसम्म होर्मुज जलमार्ग नखोल्ने इरानकाे अडान
आर्थिक क्षतिपूर्ति नपाएसम्म होर्मुज जलमार्ग नखोल्ने इरानकाे अडान सोमबार, चैत २३, २०८२
द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित
द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित आइतबार, चैत २२, २०८२
माल्दिभ्समा मतदाताले खारेज गरे चुनाव एकैपटक गर्ने प्रस्ताव
माल्दिभ्समा मतदाताले खारेज गरे चुनाव एकैपटक गर्ने प्रस्ताव आइतबार, चैत २२, २०८२
अमेरिकी सेनाको विमानमा आक्रमण, क्षेत्रीय अस्थिरता बढ्यो
अमेरिकी सेनाको विमानमा आक्रमण, क्षेत्रीय अस्थिरता बढ्यो आइतबार, चैत २२, २०८२
साउदी अरबद्वारा ‘शम्स’ उपग्रह सफल प्रक्षेपण, अन्तरिक्ष क्षेत्रमा नयाँ उपलब्धि
साउदी अरबद्वारा ‘शम्स’ उपग्रह सफल प्रक्षेपण, अन्तरिक्ष क्षेत्रमा नयाँ उपलब्धि आइतबार, चैत २२, २०८२
पाकिस्तानमा भएको विस्फोटमा पाँच जनाको मृत्यु : प्रहरी
पाकिस्तानमा भएको विस्फोटमा पाँच जनाको मृत्यु : प्रहरी शुक्रबार, चैत २०, २०८२
म्यान्मामा सैनिक शासनको निरन्तरता
म्यान्मामा सैनिक शासनको निरन्तरता शुक्रबार, चैत २०, २०८२
लोकप्रिय
  • Week
  • Month
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
आदिवासी जनजाती महिला महासंघकाे अध्यक्षमा शाेभा  सुनुवार निर्वाचित
आदिवासी जनजाती महिला महासंघकाे अध्यक्षमा शाेभा सुनुवार निर्वाचित
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP