Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
विश्व
  • Home
  • विश्व
  • जापानमा भालु आक्रमण तीव्र, गभर्नरद्वारा सैन्य सहयोगको आह्वान
जापानमा भालु आक्रमण तीव्र, गभर्नरद्वारा सैन्य सहयोगको आह्वान
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, कात्तिक ११, २०८२

एएफपी– जापानमा यस वर्ष रेकर्डस्तरमा पुगेका भालु आक्रमणहरूका कारण उत्तर जापानका एक गभर्नरले सेनाबाट सहयोग मागेका छन् । अकिता प्रान्तका गभर्नर केन्टा सुजुकीले मङ्गलबार रक्षामन्त्रीलाई सम्बोधन गर्दै ‘आत्मरक्षा बलको सहयोगबिना नागरिकहरूको जीवन रक्षा असम्भव भएको’ बताए ।

सरकारी तथ्यांकअनुसार यस वर्ष हालसम्म भालु आक्रमणमा १० जनाको ज्यान गइसकेको छ । यो सन् २०२४ मार्चमा समाप्त अघिल्लो आर्थिक वर्षको छ जनाको रेकर्डभन्दा बढी हो । सुजुकीले भने,‘घाँटी र अनुहार लक्षित आक्रमण अत्यन्त सामान्य भइसकेका छन्, जसले भयावह स्थिति सिर्जना गरेको छ ।’

भालुहरू अब केवल पहाडी क्षेत्रमा सीमित नरही सहर र बस्तीमा समेत देखिन थालेका छन् । ‘स्थानीय बासिन्दाको दैनिकी नै अवरुद्ध भएको अवस्था असामान्य छ’, गभर्नरले चेतावनी दिए । रक्षामन्त्री सिन्जिरो कोइजुमीले जवाफमा सरकारले ‘सुरक्षा पुनःस्थापना गर्न उपलब्ध सबै अधिकार र साधन प्रयोग गर्ने’ प्रतिबद्धता जनाए  । वातावरण मन्त्रालयका अधिकारीका अनुसार पछिल्लो पीडित अकिताको पहाडी गाउँमा तीन अन्य व्यक्तिसँगै आक्रमणमा परेका थिए । यद्यपि पछिल्ला केही घटनाहरू अझै आधिकारिक तथ्यांकमा समावेश भएका छैनन् ।

Hardik health

स्थानीय मिडियाका अनुसार सोमबार अकिताको धानखेतमा एक महिला मृत फेला परेकी थिइन् र इवाटे क्षेत्रमा एक पुरुष र उनको कुकुर पनि आक्रमणको शिकार बनेका थिए । विशेषतः उत्तरी क्षेत्रमा भालुहरूले हालै पर्यटकमाथि आक्रमण गर्ने, पसल र विद्यालयनजिक प्रवेश गर्ने घटनाहरू बढेका छन् । एकोर्नजस्ता खानाको कमी र जलवायु परिवर्तनका कारण जनावरहरू बस्तीमा पस्न थालेको बताइन्छ । तातो मौसमले उनीहरूको हाइबरनेसन (शीतनिद्रा) ढाँचामा समेत असर पारेको छ ।जापानमा दुई प्रजातिका भालु पाइन्छन् — एसियाली कालो भालु (चन्द्र भालु) र ठूलो आकारका खैरो भालु, जुन मुख्यतः होक्काइडो टापुमा बसोबास गर्छन् । तिनको तौल करिब ५०० किलोग्रामसम्म पुग्न सक्छ ।

प्रत्येक वर्ष सयौँ भालु मारिए पनि वृद्ध जनसख्या र घट्दो सिकारीको सङ्ख्याले नियन्त्रण कठिन बनाएको छ ।
गत हप्तामात्र वातावरण मन्त्री हिरोटाका इशिहाराले भालु आक्रमणलाई ‘गम्भीर र राष्ट्रिय समस्या’ भन्दै सिकार सुरक्षालाई सुदृढ बनाउने, सिकारीलाई तालिम दिने र भालु जनसख्या व्यवस्थापनका उपायहरू बलियो बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।
 


प्रकाशित मिति: मंगलबार, कात्तिक ११, २०८२  १२:२८
प्रतिक्रिया दिनुहोस्
थप विश्व
आर्थिक क्षतिपूर्ति नपाएसम्म होर्मुज जलमार्ग नखोल्ने इरानकाे अडान
आर्थिक क्षतिपूर्ति नपाएसम्म होर्मुज जलमार्ग नखोल्ने इरानकाे अडान सोमबार, चैत २३, २०८२
द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित
द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित आइतबार, चैत २२, २०८२
माल्दिभ्समा मतदाताले खारेज गरे चुनाव एकैपटक गर्ने प्रस्ताव
माल्दिभ्समा मतदाताले खारेज गरे चुनाव एकैपटक गर्ने प्रस्ताव आइतबार, चैत २२, २०८२
अमेरिकी सेनाको विमानमा आक्रमण, क्षेत्रीय अस्थिरता बढ्यो
अमेरिकी सेनाको विमानमा आक्रमण, क्षेत्रीय अस्थिरता बढ्यो आइतबार, चैत २२, २०८२
साउदी अरबद्वारा ‘शम्स’ उपग्रह सफल प्रक्षेपण, अन्तरिक्ष क्षेत्रमा नयाँ उपलब्धि
साउदी अरबद्वारा ‘शम्स’ उपग्रह सफल प्रक्षेपण, अन्तरिक्ष क्षेत्रमा नयाँ उपलब्धि आइतबार, चैत २२, २०८२
पाकिस्तानमा भएको विस्फोटमा पाँच जनाको मृत्यु : प्रहरी
पाकिस्तानमा भएको विस्फोटमा पाँच जनाको मृत्यु : प्रहरी शुक्रबार, चैत २०, २०८२
म्यान्मामा सैनिक शासनको निरन्तरता
म्यान्मामा सैनिक शासनको निरन्तरता शुक्रबार, चैत २०, २०८२
लोकप्रिय
  • Week
  • Month
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
आदिवासी जनजाती महिला महासंघकाे अध्यक्षमा शाेभा  सुनुवार निर्वाचित
आदिवासी जनजाती महिला महासंघकाे अध्यक्षमा शाेभा सुनुवार निर्वाचित
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP