Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #एनएफपिजे
  • #फाउल_पोक्स
  • #निर्वाचन_आयोग
  • #श्रम संस्कृति पार्टीका उपाध्यक्ष देवराज लामा
  • #सिसी क्यामेरा
  • #रास्वपा
  • #गगनकुमार थापा
  • #नाकछोङ
Search Here
समाचार
  • Home
  • समाचार
  • दुई समूहमा सार्वजनिक संस्थान वर्गीकरण गरिने
दुई समूहमा सार्वजनिक संस्थान वर्गीकरण गरिने
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, कात्तिक ११, २०८२

काठमाडौं -  सार्वजनिक संस्थानलाई व्यावसायिक र रणनीतिक गरी दुई समूहमा वर्गीकरण गरिने भएको छ । सरकारद्वारा जारी ‘सार्वजनिक संस्थानको व्यवस्थापन तथा सुशासन नीति, २०८२’ अनुसार दुई समूहमा वर्गीकरण गर्ने जनाइएको हो ।

गत असोज १२ गतेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत उक्त नीतिअनुसार निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने क्षेत्रका सार्वजनिक संस्थानलाई व्यावसायिक संस्थानमा वर्गीकरण गरिने उल्लेख छ । सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न, राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतिबद्धता पूरा गर्न वा निजी क्षेत्र संलग्न नभएको अत्यावश्यकीय सेवा प्रदान गर्ने संस्थानलाई रणनीतिक सार्वजनिक संस्थानका रुपमा अघि बढाइने भएको हो ।

त्यसैगरी सबै सार्वजनिक संस्थानलाई कम्पनी मोडलमा लैजाने पनि नीतिमा उल्लेख छ । “सार्वजनिक संस्थान स्थापनाको कानुनी आधार परिवर्तन गर्दै सबै सार्वजनिक संस्थानलाई क्रमशः कम्पनीमा परिणत गरिनेछ”, नीतिमा भनिएको छ । संस्थानहरुको नियमनकारी तथा सञ्चालनसम्बन्धी कार्य अलग रुपमा गर्ने, शेयर स्वामित्वका आधारमा सञ्चालकको प्रतिनिधित्व हुने व्यवस्था गर्नेलगायतका कार्यनीतिहरु पनि अघि सारिएका छन् ।

Hardik health

संस्थानको आर्थिक कारोबारलाई पूर्णतः विद्युतीय बनाउने, नेपाल सरकारको नाममा रहेको शेयर स्वामित्वलाई सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको नाममा अभौतिककीकरण गर्ने, संस्थानको उद्देश्य र कार्यक्षेत्रमा स्वार्थको द्वन्द्व नहुनेगरी निजी क्षेत्रको प्रतिनिधित्व गराउनेलगायतका विषयहरु पनि नयाँ नीतिमा राखिएका छन् । संस्थानहरुको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरी अनावश्यक र असान्दर्भिक दरबन्दी खारेज गरिनेसमेत उल्लेख छ ।

सार्वजनिक संस्थानहरुको पदाधिकारी नियुक्तिसम्बन्धी मापदण्ड तथा कार्यविधि तयार पार्ने, गठन आदेश, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र विभिन्न कानुनद्वारा स्थापना गरिएका सार्वजनिक संस्थानलाई क्रमशः कम्पनी ऐन २०६३ बमोजिम कम्पनीमा परिणत गर्ने प्रक्रिया अघि बढाइने पनि नीतिमा उल्लेख छ ।पछिल्ला वर्षहरुमा सार्वजनिक संस्थानको प्रतिस्पर्धी र व्यावसायिक क्षमता कमजोर हुनु गएको छभने वित्तीय अवस्था बर्सेनि खस्कँदो छ ।

सार्वजनिक संस्थान स्थापनाको उद्देश्यबमोजिम गुणस्तरीय वस्तु तथा सेवाको उत्पादन र वितरण सहज, सुलभ बनाउने र व्यवसायिक रुपमा प्रतिस्पर्धी बनाउने उद्देश्यसहित यो नीति जारी गरिएको हो । हाल कायम ४५ वटा सार्वजनिक संस्थानमध्ये २० वटा सरकारको पूर्ण स्वामित्व र २५ वटा अधिकांश स्वामित्वमा सञ्चालित छन् । हाल छवटा संस्थानले कुनै व्यावसायिक कारोबार गरेका छैनन्भने दुईवटा निष्क्रिय अवस्थामा छन् । सञ्चालनमा रहेका सार्वजनिक संस्थानमध्ये २८ वटा नाफामा छन् भने १५ वटा घाटामा छन् ।
 


प्रकाशित मिति: मंगलबार, कात्तिक ११, २०८२  १२:२१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दिक्तेलको भानुचोकस्थित राष्ट्रिय विभूतिको सालिक पुनर्निर्माण सुरु
दिक्तेलको भानुचोकस्थित राष्ट्रिय विभूतिको सालिक पुनर्निर्माण सुरु मंगलबार, पुस ८, २०८२
विदेशमा रहेका नेपालीलाई मताधिकार प्रस्तावमाथि निर्णय हुन नसकेपछि शिक्षामन्त्रीकाे आपत्ति
विदेशमा रहेका नेपालीलाई मताधिकार प्रस्तावमाथि निर्णय हुन नसकेपछि शिक्षामन्त्रीकाे आपत्ति मंगलबार, पुस ८, २०८२
सरकार लचक बन्न दलको दबाब
सरकार लचक बन्न दलको दबाब मंगलबार, पुस ८, २०८२
दलबाट समानुपातिकतर्फको उम्मेदवारको सूचीमा रहे अयोग्य हुने
दलबाट समानुपातिकतर्फको उम्मेदवारको सूचीमा रहे अयोग्य हुने मंगलबार, पुस ८, २०८२
वाणिज्य विभागले गर्‍यो तीन होटललाई जरिवाना
वाणिज्य विभागले गर्‍यो तीन होटललाई जरिवाना मंगलबार, पुस ८, २०८२
अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा
अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा मंगलबार, पुस ८, २०८२
पोखरा महानगरले मुख्य सडक क्षेत्रवरपरका ‘वर्कसप’ हटाउँदै
पोखरा महानगरले मुख्य सडक क्षेत्रवरपरका ‘वर्कसप’ हटाउँदै मंगलबार, पुस ८, २०८२
लोकप्रिय
  • Week
  • Month
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
सास्थम विराटनगरमा बीबीए र बीएचएमका नवप्रवेशी विद्यार्थीको स्वागत
सास्थम विराटनगरमा बीबीए र बीएचएमका नवप्रवेशी विद्यार्थीको स्वागत
नबिल बैंककाे   पाँच करोड कित्ताकाे शेयर’ बाँडफाँट
नबिल बैंककाे पाँच करोड कित्ताकाे शेयर’ बाँडफाँट
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP